Saturday, December 1, 2012

Facebook forgot Password कसरी Reset गर्ने ?



नमस्कार छ हजुरलाई मेरो तर्फबाट के तपाईंले आफ्नो फेसबुक एकाउन्टको पास्वोर्ड बिर्सिएर
अलमल्ल पर्नु भएको छ एदी तपाइंले आफ्नो फेसबुकको पासवोर्ड बिर्सिएर पछुताईरहनुभएको छ भने धैर्य गर्नुहोस अनि तलको नियम अनुसार आफुले बिर्सिएको एकाउन्ट पासवोर्ड पुन:फिर्ता ल्याउनुहोस
१. पहिला आफुले फेसबुक खोल्नको लागी Sign in गर्ने पेजमा गएर आफुले खोल्नुपर्ने फेसबूकको इमेल पता अनि यदी तपाइंले साँच्चीकै पासवोर्ड बिर्सिएको हो भने कुनै पनि अंक अथवा अक्षर पासवोर्ड टाईप गर्ने ठाउँमा पासवोर्ड टाईप गरेर Log in गर्नुहोस
२. अब तपाइंले यदी गलत पासवोर्ड टाईप गरेकै हो भने यहाँ तलको जस्तो चित्र देख्नुहुनेछ र तपाइंले Forgot the password? मा क्लिक गर्नुहोस

३ तपाईंले Forgot the password? मा क्लिक गरीसकेपछी अब अर्को नयाँ पेज खुल्नेछ र त्यहाँ तल Enter your email or phone number. भनेको बक्समा इमेल ठेगाना अथवा मोबाईल नम्बर राख्नुहोला र यदी हजुरले त्यहाँ मोबाईल नम्बर नराखेर इमेल ठेगाना राख्नुभयो भने त्यहाँ ध्यान दिनुहोला पहिला तपाइंले आफ्नो फेसबुक एकाउन्ट खोल्ने बेलामा कुन इमेल प्रयोग गर्नु भएको थियो त्यही इमेल टाईप गर्नु पर्ने हुन्छ जस्तै: याहू,गूगल कुन आईडी प्रयोग गर्नुहुन्थ्यो र अब फेरी तल हेर्नुहोस Enter your facebook user name. भनेको ठाउँमा आफ्नो फेसबुकको user name टाईप गर्नुहोला जस्तै: http://www.facebook.com/sitaram.phuyal1

अब तल जानुहोस Enter your name and a friend's name. याद गर्नुहोला तपाइंले फेसबुकमा आफ्नो नाम नेपालीमा लेख्नुभएको थियो भने त्यहाँ पनि नेपालीमा नै लेख्नु पर्ने हुन्छ र साथीको नाम भने राख्दा पनि हुन्छ र नराख्दा पनि हुन्छ अब तल Search बटनमा क्लिक गर्नुहोस

४. अब त्यहाँ नयाँ Windows खुल्नेछ र त्यहाँ हेर्नुहोस मतलब तपाईंले अघी Enter your email or mobile number भनेको ठाउँमा के टाईप गर्नु भएको थियो त्यसको लागी उदाहरण त्यहाँ दायाँ पट्टि हेर्नुहोस देख्नुहुनेछ र अब त्यहाँ ठिक दिनुहोस त्यहाँ तपाइंले ठिक दिने भनेको अर्को पेज मा गएपछी त्यहाँ password reset code को लागी तपाइंलाई Password reset code टाईप गर भन्नेछ र त्यो Code हजुरले आफ्नो इमेलमा प्राप्त गर्नुहुनेछ अथवा phone number मा ठिक दिए phone number मा प्राप्त गर्नुहुनेछ अब Reset password मा क्लिक गर्नुहोस

५. अब त्यहाँ तपाइंलाई Password reset code माग्नेछ र यसको बारेमा मैले अघिनै यहाँ माथी केही चर्चा गरीसकेको छु तपाइंले मोबाईल नम्बर टाईप गरेको हो भने Password reset code तपाइंको mobile number मा आउँछ र इमेल टाईप गरेको हो भने आफुले कुन इमेल टाईप गरेको हो Gmail or Yahoo mail log in गरेर त्यहाँ बाट आफ्नो Password reset code हासिल गर्नुहोस

६. अब email बाट Code प्राप्त गरीसकेपछी Password reset code मा त्यो code type गर्नुहोस र Submit code मा क्लिक गर्नुहोस

७. अब नयाँ Windows खुल्नेछ र त्यहाँ New password मा आफुलाई चाहिने कुनै पनि character दबाएर तल Cornfirm password भनेको ठाउँमा password repeat गर्नुहोस र Change password मा क्लिक गर्नुहोस

८. त्यहाँ नयाँ Windows खुलेपछी Save and continue मा click गरेर जानुहोस
बधाई छ हजुरलाई तपाईंले बिर्सिसकेको password reset गर्नमा successfully हुनुभएको छ र Gmail को password reset गर्नको लागी यो Page मा जानुहोस
Thankyou.

Thursday, November 29, 2012

son or daughter what do you want to give birth



ल्यापटप तथा नोटबुक उपयोग गर्नेहरुको वास्तविक समस्या अनी चिन्ता भनेको ब्याट्रीको ब्याकअप पावर कमजोर हुनु नै हो । ल्यापटपको ब्याट्रीको अधिकांश निर्माता कम्पनी द्वारा दिईेएको अबधि भन्दा अगाडिनै त्यसमा समस्या आउन थाल्ने कुरा सामान्य जस्तै हो, तर वास्तवमा ति निर्माताहरु यो बिफलताको लागि जिम्मेदार छैनन किनभने एउटै कम्पनीको ब्याट्री कुनै ल्यापटपमा राम्रै सँग चलीराखेका हुन्छन । यहाँ निर बुझ्नु पर्ने कुरा के हो भने ब्याट्रीको BackUp Power कमजोर हुनुमा ल्यापटपको Setting ( timeout and sleep settings, display settings, and screensavers) आदिमा नै भर पर्ने कुरा हो ।
अब यहाँ कुरा आयो ब्याट्रीको लाईफ बढाउन कसरी setting मिलाउने भन्ने कुरा,

किनकी धेरैलाई आफ्नो ल्यापटपका यि setting हरु कसरी कुन option मा राख्दा ठीक हुन्छ थाहा हुँदैन । यही भ्रमलाई ठीक गर्न Microsoft ले Windows प्रयोगकर्ताहरुको लागि "Fix it" प्रोग्राम provide गरेको छ जुन तपाईंले Microsoft Support website बाट Download गर्न सक्नु हुन्छ । यो Tool चलाएर तपाईंले आफ्नो ल्यापटपको ब्याट्री BackUp लाईफलाई बढाउन सक्नु हुनेछ । यो Tool ले Windows 7 अपरेटिङग सिस्टम मा धेरै राम्रो काम गर्ने भए पनि अरु सिस्टम Vista, Xp मा पनि काम गर्छ ।


जुन ल्यापटपको setting मिलाउनु पर्ने हो त्यही ल्यापटपमा यो साईट खोल्नुहोस्
MicrosoftFixit.power.Run.exe here
र त्यहा Run now बक्समा क्लिक गर्नुहोस् ।

"Fix it" Tool ले fix गर्ने कामहरु
*Period of time before the computer goes to sleep is set too long
*Screen saver is used instead of setting the computer to enter sleep mode
*Display brightness is set too high
*Power plan is not set to the most efficient power plan
*Wireless adaptor in not optimized for power saving
*Minimum processor state is set too high

