Tuesday, October 30, 2012

थ्रिडी कामसूत्रमा शेरलिन

मुम्बई, कात्तिक १४ (एजेन्सी)- प्लेब्वाय म्यागेजिनका लागि नग्न तस्बिर खिचाएर चर्चामा आएकी अभिनेत्री शेरलिन चोपडाले रुपेश पावलको 'कामसूत्र थ्रिडी'मा अभिनय गर्ने भएकी छन्। गएको कान्स फिल्म फेस्टिभलमा घोषणा गरिएको 'कामसूत्र थ्रिडी'को प्रिमियर आउँदो वर्षको कान्स फेस्टिभलमै गरिने योजना छ। फिल्मका लागि थप कलाकार छनोट गर्ने कार्य बाँकी नै छ। तैपनि बलिउडका चिरपरिचित दुई अभिनेतालाई यसमा मुख्य भूमिका दिइने सम्भावना छ।

३० नाघेका निर्देशक रुपेशले भने, 'भारतीय फिल्मले सन् २०१३ मा सय वर्ष पूरा गर्दैछ र कामसूत्र जस्तो फिल्म त्यही वर्ष रिलिज हुनु राम्रो कुरा हो, फिल्मलाई विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा लगिनेछ।'
कामसूत्रमाथि यो दोस्रो भारतीय फिल्म हो। यसअघि १९९६ मा मिरा नायरले इन्दिरा वर्मा, सरिता चौधरी र रेखालाई लिएर 'कामसूत्रः अ टेल फ लभ' बनाएकी थिइन्।

No comments:

Post a Comment