Thursday, November 8, 2012

सास गन्हाउने समस्याको समाधान


सास गन्हाउने समस्यालाई औषधी विज्ञानको भाषामा ‘ह्यालिटोसिस’भनिन्छ । यो समस्या खास गरी दाँत र गिजा सम्बन्धि समस्याबाट हुन्छ भने कतिपय अवस्थामा अन्य रोगहरु तथा खाने कुराबाट पनि हुन्छ । अस्वस्थ खाने कुराले पनि सास गन्हाउने समस्यालाई बढाउँछ । सास गन्हाउने समस्या आफैमा समस्या नभए पनि यसले सँगै बस्ने अरुलाई अप्ठ्यारोमा पार्न सक्छ जसले गर्दा हाम्रो सम्बन्ध बिग्रन सक्छ । खास गरी प्याज तथा लसुन धेरै खानाले यी खाने कुरामा भएका तत्वहरु हाम्रो फोक्सोमा पुग्दछ र जब हामी सास फेर्छौँ त्यसमा भएको गन्ध पनि सँगै निस्कन्छ । त्यस्तै गरी खानामा भएका सुक्ष्म भागहरु हाम्रो मुखमा अड्केर बसेको हुन्छ र ती भागहरुमा ब्याक्टेरिया प्रवेश गरी गन्हाउने  सास निस्कन थाल्दछ । त्यस्तै गरी पेटमा भएको गढबढीले पनि सास गन्हाउन सक्छ । विरलै हुने तर कसै कसैमा मुख सुख्खा हुने कारणले पनि सास गन्हाउन सक्छ । 
उपचार :=>
सास गन्हाउने समस्या ठूलो नभए पनि यसले व्यक्तिगत जीवनमा प्रभाव पार्ने भएकोले व्यक्तिगत तवरबाटै समाधान गर्नु पर्छ । निम्न विधिहरु अपनाएर सास गन्हाउने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
१) प्रत्येक चोटि खाना खाएपछि दाँत माझ्ने र कुल्ला गर्ने ।
२) दाँत सँगसँगै जिब्रोलाई पनि सफा गर्ने ।
३) गिजा पाक्ने तथा गिजाबाट रगत आउने
समस्या छ भने तुरुन्तै डाक्टरलाई देखाउने ।
४) मुख सुख्खा हुने समस्या भएको व्यक्तिले चिनी रहित चुइङ्गम चपाउने । यसले गर्दा मुखमा प्रशस्त मात्रामा थुक आउँदछ र मुखलाई सफा बनाउन मद्दत गर्दछ ।
५) त्यस्तै गरी मुख सुख्खा भएको व्यक्तिले प्रशस्त पानी पिउने । सफा पानीलाई २० सेकेन्ड जस्तो मुखमा राखेर कुल्ला गर्ने ।
६) अल्कोहल मिसिएको मिन्ट र माउठ वासको प्रयोग नगर्ने ।
७) गाजर तथा गाजर जस्तै अन्य सब्जीको सेवन गर्ने ।
८) लसुन तथा प्याजको कम प्रयोग गर्ने ।
९) धुम्रपान तथा मध्यपान नगर्ने ।
१०) क्लोरोफिल बढी भएको सब्जीहरु बढी खाने ।
११) चियामा पेपर मिन्टको केहि थोपा राखेर सेवन गर्ने ।
१२) बेकिङ सोडाको प्रयोग गर्ने ।

No comments:

Post a Comment