Tuesday, November 20, 2012

The water car fraud

Agha Waqar Ahmad deserves a medal from the people of Pakistan for his great service to the nation. In a few short days, he has exposed just how far Pakistan has fallen into the pit of ignorance and self-delusion. No practical joker could have demonstrated more dramatically the true nature of our country’s political leaders, popular TV anchors and famed scientists.
At first, it sounded like a joke: a self-styled engineer, trained in Khairpur’s polytechnic institute, claims to have invented a ‘water kit’ enabling any car to run on water alone. It didn’t matter that the rest of world couldn’t extract energy from water; he had done it. He promised a new Pakistan with limitless energy, no need for petrol or gas, and no more loadshedding. For an energy starved nation, it is a vision of paradise.
Agha Waqar Ahmad is now a national celebrity thanks to Religious Affairs Minister Khursheed Shah. Federal ministers Mir Hazar Khan Bijarani and Qamar Zaman Kaira have added their commendations. President Asif Ali Zardari has expressed his delight. The cabinet has met three times to discuss the water vehicle, and a fourth meeting is scheduled. Reports suggest millions may be spent on the ‘water fuel kit project’.

Monday, November 19, 2012

इन्टरनेट स्पिड बढाउन

इन्टरनेटको स्पिड कम भएर हैरान हुनुभएकाहरुका लागि केही उपाय छन् इन्टरनेट स्पिड बढाउनका लागि

इन्टरनेट चलाउनेहरुको लागि सनातन समस्या हो त्यसको स्पिड। विदेशको अवस्था जे भएपनि नेपालमा इन्टरनेट चलाउनेले सुस्तो डाउनलोड र अपलोडको हैरानी भोग्नु परिरहेको छ।
द्रूत स्पिडका भनेका इन्टरनेट आम पहुँचमा छैन। एक घण्टामै सयौं रुपैंया सक्ने गरि इन्टरनेट चलाउने कुरा पनि भएन। सस्तोमा राम्रै स्पिड भएको भनेको नेपाल टेलिकमको एडीएसएल हो त्यसको स्पिडको कुनै भर छैन। कतिख
ेर हृवात्तै अपलोड अनि डाउनलोड हुन्छ। कतिखेर इन्टरनेटको लाइन नै। केबल र वाइफाइको अवस्था पनि त्यस्तै नै छ। १० १२ जनालाई सेयर गरेको हुन्छ त्यसैले स्पिडमा इन्टरनेट चलाउने भनेको मध्यरातमा मात्र हो। इन्टरनेटको स्पिड कम भएर हैरान हुनुभएकाहरुका लागि केही उपाय छन् इन्टरनेट स्पिड बढाउनका लागि। ती मध्येको एक हो Free DNS को प्रयोग। विभिन्न प्रख्यात वेब सेवा दिने कम्पनीहरुले Free DNS प्रयोगको सुविधा दिएका छन्, जसको प्रयोगले तपाइँको इन्टरनेटको स्पिडलाई बढाउन सकिन्छ। त्यसका लागि यि Free DNS को प्रयोग गर्नुहोस्।
1. Google DNS : -
8.8.8.8
8.8.4.4

2. Open DNS :-
208.67.222.222
208.67.220.220

3. Norton DNS :-
198.153.192.1
198.153.194.1

4. Scrub IT :-
67.138.54.100 207.225.209.66

5. DNS Advantage :-
156.154.70.1
156.154.71.1

कसरी गर्ने ?

यदी तपाइँ विन्डोज एक्सपी चलाउनुहुन्छ भने कम्प्युटरको होम स्क्रिनमा रहेको स्टार्टमा जानुस् त्यसपछि My Network Placesमा जानुस। त्यसपछि View Network Connections मा। त्यहाँ रहेका Wireless Network Connection वा Local Area Connection मध्ये एकमा Right Click गरि Properties मा क्लिक गरि देखिने विण्डोमा Internet Protocol (TCP/IP) मा जानुहोस्। जहाँ क्लिक गरेपछि तल देखिने Properties मा जानुहोस् जहाँ नयाँ विण्डोमा Obtain DNS server address automatically र Use the following DNS server addresses भन्ने देखिन्छ। त्यसमध्ये Use the following DNS server addresses मा क्लिक गर्नुहोस्। त्यसपछि देखिने खाली ठाउँमा माथिका पाँच मध्ये कुनै पनि Free DNS राख्नुहोस्। त्यसपछि अनुभव गर्नुहुनेछ इन्टरनेटको स्पिड बढेको।

यदी एक्सपी नभएर विण्डोज सेभेन चलाउनु भएको छ भने। कम्प्युटरको होम स्क्रिनको Start मा किलक गरि कन्ट्रोल प्यानलबाट Network and Internet त्यसपछि View Network Status and Tasks र Network and Sharing Center मा जानुहोस्। त्यसपछि Local Area Connection वा Wireless Network Connection मा क्लिक गरेर त्यसमा देखिने विण्डोको Properties मा क्लिक गर्नुहोस्। त्यसपछि खुल्ने विण्डोमा देखिने Internet Protocol Version 4 (TCP/IPv4) मा क्लिक गर्नुहोस् जहाँको Properties मा क्लिक गरी Obtain DNS server address automatically र Use the following DNS server addresses मध्ये Use the following DNS server addresses छानि खाली ठाउँमा यी 8.8.8.8 र 8.8.4.4 नम्बर हाल्नुहोस्। त्यसपछि ओके र सेभ गरेर इन्टरनेटको स्पिड बढेको अनुभव गर्नुहोस्।

