Tuesday, July 14, 2015

नयां संविधानको मस्यौदाको सामान्य अध्ययन पश्चात मैले पेश गरेको राय सुझावहरु

नयां संविधानको मस्यौदाको सामान्य अध्ययन पश्चात मैले मेरो व्यक्तिगत तर्फबाट पेश गरेको राय सुझावहरु

मित्रहरु मेरो यो सुझावको अध्ययन गरि चित्त नबुझेमा वा नमिलेको जस्तो लागेमा अथवा परिमार्जन गर्नु पर्ने जस्तो लागेमा कमेन्टमा लेखिदिनु होला । साथै चित्त बुझेमा सक्दो शेयर गरिदिनु होला । तपाईहरुको अमुल्य सुझावको अपेक्षा गर्दछु ।

१. प्रदेश/राज्यहरुको आयश्रोत र त्यसको व्यवस्थापन पद्धतीको बारेमा स्पष्ट पार्नु पर्ने ।

२. रोजगारीको हक सबै बेरोजगार युवाहरु रोजगारीको ग्यारेन्टी लाई अधिकारको रुपमा स्थापित गर्नु उचित हो तर त्यस्को व्यवस्थापन गर्न सक्ने क्षमता संघिय / प्रान्तिय सरकारसंग हुन सक्ला ? जबकि प्रत्येक आ.ब. मा सरकारले प्रश्तुत गर्ने बजेटको श्रोत बैदेशिक ऋण/अनुदान आदिमा निर्भर हुन्छ ।

३. संघिय प्रान्तिय संसद हुनको निमित्त न्युनतम योग्यताको निर्धारण अनिवार्य गरिनुपर्ने । ताकि आगामी पुस्ताहरु पढाईमा असफल भएकाहरु राजनितिमा लाग्ने वातावरण बन्न नसकोस ।

४. जग्गाको हदवन्दी कायम गरी हदभन्दा बढी जग्गा तथा जमिन हुने हरुको जमिन सरकारले उच्च स्तरिय आयोग गठन गरि स्वामित्व ग्रहण गर्ने । सो जग्गा भुमिहिन सुकुम्वासीहरुलाई समान रुपमा वितरण गर्ने,  अथवा अहिलेको सामुदायिक वनको अवधारणा जस्तै सामुहिक खेतीपाती प्रणाली अवलम्वन गरेमा उपयुक्त हुने । क्रान्तिकारी भुमिसुधार जस्ता कुराहरुलाई व्यवहारमा उतार्ने कुराको ग्यारेन्टी संविधानमै गर्नुपर्ने ।

५. बाबुको सम्पतिको एकतिहाई मात्र उसको सन्तानहरुले प्राप्त गर्ने । बांकी सम्पति संघिय/प्रान्तिय सरकारको स्वामित्वमा ल्याउनुपर्ने ।

६. नेपाल राष्ट्र भित्र जन्मेको वा नेपाली नागरिकको सन्तान भएर जन्मेको बालकको सम्पुर्ण शिक्षा, स्वास्थ्य, पोषण लगायत त्यो बालक बालिग भएपछि रोजगारीको ग्यारेन्टी समेत सरकारले जिम्मा लिनुपर्ने ।  उदाहरणको लागि विकसित देशहरुको अनुशरण गर्न सकिने ।

७. नेपाल र भारतको खुल्ला सिमाना तुरुन्त बन्द गर्नु पर्ने साथै एक अर्को देशका नागरिकलाई एक अर्को देशमा काम गर्नको निमित्त परमिटको व्यवस्था गर्नु पर्ने ।
                www.sitaramphuyal.blogspot.com