Tuesday, February 19, 2013


“लाईक” बटनका कारण फेसबुक बिबादमा


सोसियल नेटवर्किङ दिग्गज फेसबुकलाई मुद्धा परेको छ । आफ्नो “लाईक” बटनका कारण फेसबुकले यसरी मुद्धा खेप्नु परेको हो ।

फेसबुकको लाईक बटन अरुकै कन्सेप्ट भएको र फेसबुकले यसको प्याटेन्टको दुरुपयोग गरेको भन्दै मुद्धा परेपछि खबर तातो बनेको हो । नेदरल्यान्डसका प्रोग्रामरले पहिलो पटक यस्तो लाईक बटनको कन्सेप्ट निकालेका थिए र सो को प्याटेन्ट समेत दर्ता गरिएको थियो । सो प्याटेन्टको अधिकार नेदरल्यान्डस कै रेम्ब्रान्ट सोसल मिडियामा रहेको छ ।

सोही प्याटेन्टलाई लिएर परेको मुद्धामा भने फेसबुकले कुनै प्रतिकृया दिएको छैन । लाईक बटनका कन्सेप्ट प्रतिपादक प्रोग्रामरको निधन भैसकेको भएता पनि सोको प्याटेन्ट अधिकार लिएको रेम्ब्रान्ट सोसल मिडियाले फेसबुक लाई अफ्ट्यारोमा पारेको छ । फेसबुकलाई “लाईक” बटनसगै “एड-दिस” बटकको समेत प्याटेन्ट उलंघनको मुद्धा लागेको हो । (बिबिसीमा आधारित)

Friday, February 8, 2013

१ जीबीको मेमोरीलाई २ जीबी बनाऔं

१ जीबीको मेमोरीलाई २ जीबी बनाऔं
***********************

मेमोरी कार्डको प्रयोग अहिले सामान्य बनिसकेको छ। हाम्रो दैनिकीको अभिन्न अंग मेमोरी कार्ड पनि बनिसकेको छ। किनभने हाम्रा दैनिक प्रयोगका सबैजसो ग्याजेटमा यसको प्रयोग हुन्छ। फोटो खिच्न देखी भिडियो र गीत सुन्नका लागि पनि मेमोरी कार्डको प्रयोग अनिवार्य छ। मोबाइल, ट्याब्लेट वा एमपीथ्री सबैमा गीत, भिडियो तथा तस्विर राख्नका लागि मेमोरीकार्डको प्रयोग भ...इरहेको छ। यस्ता कार्डहरु एक, दुई, चार, आठ देखी ६४ जीबी सम्मका पाइन्छन्। तपाइँको मोबाइलमा पहिले नै किनेको एक जीबीको मेमोरी कार्ड छ भने त्यसलाई बढाएर दुई जीबीको सम्म बनाउन सक्नुहुन्छ। त्यसका लागि त्यति धेरै गाह्रो प्रक्रिया अपनाउनु पनि पर्दैन। तपाइँ सजिलै एक जीबीको मेमोरी कार्डमा दुई जीबी सम्मका डाटा राख्न सक्नुहुन्छ। मेमोरी कार्डको डाटा क्षमता एक जीबीबाट बढाएर दुई जीबी बनाउनका लागि तपाइँले आफ्नो मेमोरी कार्डलाई डेक्सटप या ल्यापटप कम्प्युटरमा जोड्नुपर्छ। कम्प्युटरमा डाटा क्षमता बढाउनु अगाडि यदी मेमोरी कार्डमा केही आवश्यक डाटा छ भने त्यसलाई कम्प्युटरमा ब्याकअप कपी राख्नुहोला। त्यसपछि साथै तपाइँले इन्टरनेटको सहायताले कम्प्युटरमा स्काइमेडी नामको सफ्टवेयर डाउनलोड गर्नुपर्छ। यो सफ्टवेयर कम्प्युटरमा इन्स्टल भएपछि यसको विण्डो आफै खुल्छ। जहाँ तपाइँलाई फिक्स वा क्यान्सिल दुई विकल्प दिइएको हुन्छ। जसमा फिक्समा क्लिक गरेर गएपछि सफ्टवेयर प्यानलमा एउटा ब्राउज गर्ने विकल्प हुन्छ। जसमा ब्राउज गरेर मेमोरी कार्डलाई हाइलाइट गरेर फिक्समा क्लिक गरेपछि सफ्टवेयरले आफै काम गर्न थाल्छ। फिक्स प्रोसेस समाप्त भएपछि मेमोरी कार्डलाई कार्ड रिडरबाट झिकेर फेरी जोड्दा मेमोरी कार्डको क्षमता २ जीबी देखिन्छ। जुन फिक्स गर्नु अगाडि हाइलाइट गर्दा एक जीबी देखिएको थियो। वास्तवमा यो सबै प्रक्रियामा स्काइमेडीले मेमोरी कार्डमा डाटा कम्प्रेसको काम गर्छ जसले गर्दा एक जीबीको डाटा अट्ने ठाउँमा २ जीबी सम्मको डाटा अटाउँछ

Please follow the link
http://gktechmania.blogspot.com/2011/11/skymedi-fix-2gb-capacity-download.html