Thursday, November 8, 2012

सास गन्हाउने समस्याको समाधान


सास गन्हाउने समस्यालाई औषधी विज्ञानको भाषामा ‘ह्यालिटोसिस’भनिन्छ । यो समस्या खास गरी दाँत र गिजा सम्बन्धि समस्याबाट हुन्छ भने कतिपय अवस्थामा अन्य रोगहरु तथा खाने कुराबाट पनि हुन्छ । अस्वस्थ खाने कुराले पनि सास गन्हाउने समस्यालाई बढाउँछ । सास गन्हाउने समस्या आफैमा समस्या नभए पनि यसले सँगै बस्ने अरुलाई अप्ठ्यारोमा पार्न सक्छ जसले गर्दा हाम्रो सम्बन्ध बिग्रन सक्छ । खास गरी प्याज तथा लसुन धेरै खानाले यी खाने कुरामा भएका तत्वहरु हाम्रो फोक्सोमा पुग्दछ र जब हामी सास फेर्छौँ त्यसमा भएको गन्ध पनि सँगै निस्कन्छ । त्यस्तै गरी खानामा भएका सुक्ष्म भागहरु हाम्रो मुखमा अड्केर बसेको हुन्छ र ती भागहरुमा ब्याक्टेरिया प्रवेश गरी गन्हाउने  सास निस्कन थाल्दछ । त्यस्तै गरी पेटमा भएको गढबढीले पनि सास गन्हाउन सक्छ । विरलै हुने तर कसै कसैमा मुख सुख्खा हुने कारणले पनि सास गन्हाउन सक्छ । 
उपचार :=>
सास गन्हाउने समस्या ठूलो नभए पनि यसले व्यक्तिगत जीवनमा प्रभाव पार्ने भएकोले व्यक्तिगत तवरबाटै समाधान गर्नु पर्छ । निम्न विधिहरु अपनाएर सास गन्हाउने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
१) प्रत्येक चोटि खाना खाएपछि दाँत माझ्ने र कुल्ला गर्ने ।
२) दाँत सँगसँगै जिब्रोलाई पनि सफा गर्ने ।
३) गिजा पाक्ने तथा गिजाबाट रगत आउने
समस्या छ भने तुरुन्तै डाक्टरलाई देखाउने ।
४) मुख सुख्खा हुने समस्या भएको व्यक्तिले चिनी रहित चुइङ्गम चपाउने । यसले गर्दा मुखमा प्रशस्त मात्रामा थुक आउँदछ र मुखलाई सफा बनाउन मद्दत गर्दछ ।
५) त्यस्तै गरी मुख सुख्खा भएको व्यक्तिले प्रशस्त पानी पिउने । सफा पानीलाई २० सेकेन्ड जस्तो मुखमा राखेर कुल्ला गर्ने ।
६) अल्कोहल मिसिएको मिन्ट र माउठ वासको प्रयोग नगर्ने ।
७) गाजर तथा गाजर जस्तै अन्य सब्जीको सेवन गर्ने ।
८) लसुन तथा प्याजको कम प्रयोग गर्ने ।
९) धुम्रपान तथा मध्यपान नगर्ने ।
१०) क्लोरोफिल बढी भएको सब्जीहरु बढी खाने ।
११) चियामा पेपर मिन्टको केहि थोपा राखेर सेवन गर्ने ।
१२) बेकिङ सोडाको प्रयोग गर्ने ।

Tuesday, October 30, 2012

20 Facebook Tips/Tricks You Might Not Know

facebook tips & tricks

If you surf Facebook on daily basis or occasionally, chances are you’re already familiar with regular stuffs like add/delete friends, update statuses, walls and profile, add and explore pages & applications, etc, but there’s more..
This week we want to cover some interesting things you can do on (or with) Facebook; inclusive of tricks that are not documented or unknown to many, as well as tips to stay connected better with your friends. Without further ado, here’s 20 Facebook Tips/Tricks You Might Not Know. If you have interesting tips/tricks related to Facebook, please feel free to share in the comment box below.
  1. How to Place Facebook Chat On Firefox Sidebar

    If you are using Firefox, you can place the Facebook Chat at the sidebar.
    Facebook_Chat_Firefox_Sidebar

थ्रिडी कामसूत्रमा शेरलिन

मुम्बई, कात्तिक १४ (एजेन्सी)- प्लेब्वाय म्यागेजिनका लागि नग्न तस्बिर खिचाएर चर्चामा आएकी अभिनेत्री शेरलिन चोपडाले रुपेश पावलको 'कामसूत्र थ्रिडी'मा अभिनय गर्ने भएकी छन्। गएको कान्स फिल्म फेस्टिभलमा घोषणा गरिएको 'कामसूत्र थ्रिडी'को प्रिमियर आउँदो वर्षको कान्स फेस्टिभलमै गरिने योजना छ। फिल्मका लागि थप कलाकार छनोट गर्ने कार्य बाँकी नै छ। तैपनि बलिउडका चिरपरिचित दुई अभिनेतालाई यसमा मुख्य भूमिका दिइने सम्भावना छ।

३० नाघेका निर्देशक रुपेशले भने, 'भारतीय फिल्मले सन् २०१३ मा सय वर्ष पूरा गर्दैछ र कामसूत्र जस्तो फिल्म त्यही वर्ष रिलिज हुनु राम्रो कुरा हो, फिल्मलाई विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा लगिनेछ।'
कामसूत्रमाथि यो दोस्रो भारतीय फिल्म हो। यसअघि १९९६ मा मिरा नायरले इन्दिरा वर्मा, सरिता चौधरी र रेखालाई लिएर 'कामसूत्रः अ टेल फ लभ' बनाएकी थिइन्।

कार निर्माणमा बेलायती इन्जिनियरलाइ सफलता

लन्डन, कात्तिक १४(एजेन्सी)- रकेटको रफ्तारमा चल्ने कार निर्माणमा बेलायती इन्जिनियरले सफलता पाएका छन्। बेलायतका इन्जिनियरले रकेटको रफ्तारमा चल्ने हाइब्रिड कारको निर्माणमा सफलता पाएको बिबिसीले जनाएको छ। ब्लडहोन्ड सुपर सोनिक कार ४२ फिट लामो छ। यसको गति १ हजार ६ सय १० किलोमिटर प्रति घन्टा छ।

यो कारमा युरो फाइटरको टाइफुन जेटको इन्जिन राखिएको छ। यो कारमा रकेट पनि जोडिएको छ। यो कारको परीक्षण सफल भइसकेको छ। पहिलोपटक हाइब्रिड कारको फाइरिङ टेस्ट भएको थियो। कारमा फर्मुला वान इन्जिन प्रयोग गरिएको छ।

फर्मुला वानको इन्जिन तताउन कठिन काम थियो। यो कार सन् २०१४ भित्र बजारमा आउनेछ। यो कार बजारमा आउनुअघि धेरै परीक्षण गर्नुपर्नेछ। यो कार निर्माण गर्न पाँच कम्पनी लागिरहेका छन्। कार एक टन बराबरको हुनेछ। अहिले यो कार बनाउन ६ टनको कच्चा मालसामान लागेको छ। कार स्टिल र अल्मुनियमबाट बनाइनेछ।

कथा-आगोको ज्वाला

 

माया ठकुरी
“हेर्नुस् त मिस, हामीले यो फूलवारी कति राम्रोसँग गोड्यौं !” विनयले आफ्नो समूहका अरु तीनजना बालकसहित रमिलाको अगाडि गएर भन्यो ।
“ए, हो ? खोइ हेरुँ त !” भर्खर किशोरवय पार गरेकी रमिला बालगृहको प्रांगणमा रहेको फूलवारीनिर पुगिन् र भनिन्, “ओहो, कस्तो राम्रोसँग गोडेर सफा बनाएछौ! कति राम्रो देखिएको !”
त्यति नै खेर नौं वर्षको नोर्बुले पनि रमिलाको छेउमा आएर भन्यो, “मिस, हामीले पनि कुखुराको खोर सफा गरेर अण्डाहरु सबै डालीमा राखेका छौं ।”
“ल, ल जाऊ तिमीहरु, ज-जसले आफ्नो काम सक्यौ, हातमुख धोऊ ।” रमिलाले भनिन्, “त्यसपछि खाना खानुपर्छ ।”

झिम्केको झोला

 
युवराज नयाँघरे
एयरपोर्टको मुखैमा छ झिम्के !
दिउँसोको दुईबजे झिम्के उड्दैछ कतार । वरिपरि साथी छन् । अलि-अलि जुँगा उम्रेका केटाहरुको हुलमा छ ऊ । काँचा केटाहरुको बगालमा छ झिम्के ।
एयरपोर्टको मुखैमा ठूलो गेट छ । गेटको उत्तरपूर्व ठूलो विमानस्थल छ, त्रिभुवन विमानस्थल ।
ट्याक्सीको साना गाडीहरुको लर्को खुब देखिन्छ त्यता हुँइकिरहेको । गेटमा प्रहरीको सोधपुछमा पास भएर जाने युवायुवतीको हुल झन् चर्को छ त्यही बाटोको पेटीमा ।
झिम्के आˆनो झोला मिलाउँछ ।

