Thursday, November 29, 2012

son or daughter what do you want to give birth



ल्यापटप तथा नोटबुक उपयोग गर्नेहरुको वास्तविक समस्या अनी चिन्ता भनेको ब्याट्रीको ब्याकअप पावर कमजोर हुनु नै हो । ल्यापटपको ब्याट्रीको अधिकांश निर्माता कम्पनी द्वारा दिईेएको अबधि भन्दा अगाडिनै त्यसमा समस्या आउन थाल्ने कुरा सामान्य जस्तै हो, तर वास्तवमा ति निर्माताहरु यो बिफलताको लागि जिम्मेदार छैनन किनभने एउटै कम्पनीको ब्याट्री कुनै ल्यापटपमा राम्रै सँग चलीराखेका हुन्छन । यहाँ निर बुझ्नु पर्ने कुरा के हो भने ब्याट्रीको BackUp Power कमजोर हुनुमा ल्यापटपको Setting ( timeout and sleep settings, display settings, and screensavers) आदिमा नै भर पर्ने कुरा हो ।
अब यहाँ कुरा आयो ब्याट्रीको लाईफ बढाउन कसरी setting मिलाउने भन्ने कुरा,

किनकी धेरैलाई आफ्नो ल्यापटपका यि setting हरु कसरी कुन option मा राख्दा ठीक हुन्छ थाहा हुँदैन । यही भ्रमलाई ठीक गर्न Microsoft ले Windows प्रयोगकर्ताहरुको लागि "Fix it" प्रोग्राम provide गरेको छ जुन तपाईंले Microsoft Support website बाट Download गर्न सक्नु हुन्छ । यो Tool चलाएर तपाईंले आफ्नो ल्यापटपको ब्याट्री BackUp लाईफलाई बढाउन सक्नु हुनेछ । यो Tool ले Windows 7 अपरेटिङग सिस्टम मा धेरै राम्रो काम गर्ने भए पनि अरु सिस्टम Vista, Xp मा पनि काम गर्छ ।


जुन ल्यापटपको setting मिलाउनु पर्ने हो त्यही ल्यापटपमा यो साईट खोल्नुहोस्
MicrosoftFixit.power.Run.exe here
र त्यहा Run now बक्समा क्लिक गर्नुहोस् ।

"Fix it" Tool ले fix गर्ने कामहरु
*Period of time before the computer goes to sleep is set too long
*Screen saver is used instead of setting the computer to enter sleep mode
*Display brightness is set too high
*Power plan is not set to the most efficient power plan
*Wireless adaptor in not optimized for power saving
*Minimum processor state is set too high

Tuesday, November 20, 2012

The water car fraud

Agha Waqar Ahmad deserves a medal from the people of Pakistan for his great service to the nation. In a few short days, he has exposed just how far Pakistan has fallen into the pit of ignorance and self-delusion. No practical joker could have demonstrated more dramatically the true nature of our country’s political leaders, popular TV anchors and famed scientists.
At first, it sounded like a joke: a self-styled engineer, trained in Khairpur’s polytechnic institute, claims to have invented a ‘water kit’ enabling any car to run on water alone. It didn’t matter that the rest of world couldn’t extract energy from water; he had done it. He promised a new Pakistan with limitless energy, no need for petrol or gas, and no more loadshedding. For an energy starved nation, it is a vision of paradise.
Agha Waqar Ahmad is now a national celebrity thanks to Religious Affairs Minister Khursheed Shah. Federal ministers Mir Hazar Khan Bijarani and Qamar Zaman Kaira have added their commendations. President Asif Ali Zardari has expressed his delight. The cabinet has met three times to discuss the water vehicle, and a fourth meeting is scheduled. Reports suggest millions may be spent on the ‘water fuel kit project’.

Monday, November 19, 2012

इन्टरनेट स्पिड बढाउन

इन्टरनेटको स्पिड कम भएर हैरान हुनुभएकाहरुका लागि केही उपाय छन् इन्टरनेट स्पिड बढाउनका लागि

इन्टरनेट चलाउनेहरुको लागि सनातन समस्या हो त्यसको स्पिड। विदेशको अवस्था जे भएपनि नेपालमा इन्टरनेट चलाउनेले सुस्तो डाउनलोड र अपलोडको हैरानी भोग्नु परिरहेको छ।
द्रूत स्पिडका भनेका इन्टरनेट आम पहुँचमा छैन। एक घण्टामै सयौं रुपैंया सक्ने गरि इन्टरनेट चलाउने कुरा पनि भएन। सस्तोमा राम्रै स्पिड भएको भनेको नेपाल टेलिकमको एडीएसएल हो त्यसको स्पिडको कुनै भर छैन। कतिख
ेर हृवात्तै अपलोड अनि डाउनलोड हुन्छ। कतिखेर इन्टरनेटको लाइन नै। केबल र वाइफाइको अवस्था पनि त्यस्तै नै छ। १० १२ जनालाई सेयर गरेको हुन्छ त्यसैले स्पिडमा इन्टरनेट चलाउने भनेको मध्यरातमा मात्र हो। इन्टरनेटको स्पिड कम भएर हैरान हुनुभएकाहरुका लागि केही उपाय छन् इन्टरनेट स्पिड बढाउनका लागि। ती मध्येको एक हो Free DNS को प्रयोग। विभिन्न प्रख्यात वेब सेवा दिने कम्पनीहरुले Free DNS प्रयोगको सुविधा दिएका छन्, जसको प्रयोगले तपाइँको इन्टरनेटको स्पिडलाई बढाउन सकिन्छ। त्यसका लागि यि Free DNS को प्रयोग गर्नुहोस्।
1. Google DNS : -
8.8.8.8
8.8.4.4

2. Open DNS :-
208.67.222.222
208.67.220.220

3. Norton DNS :-
198.153.192.1
198.153.194.1

4. Scrub IT :-
67.138.54.100 207.225.209.66

5. DNS Advantage :-
156.154.70.1
156.154.71.1

कसरी गर्ने ?

