Friday, October 19, 2012

हास्नी हो की एकफेर

प्रहरीको लवलेटर 
मेरो हृदयकी नाइटभिजन, लङ्गरेन्जको भन्दा लामो तथा बंकरभन्दा गहिरो माया
आत्माकी सेन्ट्री, सेक्यरिटीवाल भन्दा मजबुत प्यार । मेरो दिमागकी एम्बुस, ब्ल्यांकफायर
 भन्दा धेरै क्लियर संझना । प्यारी, मेरो सानो मिसफायरमा तिमी मेरो घेरा तोडेर माइत गयौं
मेरो मनमा र्कफ्यु लागेको छ । तुरुन्त आत्मसर्मपण गरिदेउ, हैन भने, हातहतियार सहित माइतमा आक्रमण हुनेछ !! 
उहि तिमीलाई सधैँ सुरक्षा दिने 
हवल्दार 'काले'
· उप प्रधानमन्त्रीको वेट
·         कमरेड केपी गोली मलेसिया जाने क्रममा सिंगापुर अन्ताराष्ट्रिय एयरपोर्टमा पुगे ।
भिआइपी गेटबाट बाहिर निस्कने क्रममा चेकजाँच नगरीकन खुरुखुर हिडेको देखेर सेक्युरिटी हाकिमले रोकिन आदेश दिँदै भन्योः
सेक्युरिटीः एक्सक्यूजमी सर, वेट !
केपीजीले फनक्क फर्किएर हेरे र भनेः  सिक्टी किलो ।
·         तिरिमिरी झ्याँई
·         प्रश्नः :   प्रकृतिले दिनका साथै रात किन बनाएको होला ?उत्तरः:     चोर डाकाहरुको पनि जिबिका चलोस् भनेर ! प्रश्नः :     हाम्रो देशमा किन एउटा पनि ठूलो मान्छे जन्मिन सकेन उत्तरः:    संसारमै यस्तो हो, जन्मिँदा सबै बच्चा नै जन्मिन्छन् !
प्रश्नः:    मिरोजजी, तपाईँको खास नाम चाहीँ  के होउत्तर :     मेरो खास नाम 'केहैन, मनोज हो !     प्रश्नः  :    मैले तपाइँलाई चिनिहालेँ नि !
 
उत्तर :   चिनि नहाल्नोस्, मलाई सुगरको समस्या छ, बरु नुन हालिदिनुस्  !! 
·         चोर प्रहरी 
·         शहरको नामुद चोरलाई पक्डिएर चौकीमा पुर्याईयो  इन्सपेक्टरः  किन यस्तो नराम्रो काममा लागिस् तँ चोरः यो सबै हजुर र हजुरका छोराछोरीका लागी मात्रै गरेको हुँ हजुर ।
(
एक झापट लगाएपछि) । इन्सपेक्टरः के भनिस् रे चोरः  यदी हामीले चोरी गर्न छोड्यौँभने सरकारले हजुरहरुलाई के कामका लागी जागीरमा राख्छ त ?
·         चाउचाउ मूलुक नेपाल
·         श्रीमतीः हैन, छोरोको एड्मिसन गराउनु पर्ने बेला भएनश्रीमानः चाउचाउ खाउ, स्कलरसिप पाई हालिन्छ रे नि ! श्रीमतीः मान्छेका श्रीमती उहाँ हिराको हार लगाएर हिड्छन्, आफ्नो भने.....। श्रीमतीः चाउचाउ खाउ, त्यो पनि पाइन्छ रे !
श्रीमतीः खै पैसा दिनोस्, चाउचाउ किनेर ल्याउँछु । श्रीमानः ल, त्यो पनि चाउचाउ खाउ न, नगद नोट पाइन्छ रे !श्रीमतीः कति जिस्किएको ? हे भगवान, मैलाई यस्तो लोग्ने किन परेको होलारे !
श्रीमानः चाउचाउ खाउ, ,  नयाँ लोग्ने पनि त्यसैमा पाइन्छ कि !!!!
·         हसियाभन्दा सिधा
·         पुर्ने (लठेब्रो) छोरो पाएको १५ दिनमा बिदेश गयो
पाँच बर्षपछि घर फर्किएर घरभित्र पस्नासाथ श्रीमती अर्धनग्न अवस्थामा रोइरहेकी थिइन् ।
पुर्नेः       के भो कोपिला ?कोपिलाः   मलाई हार्ट एट्याक भयो, ऐया......। पुर्ने हत्तपत्त घरको तल्लो कोठामा झरेर एम्बुलेन्समा फोन गर्नमात्र के लागेको हुन्छ,
 
५ बर्षको उनको छोरो मन्जिल आएर भन्योः
मञ्जिलः  बाबा बाबा, सपन अंकल पल्लो कोठमा लुकेर कपडा लगाउँदै हुनुहुन्छ । उ फोन भुइँमा राखेर दौडदै श्रीमती भए ठाउँपुग्यो, हेर्यो र अर्को कोठामा पुग्योनभन्दै त्यहाँ उसैको मित्र सपनपनि अर्धनग्न अवस्थामा कोठामा यताउता घुम्दै थियो । पुर्नेः    (राता राता आँखा पार्दै) साले, तँ कस्तो साथी होस् यार ! उता मेरो श्रीमतीलाई
         
हर्ट एट्याक भइरहेको छ । तँ भने, केटाकेटी जस्तो कोठामा नांगै खेलेर बसेको
         
छस्....  जा....एम्बुलेन्स बोलाएर लिएर आइज !

No comments:

Post a Comment