Monday, October 29, 2012

यु ट्रयुवमा भिडियो अपलोड गरेर पैसा कमाउने तरिका

सबै मान्छे पैसा कमाउन चाहन्छन् । अझ अहिलेको सूचना प्रविधिको जमानामा काइदा जान्नेले बसीबसी अनलाइन मार्फत पैसा कमाउँछन् ।
अनलाइन मार्फत पैसा कमाउने विभिन्न विधि हुन्छन् । त्यसमध्ये एउटा विधि भनेको यु ट्युबमा भिडियो अपलोड गर्नु पनि हो । यदि तपाइँले उत्कृष्ट तथा अनौठा भिडियोहरु बनाउन सक्नुहुन्छ भने यु ट्युबको मद्दतले तपाइँले अनलाइन मार्फत पैसा कमाउन सक्नुहुन्छ । तपाइँले आफुले तयार पारेको भिडियो अरु कुनै लगानी विनानै पैसाको श्रोतको रुपमा उपयोग गर्न सक्नुहन्छ मात्र यु ट्युमा शेयर गरेर ।
वास्तवमा भिडियो शेयरिङ वेबसाइट यु ट्युबमा यसका लागि एक पार्टनरसीप प्रोग्राम छ । यस प्रोग्राममा सहभागी भएर तपाइँले आफ्नो भिडियोमार्फत पैसा कमाउन सक्नुहुन्छ
यो यु ट्युब प्रोग्राममार्फत तपाइँले पैसा कमाउनका लागि केही सर्त भने छन् । त्यो के भने तपाइँको भिडियो आफैले तयार गरेको ओरिजिनल हुनुपर्नेछ न की अरु कसैको कपी गरिएको । यसका लागि सबैभन्दा पहिले तपाइँले यु ट्युब पार्टनरसीप र्फम भर्नुपर्छ । यसो गर्न तपाइँले कुनै शुल्क तिर्नुपर्दैन
तपाइँले यु ट्युको उक्त पार्टनरसीप प्रोग्रामको फारम भरेपछि तपाइँ एक प्रकारले यु ट्युबसँग आबद्ध हुनुहुनेछ । त्यसपछि तपाइँले अपलोड गरेको भिडियो यु ट्युबको प्राविधिक टोलीले अनुगमन गर्नेछ । उक्त भिडियो यु ट्युबमा अपलोड भएसँगै भिडियो हेर्ने दर्शकको संख्याको आधारमा त्यसबाट हुने आम्दानीको केही हिस्सा यु ट्युबले राख्नेछ भने बाँकी हिस्सा तपाइँको खातामा हालिदिनेछ ।
कसरी कमाउने त यु ट्युबाट पैसा ? यसका लागि हेर्नुहोस् यो भिडियो

ttp://www.youtube.com/watch?feature=player_embedded&v=96sLNF432dA

अमेरिकी निर्वाचन सन् २०१२ : प्रजातन्त्रका लागि खर्च छ अर्ब अमेरिकी डलर

काठमाडौं, कात्तिक ११ - यस वर्षको अमेरिकी निर्वाचन खर्च छ अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको छ र हाल राष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीका उम्मेदवार बाराक ओबामा तथा म्यासाचुसेट्सका पूर्व गभर्नर तथा रिपब्लिकन पार्टीका उम्मेदवार मिट रोम्नीले प्रति सेकेन्ड २६.८६ अमरिकी डलर खर्च गरिरहेका देखिएको छ।

यी अनुमान र खर्च विवरण बीबीसी तथा सीएनबीसीले आफ्नो अनलाईन संस्करणमा दिएका हुन्। यस समयमा दुबै उम्मेदवार निर्वाचनसभा, ब्यानर, टेलिभिजन विज्ञापनमार्फत जनतामा पुगिरहेका छन् ।
बीबीसीले यस विषयमा अमेरिकी सङ्घीय निर्वाचन आयोगका पूर्व प्रमुख माइकल टोनरलाई प्रश्न गर्दा उनले निर्वाचन खर्चमा हाल सीमा नै नभएको बताए । अमेरिकी अर्थतन्त्र मन्दीबाट गुजि्ररहेको अवस्थामा खर्च त कटौती हुनुपर्ने हो तर टोनरको धारणामा अमेरिकी निर्वाचनमा कम खर्च हुनु आवश्यक छैन।
उनले मतदातालाई निर्वाचनमा संलग्न गराउने तथा मतदान केन्द्रसम्म पुर्या्उने जुनसुकै कुरा राम्रै भएको बताए । उनले यो अमेरिकी राजनीतिका लागि निकै राम्रो भएको, यो निकै गहन निर्वाचन भएको र यसमा निकै कुरा दाउमा लागेको उल्लेख गरे ।
निर्वाचनको दिन आउन एक साता र केही दिनमात्र बाँकी हुँदाको अवस्थामा राष्ट्रपति ओबामा तथा प्रतिद्वन्द्वी रोम्नीबीच भिन्न वैचारिक अवधारणाले अमेरिकालाई नै विभाजित गरिदिएको मेल अनलाइनमा म्याक्स ह्यास्टिङले उल्लेख गरेको छ।
यस निर्वाचनमार्फत रोम्नी सरकारी खर्च र कर कटौती गर्न, राष्ट्रपति ओबामाको स्वास्थ्यसम्बन्धी कानुन खारेज गर्न चाहन्छन् भने इरान तथा चीनसँग सङ्घर्ष गर्न चाहँदैनन् । अर्कोतिर राष्ट्रपति ओबामाले आफ्ना नीतिका कारण अर्थतन्त्रले पुनर्स्थापना भएको र बेरोजगारी घटेको दाबी गर्छन् । यस निर्वाचनमा उम्मेदबारबीच अर्थतन्त्र, विदेशनीति, महिला अधिकार, स्वास्थ्य कार्यक्रम जस्ता विषयमा फरकफरक धारणा देखिएका छन्।
नोभेम्बर ६ मा हुने निर्वाचनमा राष्ट्रपति ओबामालाई रोम्नीले कडा चुनौती दिनुहुने देखिएको छ र हालका अभिमत सर्वेक्षणहरूले यी दुई उम्मेदवारको लोकप्रियतामा भिन्नता निकै कम देखाएका छन्।
सेन्टर फर रेस्पोन्सिभ पोलिटिक्सले दिएको तथ्याङ्कअनुसार नोभेम्बर महिनाको निर्वाचनमा ५.८ अर्ब अमेरिकी डलर खर्च हुने देखिएको छ। यो सन् २००८ को तुलनामा ७ प्रतिशतले बढी हो। यस निर्वाचन खर्चमा संसदको निर्वाचनको खर्च पनि जोडिएको छ।
यस वर्ष सुपर प्याक र अन्य बाह्य समूहलाई पनि निर्वाचनमा अप्रत्यक्ष रूपमा खर्च गर्न अनुमति प्राप्त भएको छ। उनीहरूले यस निर्वाचनमा ७५ करोड अमेरिकी डलर खर्च गर्ने अनुमान गरिएको छ।
बीबीसीले यसलाई बेलायती आम निर्वाचनसँग तुलना गर्दा अमेरिकी निर्वाचन १२० गुणा महङ्गो भएको अनुमान गरेको छ।
अमेरिकामा यस्ता सङ्घीय निर्वाचनमा खर्च प्रतिव्यक्ति १८ अमेरिकी डलर हुने गरेको छ भने बेलायतमा सन् २०१० को निर्वाचनमा प्रतिव्यक्ति ८० सेन्ट खर्च भएको देखिएको छ। क्यानडामा सन् २०११ मा भएको निर्वाचनमा प्रतिव्यक्ति आठ अमेरिकी डलर बराबर खर्च भएको थियो।
यस वर्ष रिपब्लिकन पार्टीको मात्र प्राइमरी निर्वाचन भएको र सन् २००८ मा जस्तै दुबै पार्टीको प्राइमरी निर्वाचन भएको भए खर्च अझै बढ्ने धारणा रायटर्सले राखेको छ।
राजनीतिक विज्ञापन विषयमा अध्ययन गर्ने वेस्लेयन मेडिया प्रोजेक्टका माइकल फ्रान्जले अमेरिकी निर्वाचन खर्च पागलपनापूर्ण रूपमा उच्च हुन थालेपनि यस विषयलाई अर्को कुन कुरासँग तुलना गर्ने भन्ने कुराले यसको औचित्य प्रमाणित गर्ने बताए ।

