Saturday, April 5, 2014

वेब ब्राउजिङ इतिहास कसरी मेटाउने ?



thowbअनायासै तपाईको इनबक्समा आएका वा सोसल मिडियामा सेयर भएका लिंकहरु क्लिक गर्दा तपाई कुनै आपत्तिजनक साइटमा छिर्न सक्नुहुन्छ । जानेर वा नजानेर खोलिएका यस्ता साइटको सूचना तपाइले प्रयोग गर्ने कम्प्युटर, ल्यापटप वा मोबाइलमा स्टोर भएर रहेको हुन्छ । यसले तपाईलाई कहिलेकाहीँ अफिसका हाकिम, परिवारका मान्यजन र साथीभाइमाझ लज्जित हुने अबस्थासमेत सिर्जना गरिदिन्छ ।
तर, अलिकति बुद्धि पुर्याउनुभयो भने तपाईले इन्टनेटमा गरेका सवैजसो गतिबिधिको इतिहास मेटाउन सक्नुहुन्छ । बिभिन्न वेबसाइट, ब्राउजर र डिभाइसमा यस्ता इतिहास मेटाउने भिन्न–भिन्न तरिका छन् ।
१. युट्युवमा
युट्युवमा तपाइले कुनै भिडियो हेर्नुभयो भने सोही कम्प्युटरबाट फेरि युट्युव खोल्दा Recommended For You शिर्षकमा उस्तै प्रकारका भिडियो देखिन्छन् । जसले गर्दा तपाईले यसअघि कुन भिडियो हेर्नुभएको थियो भन्ने अनुमान लगाउन सकिन्छ ।
युट्युवमा तपाईले हेरेका भिडियोको रेकर्ड मेटाउन एड्रेस बारमा youtube.com/my_history टाइप गर्नुहोस्, त्यहाँ तपाइले हेरेका सवै भिडियोको सूची देखिने छ ।
youtube_031014041354
भिडियोको रेकर्ड मेटाउन त्यहाँ रहेको Clear all watch history क्लिक गर्नुहोस् । आगामी दिनमा आफुले हेरेका भिडियो रेकर्ड नरहोस भन्ने चाहानुहुन्छ भने Pause Watch history थिच्नुहोस् ।
२. क्रोम ब्राउजरमा
क्रोम ब्राउजरमार्फत् तपाईले गरेका गतिबिधि कम्पुटरमा मात्र हैन, जीमेल अकाउन्टमा पनि जोडिएको हुन्छ । जसले गर्दा तपाईले अर्को कुनै कम्प्युटरमा गएर आफ्नो जीमेल लगइन गरी क्रोम चलाउन थाल्नुभयो भने अन्यत्रै चलाएको डाटा रेकर्ड पनि देखिन्छ ।
chrome-histryक्रोम ब्राउजरमा हिष्ट्री मेटाउन एड्रेस बारमा  chrome:history टाइप गरेर वा सिधै Ctrl H टाइप गरेर ब्राउजर हिष्ट्री हेर्न सक्नुहुन्छ । यहाँ तपाईले कुन मितिमा के हेर्नुभयो भन्ने सम्पूर्ण रेकर्ड देखिने छ । यदि तपाई हिष्ट्री मेटाउन चाहानुहुन्छ भने clear browsing data क्लिक गर्नुहोस् । यदि तपाई क्रोममा आफ्नो हिष्ट्री नरहोस भन्ने चाहानुहुन्छ भने Incognito मोडमा चलाउनुपर्ने हुन्छ । यसका लागि क्रोममा लगइन गर्नुभएको छ भने लगआउट गर्नुहोस् र Ctrl+Shift+N  थिच्नुहोस् । अब तपाई सुरक्षित मोडमा ब्राउज गर्न सक्नुहुनेछ ।
३. इन्टरनेट एक्सप्लोररमा
यदि तपाई इन्टरनेट एक्सप्लोररमा सुरक्षित आफ्नो डाटा हटाउन चाहानुहुन्छ भने Ctrl+Shift+Delete  क्लिक गर्नुहोस र सवै डाटा डिलिट गर्नुहोस्
ie-historyआफ्नो ब्राउजिङ इतिहासको रेकर्ड नरहोस भन्ने चाहानुहुन्छ भने प्राइभेट ब्राउजिङ अप्सनमा जान सक्नुहुन्छ । Ctrl+Shift+P  थिचेपछि तपाईका लागि नयाँ विन्डो खुल्ने छ । यो प्राइभेट ब्राउजिङ मोडमा तपाईले खोलेका साइटको सूचना ब्राउजरमा रहने छैन् ।
४. फायरफक्समा
यदि तपाई मोजिला फायरफक्स ब्राउजर चलाउनुहुन्छ भने यसको टम मेनुबारमा History  अप्सन हुन्छ । त्यो क्लिक गरेपछि Clear Recent History.. देख्नुहुनेछ त्यसलाई क्लिक गरेपछि नयाँ विन्डो आउँछ । सिधै Ctrl+ Shift+ Delete क्लिक गरेर पनि जान सकिन्छ । यो विन्डोमा तपाई कति सयमको डाटा हटाउने र कुन– कुन डाटा हटाउने भन्ने छनौट गर्न सक्नुहुन्छ ।
फायरफक्समा प्राइभेट ब्राउजिङ अप्सनको प्रयोग गरि आफ्ना डाटा सुरक्षित राख्न सकिन्छ । यसका लागि अप्सनमा गएर बिभिन्न सेटिङमार्फत् आफ्नो ब्राउजिङलाई सुरक्षित गर्न सकिन्छ ।