Tuesday, July 30, 2013

नौ हजार नपर्ने नौ एण्ड्रोइड फोनहरु

स्मार्टफोन, आवश्यकता बनिसक्यो यतिखेरको। कम्प्युटरको जस्तै सुविधा अनि इन्टरनेटसँग हरदम जोडिइरहने भएकाले यसले मानिसलाई स्मार्ट पनि बनाएको छ। त्यसमा पनि पहिले कल्पना नै नगरिएका सुविधा उपलब्ध छ।
सुविधा र सेवासँगै स्मार्टफोनहरु महँगा मात्र रहेनन्। सुविधा थपिँदै जाँदा सस्ता स्मार्टफोनको बजार प्रवेश पनि बढिरहेको छ। विशेष भारत र चिनका ठूला मोबाइल बजारका कारण सस्तो मोबाइल सेटको उत्पादनमा बढेको प्रतिस्पर्धाले नेपालीलाई पनि स्मार्टफोन सस्तोमा उपलब्ध भएको छ। जसले गर्दा स्मार्टफोनहरु १० हजार नै नतिरी पाउन सकिन्छ। जसमा विश्वमा स्थापित भएका ब्राण्डका ३० ४० हजारका मोबाइल सरहका सुविधाहरु पनि रहेका हुन्छन्।
स्पाइस स्मार्ट फ्लो पीस मी ४२२
02 Cheaper Smart Phones_Smart Phones under 10 thousends_Dus Hajar Bhanda Sasta Mobile_Cheaper Mobiles in Nepal_Android Phones Spice Smart Flo Pace Mi-422४ इन्चको स्क्रिन रहेको यो फोनमा एण्ड्रोइडको आइस्क्रिम स्याण्डबीच अपरेटिङ सिस्टम रहेको छ। ३.२ मेगापिक्सलको मुख्य क्यामेरा र १.३ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको यो फोनमा दुई सीम चलाउन सकिन्छ। लामो समय टिक्ने ब्याट्रीका साथ ५१२ एमबीको रयाम रहेको यो फोनमा ३२ जीबी सम्मको मेमोरी सुविधा लिन सकिन्छ। जुन आठ हजारमा नै आफ्नो बनाउन सकिन्छ।
कार्बन ए ६ 
03 Cheaper Smart Phones_Smart Phones under 10 thousends_Dus Hajar Bhanda Sasta Mobile_Cheaper Mobiles in Nepal_Android Phones Karbonn A6आइस्क्रिम स्याण्डवीच अपरेटिङ सिस्टममा चल्ने यो फोनमा ४ इन्चको डब्लुभीजीए स्क्रिन रहेको छ। ५ मेगापिक्सलको क्यामेरा रहेको यो फोनमा दुई सीमकार्ड चलाउन सकिन्छ। ५१२ एमबीको रयाम रहेको यो फोनको मेमोरी क्षमतालाई ३२ जीबी सम्म बढाउन सकिन्छ। १ गीगाहर्जको प्रोसेसर रहेको फोनमा एफएम रेडियोको सुविधा पनि छ। १४५० एमएएचको शक्तिशाली ब्याट्री रहेको फोन आठ हजारमा नै आफ्नो बनाउन सकिन्छ।
सामसुङ ग्यालेक्सी स्टार 
04 Cheaper Smart Phones_Smart Phones under 10 thousends_Dus Hajar Bhanda Sasta Mobile_Cheaper Mobiles in Nepal_Android Phones Samsung Galaxy Star S5282दुई सीम चलाउन सकिने यो फोन एण्ड्रोइडको जेली बीनमा चल्छ। २.९ इन्चको डिस्प्ले र २ मेगापिक्सलको क्यामेरा रहेको फोनमा ४ जीबीको आन्तरिक मेमोरी रहेको छ। जसलाई ३२ जीबी सम्म बढाउन सकिन्छ। १ गीगाहर्जको प्रोसेसर र ५१२ एमबी रयाम रहेको फोनमा १२०० एमएएचको ब्याट्री रहेको छ। यो फोन नौ हजारमा भित्रमा नै आफ्नो बनाउन सकिन्छ।
कार्बन स्मार्ट ए २ 
05 Cheaper Smart Phones_Smart Phones under 10 thousends_Dus Hajar Bhanda Sasta Mobile_Cheaper Mobiles in Nepal_Android Phones Karbonn Smart A2आठ हजार भित्रमै आफ्नो हातमा पार्न सकिने यो फोनमा ४ इन्चको डिस्प्ले रहेको छ। ३ मेगापिक्सलको क्यामेरा रहेको फोनमा दुई सीम चलाउन सकिन्छ।३२ जीबीसम्म मेमोरी क्षमता बढाउन सकिने फोनमा २०० एमबीको आन्तरिक मेमोरी क्षमता रहेको छ।१७५० एमएएचको शक्तिशाली ब्याट्री रहेको फोनमा एफएम रेडियो समेत छ। यो फोन आठ हजार भन्दा केही कममा आफ्नो बनाउन सकिन्छ।