उनले अमेरिकी निर्वाचन खर्चलाई अफगानिस्तानमा अमेरिकी सैनिक खर्चसँग तुलना गर्दा यो तुलनात्मक रूपमा सस्तो भएको बताए ।

माइकल टोनरको अर्को रोचक प्रतिप्रश्न थियो : 'गत वर्ष अमेरिकी जनताले 'पोट्याटो चिप' मा सात अर्ब अमेरिकी डलर खर्च गरे। के एउटा स्वतन्त्र विश्वका नेताको मूल्य पनि त्यत्ति छैन र?'
हालका वर्षमा अनलाइन अभियान निकै विस्तार भएको क्षेत्र हो। त्यहाँको खर्च भने तुलनात्मक रूपमा कमै छ। यस निर्वाचनमा टेलिभिजनमा विज्ञापन सबैभन्दा बढी खर्चको माध्यम बनेको छ। यसले निर्वाचन अभियानको करिब आधा खर्च ओगटेको छ।
बेलायतमा निर्वाचन अभियानको प्रसारण खर्च लाग्दैन र त्यहाँ यस्तो खर्च गर्न अनुमति दिइन्न। यसैले यस्तो समय पनि निकै सीमित हुनेगर्छ।
अमेरिकी निर्वाचन पछिल्लो निर्वाचनभन्दा निकै महङ्गो हुनेगर्छ र यो प्रवृत्ति दशकौँदखि निरन्तर कायम छ। डेमोक्रयासी २१ नामक समूहका प्रमुख फ्रेड वर्थाइमरले निर्वाचन खर्चसम्बन्धी कानुनमा सुधार गर्न गत चार दशकदेखि प्रयास गरेका छन् ।
उनका अनुसार यस खर्चले टेलिभिजन स्टेसनहरूको अभिरुचिलाई मात्र सहयोग गर्छ र टीभी स्टेसनहरूले निर्वाचन विज्ञापनबाट राम्रो कमाइ गरिरहेका छन्। यसले अमेरिकी जनताको अभिरुचिलाई सहयोग गर्दैन। निर्वाचनमा खर्च गर्न रुचाउने थोरै सङ्ख्याका अर्बपतिहरूले निर्वाचनको नतिजालाई प्रभावित बनाउन खोज्ने अवस्था पनि देखिएको छ।
अर्कोतिर वासिङ्टनमा निर्वाचनका लागि खर्च जुटाउने कार्य चौबीसै घण्टा, सातै दिन र वर्षभरिनै निरन्त रहने देखिएको छ र वर्थाइमरका अनुसार यसले मुलुकको अभिरुचिलाई पनि सहयोग गर्दैन।
अमेरिकामा निर्वाचन अभियानको खर्चलाई नियन्त्रण गर्ने सार्वजनिक वित्तीय प्रणाली पनि छ तर राष्ट्रपति पदका दुबै उम्मेदवारले आफूले चाहेअनुसार खर्च गर्न यस प्रणालीलाई लागू गर्न चाहेनन् ।

राष्ट्रपति ओबामाले सन् २००८ को निर्वाचनमा यस प्रणालीलाई लागू गर्नुभएन र उनले निर्वाचनको पछिल्लो साता गरेका थप खर्चले उनलाई तत्कालिन प्रतिद्वन्द्वी जोन म्याकेनविरुद्ध विजय हासिल गर्न सजिलो बनाएको विशेषज्ञहरूको धारणा छ।
यसै कारण राष्ट्रपति ओबामा तथा प्रतिद्वन्द्वी रोम्नी निरन्तर रूपमा कोष जुटाउने प्रयासमा छन् । केही विशेषज्ञले त यसले राष्ट्रपतिलाई आफ्नो कार्यालयको कामको सट्टा यस्तो कोष जुटाउने प्रयासमा लगाउनसक्ने आशङ्का गरेका छन्।
अर्कोतिर निर्वाचनका लागि खर्च हुने पैसा तथा अभियानले निकै कम प्रभाव पार्ने धारणा राख्ने विद्वानहरू पनि छन्। राजनीति शास्त्रका प्राध्यापक जेम्स क्याम्पवेल मतदाता निर्वाचन अभियानले भन्दा पनि केही प्रमुख विषयबाट प्रभावित हुने धारणा राख्नुहुन्छ। उनीहरूका अनुसार अर्थतन्त्र एक महत्वपूर्ण विषय हो।
क्याम्पवेल जस्ता विद्वानहरू मतदाताले आफ्नो पार्टीप्रतिको सद्भाव परिवर्तन गर्ने अवस्था निकै कम हुने र यस्तो सद्भाव परिवर्तन गर्ने मतसङ्ख्या दुईदेखि तीन प्रतिशत मात्र हुने धारणा राखेका छन्। यस निर्वाचनमा प्रतिस्पर्धा निकै तीब्र छ र हाल सानो अन्तरले पनि विजय वा पराजय हुनसक्ने अवस्था देखिएको छ।
अर्कोतिर एनेनबर्ग पब्लिक पोलिसी सेन्टरका निर्देशक क्याथलिन हल जेमिसनकाअनुसार विज्ञापनले कसलाई मतदिने भनी निर्णय नगरेका मतदातालाई आकर्षण गर्ने मात्र नभई आफ्ना मतदातालाई पनि परिचालन गर्ने धारणा व्यक्त गर्नुभयो। उनले कुनै उम्मेदवारले निर्वाचनमा खर्च गर्न छोडेमा उसले निर्वाचनलाई नै परित्याग गरेको देखिने दाबी गरे । रासस (स्रोत : विभिन्न समाचार संस्था तथा इन्टरनेटका सामग्री)

अस्ट्रेलियाकी प्रधानमन्त्री भारतमा चिप्लिएर लडिन्

नयाँ दिल्ली, कात्तिक १ (एजेन्सी) - भारत भ्रमणमा रहेकी अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्ड नयाँ दिल्लीको राजघाटस्थित गान्धी मेमोरियलबाट फर्कने क्रममा चिप्लिएर लड्न पुगेकी छिन्।
 स्कर्ट र हिल जुत्ता लगाएर भिजेको घाँसमा हिँडिरहेकी जुलिया चिप्लिएर अकस्मात् लडेपछि पुरुषहरुले उठाउनु परेको थियो। उनी हातले टेक्ने गरी भूँइमा लड्न पुगेकी थिइन्।

