Saturday, November 7, 2015

सम्माननीय प्रधान मन्त्रीज्युलाई सुझावहरु




देशको हालको वर्तमान अवस्थालाई मध्यनजर गर्दा नेपाली भएर जन्मेकोमा अत्यन्त दुख: लागेको छ । हामीलाई त दुख: लाग्यो तर हाम्रा पछिल्ला पिढीका सन्ततिहरुलाई नेपाली भएर जन्मेकोमा धिक्कार्ने होईन गर्व गर्ने वातावरण बनाउनको निमित्त निम्नानुसारका कदमहरु चाल्नुपर्नेतर्फ प्र.म.ज्युको ध्यान आकृष्ट गर्न चाहान्छु ।

१. सबैभन्दा पहिले राज्यका सबैखालका तह र तप्कामा भईरहेका आर्थिक तथा सामाजिक भ्रष्टाचारको जरा काट्ने । जसको निमित्त सादा पोशाकमा सुरक्षाकर्मीहरु परिचालन गर्ने र भ्रष्टाचारीलाई सामाजीक वहिष्कार गरी राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित गर्ने, दोश्रो पटक पनि भ्रष्टाचारमा संलग्न रहेको पाईएमा कारावासको सजाय गर्ने । 

२. देशको वर्तमान समस्याको यथासिघ्र राजनैतिक प्रक्रियाबाटै विना झुकाव र विना कुनै दवाव तथा वाह्य प्रभावमा समाधानको पहल गर्नुपर्ने ।

३. मधेशमा दुई प्रदेश र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम हुनुपर्ने माग पुरा भएमा अन्य जात जाति तथा समुहहरुले समेत त्यस्ता किशिमका मागहरु राख्न सक्ने देखिएको हुंदा त्यस्ता किसिमका माग हरुलाई पुर्णरुपमा निरुत्साहित गर्ने ।

४. उर्जा संकटकालको घोषणा गर्नुपर्ने ।

५. वर्तमान र भविष्यमा हुनसक्ने उर्जासंकट र आयातित पेट्रोलियम पदार्थ माथीको परनिर्भरतालाइ कम गर्न सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना (जो व्यारेकमा त्यत्तिकै थन्किएर बसेका छन) लाई विविध जिम्मेवारी प्रदान गरी युद्ध स्तरमा कार्य समाप्त गर्ने गरी जलाशयमा आधारित जलविधुत आयोजनाहरुको निर्माण गर्नु पर्ने ।

६. निर्माण कार्यको दौरान वाधा अवरोध श्रृजना गर्नेलाई राज्य विरुद्ध अपराधको अभियोग लगाउने निर्माण कार्यको दौरान मानव वस्तीहरु स्थानान्तरण गर्नुपरे पनि राज्यकोषबाट क्षतिपुर्ती दिई सो को प्रबन्ध मिलाउने ।

७. जलविधुत आयोजनाको लागि आवश्यक पुंजी जनताहरुबाटै संकलन गर्ने" न कि विदेशीको मुख ताक्ने" नेपाल देश आफैमा गरिब देश भएता पनि व्यक्ति धनि भएको तथ्य सम्माननिय प्र.म.ज्यूलाई जग जाहेरै छ । पुजी संकलन सम्बन्धमा हाम्रा देशका विद्धानहरुसंग राय लिने अथवा सरकारले राष्ट्र निर्माणका खातिर शेयर आव्हान गर्ने । 

८. परनिर्भर र आयात गर्नुपर्ने पेट्रोलियम पदार्थको विकल्प वायोग्यासं, सौर्य उर्जा, वायु उर्जा आदीलाई सरकारले अनुदान दिई प्रवद्धन र प्रोत्साहन दिने ।

९. सरकारले सडकमा छुट्टै साईकल लेनको निर्माण गरी जनताहरुलाई निशुल्क अथवा केही शुल्क लिई साईकल वितरण  गर्ने ।