हुवावे एसेण्ड वाइ २१० डी 
06 Cheaper Smart Phones_Smart Phones under 10 thousends_Dus Hajar Bhanda Sasta Mobile_Cheaper Mobiles in Nepal_Android Phones Huawei Ascend Y210Dयो फोनमा ३.५ इन्चको डिस्प्ले रहेको छ भने २ मेगापिक्सलको क्यामेरा रहेको छ। दुई सीमकार्ड राख्न सकिने यो फोनको अपरेटिङ सिस्टम एण्ड्रोइड जिन्जरब्रेड हो। दुई सीम चलाउन सकिने फोनमा २५६ एमबीको रयाम छ भने ३२ जीबी सम्म मेमोरी क्षमता प्रयोग गर्न सकिन्छ। १ गीगाहर्जको प्रोसेसर रहेको फोनमा १७०० एमएएचको ब्याट्री रहेको छ। लामो समय ब्याकअप दिने यो फोन आठहजार पाँचसयमा नै आफ्नो बनाउन सकिन्छ।
इन्टेक्स एक्वा स्टार 
07 Cheaper Smart Phones_Smart Phones under 10 thousends_Dus Hajar Bhanda Sasta Mobile_Cheaper Mobiles in Nepal_Android Phones Intex Aqua Starदुई सीम लाग्ने यो फोन ४ इन्चको डिस्प्ले भएको फोन हो। जसमा फ्ल्यास सहित ३ मेगापिक्सलको मुख्य क्यामेरा रहेको छ। एण्ड्रोइड जीन्जरब्रेड अपरेटिङ सिस्टम रहेको यो फोनमा १ गीगाहर्जको प्रोसेसर रहेको छ भने यसको मेमोरी क्षमतालाई ३२ जीबी सम्म बढाउन सकिन्छ। यो फोन आठहजार भन्दा केही सय कममा नै आफ्नो बन्न सक्छ।
लाभा आइरिस ४०१ इ 
08 Cheaper Smart Phones_Smart Phones under 10 thousends_Dus Hajar Bhanda Sasta Mobile_Cheaper Mobiles in Nepal_Android Phones Lava Iris 401eलाभाको यो फोनमा ४ इन्चको डिस्प्ले रहेको छ भने ३ मेगापिक्सलको मुख्य क्यामेरा छ। १५०० एमएएचको शक्तिशाली ब्याट्री रहेको यो फोनमा १ गीगाहर्जको प्रोसेसर र २५६ एमबीको रयाम छ। दुई सीम लाग्ने फोनमा एफएम रेडियो छ। भने यसको अपरेटिङ सिस्टम एण्ड्रोइडको जीन्जरब्रेड हो। यो फोन सात हजार पाँच सयमा नै आफ्नो बन्नसक्छ।
भिडियोकोन ए २२
09 Cheaper Smart Phones_Smart Phones under 10 thousends_Dus Hajar Bhanda Sasta Mobile_Cheaper Mobiles in Nepal_Android Phones Videocon A22सातहजार पाँच सयमा नै आफ्नो बनाउन सकिने यो फोनमा ३.५ इन्चको डिस्प्ले रहेको छ। ३ मेगापिक्सलको क्यामेरा रहेको यसमा २५६ एमबीको रयाम रहेको छ। यसमा १६ जीबी सम्म मेमोरीको प्रयोग गर्न सकिन्छ। १ गीगाहर्जको प्रोसेसर रहेको यसमा दुई सीम चलाउन सकिन्छ। एण्ड्रोइडको जीन्जरब्रेड अपरेटिङ सिस्टममा चल्ने यो फोनमा १५०० एमएएचको ब्याट्री रहेको छ।
माइक्रोम्याक्स आइशा ए ५२ 
10 Cheaper Smart Phones_Smart Phones under 10 thousends_Dus Hajar Bhanda Sasta Mobile_Cheaper Mobiles in Nepal_Android Phones Micromax Aisha A52भारतीय मोबाइल उत्पादकको यो फोनमा दुई सीमकार्ड चलाउन सकिन्छ। ३.२ इन्चको डिस्प्ले रहेको यसमा २ मेगापिक्सलको क्यामेरा रहेको छ। माइक्रोएसडी मार्फत ३२ जीबीसम्म मेमोरी बढाउन सकिने फोनमा १ गीगाहर्जको प्रोसेसर रहेको छ। एफएम रेडियो बजाउन सकिने फोन एण्ड्रोइडको जीन्जरब्रेडमा चल्छ। यो फोन सातहजारमा आफ्नो बनाउन सकिन्छ।
उल्लेख भएका मूल्यहरु बार्गेनिङ गरेर घटाउन सकिने भएकाले केही तलमाथि हुनसक्छ। (सम्पादक)

