Saturday, December 1, 2012

Facebook forgot Password कसरी Reset गर्ने ?



नमस्कार छ हजुरलाई मेरो तर्फबाट के तपाईंले आफ्नो फेसबुक एकाउन्टको पास्वोर्ड बिर्सिएर
अलमल्ल पर्नु भएको छ एदी तपाइंले आफ्नो फेसबुकको पासवोर्ड बिर्सिएर पछुताईरहनुभएको छ भने धैर्य गर्नुहोस अनि तलको नियम अनुसार आफुले बिर्सिएको एकाउन्ट पासवोर्ड पुन:फिर्ता ल्याउनुहोस
१. पहिला आफुले फेसबुक खोल्नको लागी Sign in गर्ने पेजमा गएर आफुले खोल्नुपर्ने फेसबूकको इमेल पता अनि यदी तपाइंले साँच्चीकै पासवोर्ड बिर्सिएको हो भने कुनै पनि अंक अथवा अक्षर पासवोर्ड टाईप गर्ने ठाउँमा पासवोर्ड टाईप गरेर Log in गर्नुहोस
२. अब तपाइंले यदी गलत पासवोर्ड टाईप गरेकै हो भने यहाँ तलको जस्तो चित्र देख्नुहुनेछ र तपाइंले Forgot the password? मा क्लिक गर्नुहोस

३ तपाईंले Forgot the password? मा क्लिक गरीसकेपछी अब अर्को नयाँ पेज खुल्नेछ र त्यहाँ तल Enter your email or phone number. भनेको बक्समा इमेल ठेगाना अथवा मोबाईल नम्बर राख्नुहोला र यदी हजुरले त्यहाँ मोबाईल नम्बर नराखेर इमेल ठेगाना राख्नुभयो भने त्यहाँ ध्यान दिनुहोला पहिला तपाइंले आफ्नो फेसबुक एकाउन्ट खोल्ने बेलामा कुन इमेल प्रयोग गर्नु भएको थियो त्यही इमेल टाईप गर्नु पर्ने हुन्छ जस्तै: याहू,गूगल कुन आईडी प्रयोग गर्नुहुन्थ्यो र अब फेरी तल हेर्नुहोस Enter your facebook user name. भनेको ठाउँमा आफ्नो फेसबुकको user name टाईप गर्नुहोला जस्तै: http://www.facebook.com/sitaram.phuyal1

अब तल जानुहोस Enter your name and a friend's name. याद गर्नुहोला तपाइंले फेसबुकमा आफ्नो नाम नेपालीमा लेख्नुभएको थियो भने त्यहाँ पनि नेपालीमा नै लेख्नु पर्ने हुन्छ र साथीको नाम भने राख्दा पनि हुन्छ र नराख्दा पनि हुन्छ अब तल Search बटनमा क्लिक गर्नुहोस

४. अब त्यहाँ नयाँ Windows खुल्नेछ र त्यहाँ हेर्नुहोस मतलब तपाईंले अघी Enter your email or mobile number भनेको ठाउँमा के टाईप गर्नु भएको थियो त्यसको लागी उदाहरण त्यहाँ दायाँ पट्टि हेर्नुहोस देख्नुहुनेछ र अब त्यहाँ ठिक दिनुहोस त्यहाँ तपाइंले ठिक दिने भनेको अर्को पेज मा गएपछी त्यहाँ password reset code को लागी तपाइंलाई Password reset code टाईप गर भन्नेछ र त्यो Code हजुरले आफ्नो इमेलमा प्राप्त गर्नुहुनेछ अथवा phone number मा ठिक दिए phone number मा प्राप्त गर्नुहुनेछ अब Reset password मा क्लिक गर्नुहोस

५. अब त्यहाँ तपाइंलाई Password reset code माग्नेछ र यसको बारेमा मैले अघिनै यहाँ माथी केही चर्चा गरीसकेको छु तपाइंले मोबाईल नम्बर टाईप गरेको हो भने Password reset code तपाइंको mobile number मा आउँछ र इमेल टाईप गरेको हो भने आफुले कुन इमेल टाईप गरेको हो Gmail or Yahoo mail log in गरेर त्यहाँ बाट आफ्नो Password reset code हासिल गर्नुहोस

६. अब email बाट Code प्राप्त गरीसकेपछी Password reset code मा त्यो code type गर्नुहोस र Submit code मा क्लिक गर्नुहोस

७. अब नयाँ Windows खुल्नेछ र त्यहाँ New password मा आफुलाई चाहिने कुनै पनि character दबाएर तल Cornfirm password भनेको ठाउँमा password repeat गर्नुहोस र Change password मा क्लिक गर्नुहोस

८. त्यहाँ नयाँ Windows खुलेपछी Save and continue मा click गरेर जानुहोस
बधाई छ हजुरलाई तपाईंले बिर्सिसकेको password reset गर्नमा successfully हुनुभएको छ र Gmail को password reset गर्नको लागी यो Page मा जानुहोस
Thankyou.