सहयोगीहरुले उठाएपछि उनी पूर्ववत् हिँडेकी थिइन्। यो घटनाका कारण उनले आफ्नो व्यस्त कार्यक्रम तालिका कुनै पनि परिवर्तन गरिनन्। तीन दिने राजकीय भ्रमणको अन्तिम दिन यो घटना भएको थियो।

उनलाई राजघाट जाँदा बुट लगाउन सुझाव दिइएको थियो। तर स्कर्टमा बुट लगाउँदा आफ्नो देश अस्ट्रेलियामा फेसन पण्डितहरुले आलोचना गर्लान् भन्ने डरले उनले हाइ हिल जुत्ता लगाएको बताएकी छिन्।

न्युयोर्क टाइम्स चीनमा ब्लक

न्युयोर्क, कात्तिक १० (एजेन्सी)- चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको सम्पत्ति बारे समाचार लेखेपछि अमेरिकी पत्रिका न्युयोर्क टाइम्सको चिनियाँ भर्सनलाई चीनमा प्रतिबन्ध गरिएको छ। अति गरिब परिवारमा जन्मिएका जियाबाओले राजनीतिक नेतृत्व सम्हालेपछि अकुत सम्पत्तिको मालिक बनेको न्युयोर्क टाइम्सले लेखेको थियो।

न्युयोर्क टाइम्सका अनुसार जियाबाओ र उनका नातेदारहरुसँग अहिले २ अर्ब ७० करोड अमेरिकी डलरको पूँजी छ। जियाबाओकी आमा उत्तरी चीनको एक विद्यालयमा शिक्षक थिइन् भने माओको राजनीतिक क्रान्तिमा सामेल पिता सुँगुर पाल्ने गर्थे।

जियाबाओसँगै उनका नजिकका आफन्तहरु समेत अप्रत्यासित रुपमा धनी बनेको पत्रिकाले जनाएको छ। 'कुनै बेलाकी विद्यालय शिक्षाक वेनकी ९० वर्षीया आमा याङ जुयानसँग पाँच वर्ष पहिले १ सय २० मिलियन अमेरिकी डलरको पूँजी थियो', पत्रिकाले लेखेको छ। चिनियाँ कम्युनिष्ट पार्टीभित्र लोकप्रिय रहेका वेनलाई पत्रिकाको अनुसन्धानले गम्भीर धक्का पुर्‍याइदिएको छ।

पत्रिकाले भने प्रधानमन्त्री वेनले पदमा रहँदा कमसेकम ३ अरब डलरको सम्पत्ति आर्जन गरेको यथेष्ट प्रमाण आफूसँग भएको दाबी गरेको छ। वेनको शासनकालमा उनकी आमा, छोरा तथा भाइले समेत अकुत आर्जन गरेको पत्रिकाले उल्लेख गरेको छ।

गत वर्ष जियाबाओ आफैँले आफ्नो बाल्यकाल अत्यन्तै गरिबीमा बितेको उल्लेख गरेका थिए। पत्रिकाले लिखित प्रमाण सार्वजनिक गर्दै प्रश्न उठाएको छ- 'जियाबाओ परिवारले कसरी यति छिटै अकुत सम्पत्ति कमायो ?'

अनुसन्धानमूलक खबर प्रकाशित भए लगत्तै यस बारे माइक्रो ब्लगिङ साइटहरुमा अन्तरक्रिया सुरु भएको थियो। तर त्यस्ता अन्तरक्रिया गर्ने साइटमाथि नै चीनले प्रतिबन्ध लगाएको पत्रिकाले उल्लेख गरेको छ।

यसअघि चिनियाँ नेताहरुको कसरी मल्टिमिलेनियर बन्दैछन् भन्ने रिपोर्ट प्रकाशित गरेपछि ब्लुम्बर्गको वेबसाइट पनि चीनले ब्लक गरेको थियो।

सुताइले झल्कन्छ व्यक्तित्व

काठमाडौ, कार्तिक ११ - सुत्ने तरिकाले तपाईंको व्यक्तित्व बताउँछ भन्दा अनौठो लाग्न सक्छ । तर ब्रिटेनका बडी लैग्वेज विशेषज्ञ रोवर्ट फिप्सले गरेको एउटा सर्वेक्षणपछि यस्तो दाबी गरेका हुन् ।
फिप्सले सर्वेक्षणपछि सुत्ने चारवटा सामान्य तरिका पत्ता लगाएका थिए । उनका अनुसार सबैभन्दा सामान्य तरिका भ्रुण जस्तो गोलो भएर सुत्नु हो । सर्वेक्षण अनुसार बि्रटेनमा करिब ५८ प्रतिशत व्यक्ति भ्रुण जस्तै गोलो भएर सुत्छन् । जसमा घुँडा माथितिर उठेको हुन्छ र टाउको तल झुकेको हुन्छ । अध्ययनकर्ताका अनुसार बढी चिन्ता गर्नेहरू यसरी सुत्ने गर्छन् । अध्यनकर्ताका अनुसार हामी जति बढी मोडिन्छौं, गोलो हुन्छौं, हामीलाई आराम गर्ने त्यति नै बढी चाहना हुन्छ । सर्वेक्षणले बि्रटेनमा करिब २८ प्रतिशत व्यक्ति कोल्टो फेरेर सीधा सुत्न चाहन्छन् । यसरी सुत्नुले व्यक्ति अड्डी कस्ने, जिद्दी स्वभावको जनाउँछ ।
यस्तै, करिब २५ प्रतिशत आफ्नो हातलाई अगाडि फैलाएर सुत्छन् । यस्तो व्यक्ति आफ्नो सबैभन्दा बढी आलोचक हुन्छन् र सधैं आफूबाट बढी राम्रो परिणामको चाहना राख्छन् । उनीहरू अझ बढी चुनौतीको सामना गर्ने विचारसँगै बिहान उठ्छन् ।
केही व्यक्ति दुवै हातलाई फैलाएर सुत्छन् भने यस्ता व्यक्तिको जीवनमा उसको नियन्त्रण थोरै मात्र रहन्छ ।
गर्भावस्थामा उत्तानो सुत्नु खतरनाक गर्भावस्थामा पिँठियूको सहाराले उत्तानो सुत्ने महिलामा मृत शिशु जन्माउने खतरा ६ गुणाभन्दा बढी हुने एक अध्ययनले बताएको छ । यसरी सुत्दा मुख्यतः खुट्टादेखि मुटुसम्म प्रवाहित हुने रक्तसञ्चार प्रभावित हुन्छ । अध्ययन अनुसार यस्तो प्रकारले सुत्दा गर्भमा रहेको शिशुसम्म रक्तसञ्चार हुन पाउँदैन । सिड्नी स्टिल वर्थ स्टडी अन्तर्गत करिब दुई सय ९५ गर्भवती महिलामा गरिएको अवलोकनपछि उक्त तथ्य पत्ता लागेको हो ।

