Sunday, December 15, 2013

विश्वका अदभुत दश पुर्वाधार आयोजना

विश्वका अदभुत दश पुर्वाधार आयोजना, कसरी बने होलान् यी

विश्वमा आश्चर्यको कमी छैन् । विज्ञानको विकासले यस्ता अदभुत पुर्वाधारको विकास सम्भव भएको हो । सम्थिङटप्सले तयार गरेको विश्वका यस्तै आश्चार्यजनक १० पुर्वाधार परियोजनामा सबैभन्दा गहिरो खानीदेखि अग्लो बुर्ज दुवई भवन समेटिएको छ । 
 
मोपेङ खानी, दक्षिण अफ्रिका

मोपोङ शव्दले सायदै कुनै अर्थ देला तर यो विश्वकै गहिरो खानी हो । पहेंलो धातु सुनको खोजीमा मोपेङमा मानिस पृथ्वीको ३.५ किलोमिटर गहिराईमा पसेका छन् । इम्पायरस्टेट जस्ता १० वटा भवन यो खानीको गहिराईमा सहजै समेटिन सक्छन् । यो खानीबाट दैनिक छ हजार मेट्रिक टन ढुंगा निकालिन्छ र त्यसमा सुनको खोजी गरिन्छ । यो खानीबाट एक औंस सुन निकाल्न पाँचसय ५० अमेरिकी डलर खर्च पर्ने गरेको छ । अहिले सुनको मुल्य एक औसको एकहजार छ सय डलरभन्दा बढी छ । यो खानीमा ५५ लाख औंस सुन भएको विश्वास गरिन्छ ।
 
बुर्ज खलिफा, दुवई
 
 सन् २०१० मा बनेको बुर्ज खलिफा आठसय २८ मिटर अग्लो छ । यसमा एकसय ६२ तला छ । यो भवन बनाउन करिव १.५ अर्ब अमेरिकी डलर खर्च भएको थियो । यो विशाल भवनको झ्यालमात्र सफा गर्न १२ बटा क्रेन र ३६ जना मानिसलाई तीन महिना लाग्छ । यसमा २४ हजार आठसय ३० झ्याल छन् । 

ट्रन्स साइवेरियन रेल
 
यदि तपाई थोमस द ट्यांक इन्जिनबाट ट्रन्स साइवेरियन रेलमार्गको दुरी नाप्दै हुनुहुन्छ भने विश्व भ्रमण नै गरेको लाग्न सक्छ । विस्तारै हिडने त्यो रेलले नौहजार दुईसय ५९ किलोमिटर पार गर्दा यस्तो लाग्नु स्वभाविक हो । यो रेलमार्गले पुर्वमा जापानी समुद्र नजिकको भ्लादिभोस्कतदेखि मध्य युरोप नजिकको सहर रिंगालाई जोडदछ । सोभियत संघ विशाल हुदाँ यो रुसको लाइफ लाइन नै थियो । विसौ शताव्दीको आश्चर्यजनक वैज्ञानिक उपलव्धि मानिएको यो रेलमार्ग सन् १९१६ मा बनेको हो । यो रेलमार्गले रुसको ८० प्रतिशत औद्योगिक क्षेत्रलाई जोडनुका साथै आयात र निर्यातका ३० प्रतिशत सामान यही रेलले ढुवानी गर्दछ ।

गोथार्ड वेस टनेल, स्विटजरल्याण्ड

स्विट्जरल्याण्डको पर्वतीय भुभाग मुनी बनिरहेको सुरुङ विश्वकै लामो रेलमार्गको सुरुङ हो । हाल निर्माणमा रहेको यो सुरुङ मार्ग सन् १९१७ मा निर्माण सम्पन्न भएपनि ५६.३ किलोमिटर लामो हुनेछ । अहिले सबैभन्दा लामो मानिएको जापानको समुद्र मुनीको साइकन सुरुङभन्दा यो लामो हुनेछ । यो आयोजनामा कुल ८.४ अर्ब युरो खर्च हुने अनुमान छ । अल्पपर्वत मुनी ४० किलोमिटरको फरकमा दुईवटा सुरुङ मार्ग हुने छन् र तिनको कुल लम्बाई एकसय ५३ किलोमिटर हुने छ । यि सुरुङ समुद्र सतहबाट पाँचसय मिटरको गहिराईमा हुने छन् । यो आयोजना बनिसक्दा करिव दुई करोड ४० लाख टन ढुंगा निस्कनेछ ।

अरेसियो बेदशाला, प्युटोरियो
 
चलचित्र गोल्डेन आई वा कन्ट्याक्टमा देखाइएको भव्य संरचना तपाईलाई याद होला । विश्वकै ठुलो दुरविन स्थापना गरिएको यो बेदशाला हेर्न प्रत्येक वर्ष करिव एक लाख पर्यटक आउने गर्छन् । यो बेदशालाको व्यास तीनसय चार दशमलव आठ मिटर रहेको छ । यो बेदशालाको दुरबिनले अन्तरिक्षमा अनेकन तारा, उल्का र तारामण्डल पत्ता लगाउन सहयोग गरेको छ । शुक्रको विस्तृत अध्ययन र उल्कापिण्ड बारेमा अध्ययन यसैबाट गरिएको हो ।