यदी तपाइँ विन्डोज एक्सपी चलाउनुहुन्छ भने कम्प्युटरको होम स्क्रिनमा रहेको स्टार्टमा जानुस् त्यसपछि My Network Placesमा जानुस। त्यसपछि View Network Connections मा। त्यहाँ रहेका Wireless Network Connection वा Local Area Connection मध्ये एकमा Right Click गरि Properties मा क्लिक गरि देखिने विण्डोमा Internet Protocol (TCP/IP) मा जानुहोस्। जहाँ क्लिक गरेपछि तल देखिने Properties मा जानुहोस् जहाँ नयाँ विण्डोमा Obtain DNS server address automatically र Use the following DNS server addresses भन्ने देखिन्छ। त्यसमध्ये Use the following DNS server addresses मा क्लिक गर्नुहोस्। त्यसपछि देखिने खाली ठाउँमा माथिका पाँच मध्ये कुनै पनि Free DNS राख्नुहोस्। त्यसपछि अनुभव गर्नुहुनेछ इन्टरनेटको स्पिड बढेको।

यदी एक्सपी नभएर विण्डोज सेभेन चलाउनु भएको छ भने। कम्प्युटरको होम स्क्रिनको Start मा किलक गरि कन्ट्रोल प्यानलबाट Network and Internet त्यसपछि View Network Status and Tasks र Network and Sharing Center मा जानुहोस्। त्यसपछि Local Area Connection वा Wireless Network Connection मा क्लिक गरेर त्यसमा देखिने विण्डोको Properties मा क्लिक गर्नुहोस्। त्यसपछि खुल्ने विण्डोमा देखिने Internet Protocol Version 4 (TCP/IPv4) मा क्लिक गर्नुहोस् जहाँको Properties मा क्लिक गरी Obtain DNS server address automatically र Use the following DNS server addresses मध्ये Use the following DNS server addresses छानि खाली ठाउँमा यी 8.8.8.8 र 8.8.4.4 नम्बर हाल्नुहोस्। त्यसपछि ओके र सेभ गरेर इन्टरनेटको स्पिड बढेको अनुभव गर्नुहोस्।

Thursday, November 8, 2012

सास गन्हाउने समस्याको समाधान


सास गन्हाउने समस्यालाई औषधी विज्ञानको भाषामा ‘ह्यालिटोसिस’भनिन्छ । यो समस्या खास गरी दाँत र गिजा सम्बन्धि समस्याबाट हुन्छ भने कतिपय अवस्थामा अन्य रोगहरु तथा खाने कुराबाट पनि हुन्छ । अस्वस्थ खाने कुराले पनि सास गन्हाउने समस्यालाई बढाउँछ । सास गन्हाउने समस्या आफैमा समस्या नभए पनि यसले सँगै बस्ने अरुलाई अप्ठ्यारोमा पार्न सक्छ जसले गर्दा हाम्रो सम्बन्ध बिग्रन सक्छ । खास गरी प्याज तथा लसुन धेरै खानाले यी खाने कुरामा भएका तत्वहरु हाम्रो फोक्सोमा पुग्दछ र जब हामी सास फेर्छौँ त्यसमा भएको गन्ध पनि सँगै निस्कन्छ । त्यस्तै गरी खानामा भएका सुक्ष्म भागहरु हाम्रो मुखमा अड्केर बसेको हुन्छ र ती भागहरुमा ब्याक्टेरिया प्रवेश गरी गन्हाउने  सास निस्कन थाल्दछ । त्यस्तै गरी पेटमा भएको गढबढीले पनि सास गन्हाउन सक्छ । विरलै हुने तर कसै कसैमा मुख सुख्खा हुने कारणले पनि सास गन्हाउन सक्छ । 
उपचार :=>
सास गन्हाउने समस्या ठूलो नभए पनि यसले व्यक्तिगत जीवनमा प्रभाव पार्ने भएकोले व्यक्तिगत तवरबाटै समाधान गर्नु पर्छ । निम्न विधिहरु अपनाएर सास गन्हाउने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
१) प्रत्येक चोटि खाना खाएपछि दाँत माझ्ने र कुल्ला गर्ने ।
२) दाँत सँगसँगै जिब्रोलाई पनि सफा गर्ने ।
३) गिजा पाक्ने तथा गिजाबाट रगत आउने
समस्या छ भने तुरुन्तै डाक्टरलाई देखाउने ।
४) मुख सुख्खा हुने समस्या भएको व्यक्तिले चिनी रहित चुइङ्गम चपाउने । यसले गर्दा मुखमा प्रशस्त मात्रामा थुक आउँदछ र मुखलाई सफा बनाउन मद्दत गर्दछ ।
५) त्यस्तै गरी मुख सुख्खा भएको व्यक्तिले प्रशस्त पानी पिउने । सफा पानीलाई २० सेकेन्ड जस्तो मुखमा राखेर कुल्ला गर्ने ।
६) अल्कोहल मिसिएको मिन्ट र माउठ वासको प्रयोग नगर्ने ।
७) गाजर तथा गाजर जस्तै अन्य सब्जीको सेवन गर्ने ।
८) लसुन तथा प्याजको कम प्रयोग गर्ने ।
९) धुम्रपान तथा मध्यपान नगर्ने ।
१०) क्लोरोफिल बढी भएको सब्जीहरु बढी खाने ।
११) चियामा पेपर मिन्टको केहि थोपा राखेर सेवन गर्ने ।
१२) बेकिङ सोडाको प्रयोग गर्ने ।