Sunday, October 28, 2012

बालबालिका एवं किशोरकिशोरी सम्बन्धी सर्वेक्षेण

 
लन्डन (बीबीसी), कार्तिक १२ - बालबालिका एवं किशोरकिशोरीले अचेल पोर्न (अश्लील) वेबसाइट हेर्नु सामान्य भएको छ । यसले गर्ने अनेक खाले नोक्सानीमा सबभन्दा ठूलो यौनबारे विकृत दृष्टिकोण उत्पन्न गर्नु हो । हुर्किंदै गरेका बालबालिकाको आमाबुवाका लागि यो समस्या टाउको दुखाइ बनेको छ । कसरी, कति र कहिले बच्चामाथि रोक लगाउनेबारेमा अभिभावक अन्योलग्रस्त हुने गरेका छन् । अहिले कम उमेरकासँग कम्प्युटर, ल्यापटप, इन्टरनेट कनेक्सन र स्मार्टफोन उपलब्ध रहेकोले यसको असर पर्नु स्वाभाविक हो । कति बच्चाले इन्टरनेटमा पोर्न हेर्ने गरेको सम्बन्धमा यकिन तथ्यांक नभएकाले यसले पार्ने असरबारे भन्न सकिने स्थिति पनि छैन । सन् २०११ मा युरोपमा गरिएको सर्वेक्षणमा ९ देखि १६ वर्ष उमेर समूहका एक तिहाइ बालबालिकाले पोर्न हेरेको स्विकारेका थिए । तर, उनीहरूमध्ये ११ प्रतिशतले मात्र वेबसाइटमा अश्लील चित्र वा सामग्री इन्टरनेटमा हेरेका थिए । 'यू गाँव' द्वारा गरिएको अध्ययनमा १६ देखि १८ वर्ष उमेर समूहमा एक तिहाइ बालबालिकाले मोबाइल फोनमा पोर्न हेरेका थिए । दीर्घकालीन कदम स्वरूप बेलायतको 'नेसनल एसोसिएसन अफ हेड टिचर्स' ले मुलुकको पाठयक्रममा पोर्नोग्राफीको असरलाई सामेल गर्न चाहेको छ । दस वर्षको उमेरदेखि सेक्ससम्बन्धी सकारात्मक जानकारी दिनलाई उसले यो सोच ल्याएको हो । बालबालिकालाई यस अनुरूप असुरक्षित र विकृत सेक्सको पहिचान गर्न एवं यसबारे जानकारी दिइने छ । उच्च कक्षाको हितमा पाठयक्रमलाई अझैं विस्तार गर्नुपर्ने उसले सुझाव दिएको छ । 'अचेलका बालबालिका यस्तो संसारका बासिन्दा भएका छन्, जहाँ सेक्स एक खुला विषय भएको छ,' सेक्स शिक्षा सम्बन्धी कानुन बनाउने सियोन हयमफ्रेज भन्छन्, 'यस्तोमा उनीहरूलाई कुन स्थितिमा कस्तो व्यवहार गर्नेबारे जानकारी दिनु एकदमै जरुरी भएको छ ।' उनीहरूले अहिले गर्ने व्यवहारमा भविष्य आधारित हुने मुख्य मुद्दा विज्ञहरूले उठाएका छन् । विज्ञको अनुसार बालबालिकालाई सामान्य वा वास्तविक सेक्स जीवनका लागि पोर्नोग्राफी आवश्यक नभएको बुझाउनु जरुरी छ । नचाँहदा नचाहँदै पनि किशोरकिशोरी मित्रजनको दबाब र लहैलहैमा गलत व्यवहारमा लाग्ने गरेको सर्वेक्षणमा भनिएको छ । पोर्नोग्राफीमा निरन्तर देखाइने दृश्यलाई उनीहरूले जिज्ञासावश ठीक मानेर व्यवहारमा उतार्न खोज्छन् । बेलायतको 'प्लिमाउथ युनिभर्सिटी' र  ' सेफर इन्टरनेट सेन्टर' द्वारा १६ देखि २४ वर्षको युवामा गरिएको सर्वेक्षणमा एक तिहाइले पोर्नले जीवनले आपसी सम्बन्धमा असर पारेको बताएका छन् । बेलायतको चाइल्ड लाइन संस्थाको अनुसार यौनक्रिया सम्बन्धित तस्बिर हेरेपछि आउने डिस्टे्रस्ड काल्स (चिन्तित भएर फोन गर्ने) मा ३४ प्रतिशत वृद्धि भएको छ । तर, तीमध्ये कुनै पनि निष्कर्षलाई अन्तिम मान्न सकिन्न । करिब ७ हजार छात्रलाई सेक्स शिक्षा दिने संस्था 'फयामिली लाइभ्स' की लियोनी होजले समेत बच्चालाई सेक्स र पोर्नबीचको भेदबारे ज्ञान दिनु आवश्य भएको बताएकी छन् । '९० प्रतिशत बालबालिकाको हातमा स्मार्ट फोन उपलब्ध भएको बेला एक शिशुको जन्म कसरी हुन्छ भन्नेबारे भन्नु जरुरी छैन,' उनी भन्छिन्, 'सही र गलत प्रक्रियाबारे चाहिँ ज्ञान चाहिन्छ ।' निकै कम उमरेका बालबालिकाबीच पोर्नोग्राफी उपलब्ध रहेकोले उनीहरूले यसको सशक्त भएर सामना गर्न नसक्ने सोच राख्नु गलत हुने उक्त संस्थाले जनाएको छ । यो संस्थ्ााले विभिन्न खाले प्रयोगको माध्यमबाट अश्लील तस्बिर वा प्रस्ताव आएमा अस्वीकार गर्ने तरिका सिकाउँछ । यौन शिक्षा दिनुका साथै अभिभावकले सन्तानसँग यो विषयमा खुलेर छलफल गर्नु पनि उत्तिकै आवश्यक भएको छ । छोराछोरीले इन्टरनेटमा पोर्न वेबसाइट खोलेको देखेपछि थुप्रै अभिभावक हैरान हुने गर्छन् । तर, राम्रो, नराम्रो र लाजको घुम्टो नओढी छोराछोरीलाई यसबारे सचेत गराउनेतर्फ पहल गर्नु आमाबुबाको कर्तव्य भएको विज्ञहरू सल्लाह दिन्छन् । धेरैजसो परिवारमा यसबारे गफ गर्नु परम्पराविरोधी भएकोले समस्या झनै बढेको छ । यस्तो स्थितिमा विद्यालय र अभिभावक मिलेर बच्चालाई जानकारी दिनु ठीक हुने उनीहरू बताउँछन् । बेलायत सरकारले सन् २०११ म्ा बालबालिकालाई अश्लील सामग्री र गतिविधिबाट जोगाउन अभिभावकको कर्तव्यसम्बन्धी नीति जारी गरिसकेको छ ।

टाउको दुखाइका कारणहरू

माइग्रेन हुने केही सामान्य कारण

-प्राकृतिक वा हार्मोनल परिवर्तन भएमा, जुन मुख्य रूपमा महिलाहरूमा हुन्छ
-बियर, रेड वाइन, पुरानो पनिर, दूध र दुग्ध उत्पादन, चकलेट, कैफिनको बढी प्रयोग
-मोनो सोडियम ग्लुटामेट अर्थात् अजिनोमोटो, पुरानो अचार, गुन्द्रक जस्ता खाद्यपदार्थको धेरै उपयोग
-तनाव, बेचैनी र संवेदनात्मक उत्तेजना अर्थात् तीव्र प्रकाश, कडा घाम, तेज आवाज, सुगन्ध, दुर्गन्ध अर्थात् पेन्ट, थिनर, धूवाँ
-सुत्ने-जाग्ने क्रममा अवरोध अर्थात् राम्ररी सुत्न नपाउनु, बढी सुत्नु, सुत्ने समयमा परिवर्तन हुनु
-मौसम परिवर्तनसँगै केही औषधिले समेत माइग्रन उत्पन्न गर्न सक्छ  
-शारीरिक थकान वा अत्यधिक परिश्रम जस्तो शारीरिक कारणले समेत माइग्रेन सुरु हुन सक्छ

पैसा ।। पैसा ।। पैसा ।। के को पैसा ।। छैन पैसा, सैसा ल लिउ डलर ।।

कम्प्युटर समस्या र समाधान

.