Friday, July 12, 2013

आँखाको र्इशाराले चलाऔं कम्प्युटर

आँखाको र्इशाराले चलाऔं कम्प्युटर

आँखाको र्इशाराले चल्ने मोबाइलको चर्चा त सुन्नु भएकै होला। सामसुङले यसखालको सुविधा दिएका कारण उसको ग्यालेक्सी सिरिजको एस फोर निक्कै चर्चामा मात्र रहेन सामसुङको सफलतालाई अर्को एउटा शिखर चढायो। स्मार्टफोनमा मात्र होइन ल्यापटपमा पनि यसरी आँखाको र्इशाराले चलाउने सुविधाहरु थपिँदैछन्। विस्तारै ग्याजेट र मोबाइल प्रविधि हात वा माउसले चलाउने नभएर आँखाले चलाउने सुविधाका साथ बजारमा उत्रने तयारीमा छन्। जसले चलाउने व्यक्तिलाई त सजिलो भएको छ नै। विभिन्न खालका शारिरीक तथा मानसिक समस्या भएकाहरुलाई पनि यसले प्रविधिको प्रयोगमा सहज बनाएको छ। विभिन्नका कारण हातमा समस्या भएका तथा शारिरीक रुपमा दूर्बलहरुका लागि यस्ता खालका प्रविधि विकास गर्ने र उनीहरुलाई सबल बन्न र प्रविधिको माध्यमबाट जिवनलाई सहज बनाउन मदत गर्ने क्रम पनि चलेको छ। त्यसका लागि आँखा वा टाउकोबाट नियन्त्रण गरेर कम्प्युटर तथा अन्य ग्याजेट चलाउने प्रविधिको पनि विकास भएको छ। जसले विभिन्न कारणले शरिरका केही अंग वा भागले काम गर्न नसक्ने अवस्था भएकालाई त सजिलो भएको छ नै अरुलाई पनि नयाँ खालको प्रविधिको उपयोग गर्न सहज भएको छ। यस्तै एउटा सफ्टवेयर र प्रविधिको विकासले तपाइँलाई पनि आफ्नो कम्प्युटर आँखाको र्इशाराले चलाउन सक्ने बनाएको छ। Eye Controlled computer control your computer by eye, Camera Mouseपछिल्ला प्राविधिक सुधारका साथ आएका स्मार्टफोन मात्र होइन तपाइँसँग भएको पुरानो कम्प्युटरलाई पनि अब तपाइँ आँखाको र्इशाराले चलाउन सक्नुहुन्छ। त्यसखालको अवस्था बनाएको छ बोष्टन कलेजले। जहाँ शारिरीक अपांगता भएकालाई सजिलै कम्प्युटर चलाउन मदत गर्ने हिसाबमा सुरु भएको एउटा प्रोजेक्टले आँखाको र्इशाराले कम्प्युटर, ल्यापटप तथा ट्याब्लेट चलाउन सकिने बनाएको छ। बोष्टन कलेजका प्रोफेसर जेम्स गीप्स र माग्रिर्ट बेत्केले आँखाको र्इशाराले कम्प्युटर चलाउन सकिने सफ्टवेयरको विकास गरेका छन्। जसका लागि एउटा वेबक्याम भए पुग्छ। उनीहरुले आँखाले कम्प्युटर चलाउनका लागि क्यामेरा माउस नामको सफ्टवेयरको विकास गरेका हुन्। सन् २००७ मा विकास भएको यो सफ्टवेयरको २०१३ को संस्करणमा आउँदा सम्म निक्कै परिवर्तन भएको छ। जसले गर्दा सामान्य वेबक्याम प्रयोग गरेर तपाइँ आफ्नो कम्प्युटरलाई आँखाको माध्यमबाट चलाउन सक्नुहुन्छ। अहिले सम्म विश्वका १५ लाख व्यक्तिले यो सफ्टवेयर डाउनलोड गरेर प्रयोग गरिसकेका छन्।
सामान्यतया हामी कम्प्युटर, ल्यापटप हातको सहाराले माउस वा माउस प्याडमा छोएर, चलाएर सञ्चालन गर्र्छौं। तर यो सफ्टवेयर राखिसकेपछि तपाइँले टाउको र आँखा हल्लाएर कम्प्युटरमा माउसको काम गर्न सक्नुहुन्छ। त्यसका लागि तपाइँसँग कम्प्युटर, ल्यापटप तथा ट्याब्लेटमा वीण्डोज एक्सपी, भीष्टा, सेभेन वा ऐट हुनु पर्दछ भने गुणस्तरिय फोटो खिच्न सक्ने वेबक्याम पनि हुनु आवश्यक छ। तपाइँसँग यी कुरा छन् भने तपाइँले यहाँ क्लिक गरेर क्यामेरा माउस डाउनलोड गर्न सक्नुहुन्छ। यसलाई कम्प्युटरमा स्थापित गरिसकेपछि तपाइँले आफ्नो कम्प्युटरलाई आँखाले नै चलाउन सक्नुहुन्छ। यो सफ्टवेयर सित्तैमा उपलब्ध भएकाले तपाइँलाई थप कुनै आर्थिक भार पर्दैन।
यो सफ्टवेयर राखेर कसरी कम्प्युटर माउसले चलाउने भन्ने थप जान्नका लागि यहाँबाट म्यानुअल डाउनलोड गर्न सक्नुहुन्छ।