नुरेक बाँध ताजकिस्तान

ताजकिस्तानको वक्स नदिमा बनेको नुरेक बाँध विश्वकै अग्लो बााध हो । सन् १९८० मा बनेको यो बाँध तीनसय पाँच मिटर अग्लो छ । यसबाट ताजकिस्तानलाई आवश्यक ९८ प्रतिशत बिजुली प्राप्त हुन्छ । यो आयोजना बनाउन १९ वर्ष लागेको थियो । ७० किलोमिटर लामो र ९८ वर्ग किलोमिटरमा फैलिएको यो बाँधमा १०.५ क्युविक मिटर पानी संकलन गर्न सकिन्छ ।

चीनको हाङझोउ पुल

हाङझोउ पुलले बन्दरगाहा शहर क्विन्दोलाई हुन्दाओद्घीपसँग जोडछ । यो पुलको लम्बाई ४२.४ किलmोमिटर र फैलावट ३३.५ मिटर रहेको छ । चार वर्षमा निर्माण सम्पन्न गरिएको यो पुल छ अर्ब युरोमा बनेको हो । अमेरिकाको लुजियानमा रहेको पहिलेको लामो पुलभन्दा यो पाँच किलोमटिर लामो छ । चीनले अहिले ग्वाङदोङ मुख्यभुमीलाई हङकङ र मकाउसँग जोडने ४८.२ किलोमिटर लामो पुल निर्माण गरिरहेको छ । यो पुल ७.२ अर्बको लगानीमा सन् २०१६ मा निर्माण सम्पन्न हुनेछ ।

लाङगीलेड पाइपलाइन

नर्वेबाट प्राकृतिक ग्यास बेलायत ल्याउन समुद्रमुनी यो पुल बनाइएको छ । सन् २००४ मा यो पुलको निर्माण सुरु भयो र दुई वर्षमा समाप्त भयो । एकहजार दुईसय किलोमिटर लामो यो पाइप लाइनमा दशलाख टन स्टिलको प्रयोग भएको छ । यसबाट प्रत्येक वर्ष अधिकतम २५.५ अर्ब क्युविक मिटर ग्यास बेलायत ल्याउन सकिन्छ । यो आयोजनाको लागत १.७ अर्ब पाउण्ड थियो ।

लार्ज हार्डोन कोलाइडर, स्विटजरल्याण्ड

पृथ्वीको उत्पत्ति सम्वन्धि बिग ब्याङ सिद्धान्तको परिक्षण गर्न जमीन मुनी बनाइएको सुरुङ हो, लार्ज हार्डोन कोलाइडर, । आणविक विच्छेदनद्घारा सिद्धान्तको पुस्टी गर्ने यो विश्वकै महंगो वैज्ञानिक आयोजना हो । यसमा २७ किलोमिटर लामो सुरुङ बनाउन तीन अर्ब पाउण्ड खर्च भएको छ भने विश्वका ३५ सय वैज्ञानिक यसमा सहभागी छन् । यसमा परिक्षण गर्ने क्रम जारी छ ।

मिल्लाउ भाइडक्ट

फ्रान्समा रहेको सबैभन्दा अग्लो तारले अड्याएको सडक पुल मिल्लाउ भाइडक्ट हो । दुईहजार चारसय ६० मिटर लामो यो पुल ४० करोड युरोको लागतमा बनेको हो । यसको उचाई दुईसय २१ देखि दुईसय ४५ मिटरसम्म छ । 

यादवराज जोशी/बिजमाण्डू

श्रोत : यादवराज जोशी/बिजमाण्डू

विश्वमा आश्चर्यको कमी छैन् । विज्ञानको विकासले यस्ता अदभुत पुर्वाधारको विकास सम्भव भएको हो । सम्थिङटप्सले तयार गरेको विश्वका यस्तै आश्चार्यजनक १० पुर्वाधार परियोजनामा सबैभन्दा गहिरो खानीदेखि अग्लो बुर्ज दुवई भवन समेटिएको छ । - See more at: http://www.bizmandu.com/content/-5350.html#.Uq6T1VLM_KQ

विश्वका अदभुत दश पुर्वाधार आयोजना, कसरी बने होलान् यी ?

Print Email   प्रकाशित मिति: Dec 14, 2013  117  1  1  0
विश्वमा आश्चर्यको कमी छैन् । विज्ञानको विकासले यस्ता अदभुत पुर्वाधारको विकास सम्भव भएको हो । सम्थिङटप्सले तयार गरेको विश्वका यस्तै आश्चार्यजनक १० पुर्वाधार परियोजनामा सबैभन्दा गहिरो खानीदेखि अग्लो बुर्ज दुवई भवन समेटिएको छ ।
- See more at: http://www.bizmandu.com/content/-5350.html#.Uq6T1VLM_KQ

विश्वका अदभुत दश पुर्वाधार आयोजना, कसरी बने होलान् यी ? - See more at: http://www.bizmandu.com/content/-5350.html#.Uq6T1VLM_KQ
विश्वका अदभुत दश पुर्वाधार आयोजना, कसरी बने होलान् यी ? - See more at: http://www.bizmandu.com/content/-5350.html#.Uq6T1VLM_KQ