हाम्रो कम्प्युटरमा प्राय जसो आई पर्ने समस्याहरु बारे केही चर्चा र त्यो समस्याहरु समाधान गर्ने उपाय बारे केही लेखन गई रहेको छु , आशा छ तपाईंहरुलाई यो अबस्य पनि लाभदायक हुनेछ ।
↓↓↓↓↓↓↓↓↓↓↓↓↓↓↓
↓↓↓↓↓↓↓↓↓↓↓
१. Hidden फाइल नदेखिनु
कहिले काँही कुनै Virus वा द्वेषपूर्ण Script हरुको कारण तपाईंले Hidden Mode मा राख्नु भएको फाइल वा फोल्डर तपाईंले पछि " Show Hidden file and folder " ( Tools > Folder Options > View Menu > Hidden files and folders ) गर्दा पनि नदेखिन सक्छ । शायद तपाईंहरुले पनि यो समस्या भोग्नु भएको नै होला ।
यो समस्या समाधान गर्न
Start > Run Regedit टाईप गरेर Enter गर्नुस् ।
त्यसपछि यो location सम्म जानुस् HKEY_LOCAL_MACH INE\SOFTWARE\Mi crosoft\Windows \CurrentVersion \Explorer\Advan ced\Folder\Hidd en\SHOWALL
CheckedValue कि मा Double क्लिक गर्नुस्
र त्यहाँ Value Data लाई 1 राखिदिनुस् ।
बस तपाईंको काम सकियो ।
↓↓↓↓↓↓↓↓↓↓↓↓↓↓↓
↓↓↓↓↓↓↓↓↓↓↓
२. Drive लाई डबल क्लिक गर्दा New Window मा खोलिनु
१कहिले काहिँ तपाईंले कुनै Drive लाई Double क्लिक गरेर खोल्न खोज्दा उक्त Drive त्यही window मा नखुलेर Automatically अर्कै Window मा खोलिन्छ । हामीलाई थाहा छ यो अबस्य पनि राम्रो लक्षण होइन किन भने उक्त Drive normal mode मा same window मा खोलिनु पर्थ्यो । यदी तपाईंले File मेनु को Tools मा गएर Folder Option लाई change गर्नु भएको भए अर्कै कुरा ..
किन Drive नयाँ window मा खोलिन्छ त? यहाँ अबस्य पनि Virus अथवा अरु कुनैसमस्या आएर नै हो
यसलाई समाधान गर्ने तरिका
पहिलो उपाय : १ Start > Run > र यहाँ regsvr32 /i shell32.dll टाईप गर्नुस्
ok गर्नुस् ।
तपाईंले यो message पाउनु हुन्छ
DllRegisterServ er and DllInstall in shell32.dll succeeded
बस तपाईंको समस्या अब समाधान भयो
दोस्रो उपाय :
Start > Run > Regedit टाईप गर्नुस् र ओके गर्नुस् ।
अब HKEY_CLASSES_RO OT/Directory/ Shell मा जानुस्
Default key लाई double क्लिक गर्नुस् र त्यहा none टाईप गर्नुस्
अब HKEY_CLASSES_RO OT/Drive/Shell मा जानुस्
Default key लाई double क्लिक गर्नुस् र त्यहा none टाईप गर्नुस्
ok गर्नुस् ।
तेस्रो उपाय :
यदी तपाईं regedit option चलाऊन चाहनु हुन्न भने यो उपाय गर्न सक्नु हुन्छ
Start > Run > र यो टाईप गर्नुस् reg add hkcr\drive\shel l /ve /d none /f
ok गर्नुस् ।
आशा छ यि तीन उपाय तपाईंको लागि समाधान हुन सक्छ ।
↓↓↓↓↓↓↓↓↓↓↓↓↓↓↓
↓↓↓↓↓↓↓↓↓↓↓
३. आफ्नो कम्प्युटरलाई Virus हरुबाट Autorun Disable गरेर जोगाउने तरिका
धेरै Virus हरु कम्प्युटरमा सर्ने कारण तपाईंको कम्प्युटरमा कुनै CD वाpendrive राख्ने बित्तिकै Autorun हुनाले हो र यो Autoplay enable window को difault set भएर पनि हो
Autorun लाई Disable गर्ने तरिका :
Start > Run > regedit टाईप गर्नुस् र ओके
अब HKEY_CURRENT_US ER\Software\ Microsoft\Windo ws\CurrentVersi on\Policies\Exp lorerमा जानुस्
NoDriveAutorun मा double क्लिकगर्नुस् र Hexadecimal मा Value"FF" वा Decimal मा Value 255 टाईप गर्नुस् ।
Note: यदी त्यहाँ NoDriveAutorun भन्ने कि छैन भने दाँया तिर right क्लिक गरेर new dword value मा क्लिक गरेर NoDriveAutorun टाईप गरेर Enter गर्नुस्
Registry window लाई exit गर्नुस्र कम्प्युटर लाई restart गर्नुस
यो तरिका बाट तपाईंले Autorun लाई Disable गरेर Virus infected USB pendrive वा CD लाई Autorun हुन बाटरोक्न सक्नु हुन्छ र autorun.inf virus लाई Run हुन बाट जोगाउन सक्नु हुन्छ ।
↓↓↓↓↓↓↓↓↓↓↓↓↓↓↓
↓↓↓↓↓↓↓↓↓↓↓
४. "Show Desktop" Icon लाई कसरी Restore गर्ने ?
कहिले काहीँ गल्तीले तपाईंले"ShowDesktop" Icon लाई shift+Delete गर्नु भयो यो सोचेर कि यो मात्र Shortcut हो । तर वास्तवमा त्यो नै orginal icon रहेछ भने के गर्नु हुन्छ ?
ShowDesktop Icon अरु Icon हरु भन्दा फरक हुन्छ र सामान्यतया यो Icon लाई फेरी Restore गर्न सकिदैन ।यस्तो अवस्थामा तपाईंले यो तरिका अपनाउन सक्नु हुन्छ ।
Notepad लाई खोल्नुस् र तल लेखिएको code लाई कपि गरेर paste गर्नुस्
[Shell]
Command=2
IconFile=explor er.exe,3
[Taskbar]
Command=ToggleD esktop
अब फाइलको नाम ShowDesktop.scf राखी यो location मा लगेर save गरिदिनुस् ..
C:\Document and Settings\Userna me\Application Data\Microsoft\ Internet Explorer\Quick Launch
कम्प्युटरलाई restart गर्नुस् ।