१०. प्राईभेट सवारी साधन भन्दा सार्वजनिक सवारीका साधनहरु प्रयोग गर्न प्रोत्साहन गर्ने । 

११. मेट्रो रेलको अवधारणालाई मुर्तरुप दिनुपर्ने ।

१२. युवाशक्ति देशको मेरुदण्ड भएकोले उनिहरुलाई विदेश जान प्रोत्साहन गर्नुभन्दा देशभित्रै रोजगारीको अवसरहरु श्रृजना गर्ने

१३. देशभित्रै उधोग धन्दा तथा कलकारखानाहरुको विकास र विस्तार गर्ने साथै युवाहरुलाई सरकारले निशुल्क तालिमको व्यवस्था गर्ने ।

१४. साना तथा ठुला राजमार्गहरु अन्तराष्ट्रिय सिमाना नाकामा, शिक्षा, स्वास्थय तथा मानविय आवश्यकतासंग प्रत्यक्ष सरोकार राख्ने वस्तुहरुसंग सम्बन्धित उधोग धन्दा तथा कल कारखानाहरुमा बन्द हड्ताल र चक्काजाम जस्ता विरोधका कार्यक्रमहरु गर्न नपाउने कानून तयार गरि संसदबाट पास गरि तुरुन्त लागु गर्नुपर्ने । 

१५. देशका अति विकट दुर्गम स्थानहरुको सडकमार्ग, सुरुङ्गमार्ग जस्ता बढी शारिरिक श्रम गर्ने स्थानहरुको निर्माण कार्यमा देशभरका विभिन्न कारागारहरुमा वन्दी जिवन विताई रहेका कैदिहरुलाई स्वईच्छाले काममा लिने । साथै उनिहरुलाई सिमित समयावधि सम्म कार्य गराएपश्चात तोकिएको कैद भुक्तान गर्ने समयअवधिबाट कैद मिनाह गर्ने ।

१६.  प्राकृतिक सम्पदा र जैविक विविधताले धनी हाम्रो मुलुकमा प्रकृतिको गर्भ भित्र रहेका जैविक ईन्धनहरु र तिनको सम्भाव्य स्थानहरुको अन्वेशण, उत्खनन अदी युद्ध स्तरमा गर्ने तथा भईरहेको खानीहरुको उचित प्रयोग गर्ने ।

१७. सैनिक तथा प्रहरीको कल्याण कोषमा रहेको रकमबाट जलविधुत् आयोजना निर्माण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिने । "जो विभिन्न सडक निर्माण कार्यमा सफल भईसकेको उदाहरण हामीमाझ छ

१८. राष्ट्रिय गौरवका आयोजनाहरुको वित्तिय व्यवस्थापन बाहेकको जिम्मेवारी नेपाली सेनालाई दिने ।

१९. नागरिकता एनमा कडाई गर्नुको साथै यस अघि जारी भएका सम्पुर्ण नागरिकताको छानविन गरी नागरिकता जारी गर्दा भएको भ्रष्टाचार विदेशी नागरिकहरुले पाएको नागरिकताको खारेजी र समस्याहरुको उचित सम्बोधन गर्नुपर्ने ।

२०. नातावाद कृपावाद तथा हाम्रा मान्छेलाई प्राथमिकता नदिई क्षमताबान व्यक्ति (Right man in right palace)  हरुको नियुक्ति गर्ने ।

२१. स्पष्ट विदेश नीति तयार गरी संसदबाट पास गराउने ताकि आगामी सरकारले पनि सोही नीतिलाई निरन्तरता देओस ।

२२. नेपालमा हिमाल पहाड र तराई मात्र भएको हुंदा यो स्वायत्त मधेश भन्ने शव्द मात्रै पनि आफैमा बिखण्डनवादी शब्द हो यो शब्दले देशको सामाजीक तथा भौगोलिक सन्तुलन विगार्न सक्ने ।