भैसीले मानब आकारको बच्चा जन्मायो





थाईल्यांडमा एक भैसिले मानब आकारको जन्म दिएको छ । अत्यन्तै नौलो यो घट्ना मानिस लाई पत्याउनै गाह्रो भैरहेको छ । तर फोटो सहित समाचार प्रकाशन तथा प्रकाशित भए पछि भने जून सत्यमा परिणत भएको छ ।


अमेजिंग एडं डट कम अनुसार बच्चाको हात खुट्टा अलग भएपनि टाउको र मुख भने मानिसको बच्चा जस्तै छ । सो बच्चा जन्मेको केही घण्टामा नै मृत्यु भैसेकेको छ । यस्तो बच्चा देखेर त्यस ठाउँका मानिसहरु अचम्म नै मानेका छन् ।

फेसबुक बारे अनौठो जानकारी !





 

 फेसबुक बारे केही जानकारी 

- फेसबूकको मुख्य कम्पनि अमेरिकाको उत्तरी कालिफोर्नियामा छ।

- बिश्वमा सात जनाले मध्य एकजनाले फेसबुक चलाउछन ,जून क्रम अझै बढ्दो छ

- फेसबुकका संस्थापक मार्क जुकरबर्ग बिश्वकै सबै भन्दा कम उमेरमा खर्ब पति भएका ब्यक्ति हुन

-हार्भड बिश्व बिद्यालयका छात्र मार्क जुकरबर्गले सन् २००४ मा फेसबुक बनाएका थिए।

-फेसबुक बनेको ८ वर्षमै यसको स्टक बजार मूल्य झन्डै १०० खर्ब रुपैया पुगेको थियो।

-फेसबूकको अफिस भित्र मनोरन्जनको लागि भनेर भिडियो गेम र बारको पनि व्यवस्था छ। कर्मचारीहरुले अनौपचारिक कपड़ा लगाएर पनि अफिस जान पाउछन।

-फेसबूकमा कामगर्ने कर्मचारीहरुको औसत उमेर २६ वर्ष छ।

-१० लाख फेसबूकका प्रयोगकर्ताहरुका लागि सपोर्टमा १ जना इन्जिनियर खटाइएको छ।

-फेसबूकले डेटा राख्नको लागि मात्रै ३ लाख वर्ग फीटको केन्द्र ओरेगोन प्रान्तमा राखेको छ।