Friday, October 19, 2012

आज आफैँसँग जुध्दै आर्यन

लागुपदार्थ दुर्व्यसनीमाथि बनेको 'धुँवा यो नशा'मा निशा अधिकारीले आर्यनलाई साथ दिएकी छन्। सरल प्रेमकथा रहेको 'के म तिम्रो साथी बन्न सक्छु'मा चाहिँ आर्यनको जोडी नयाँ कलाकार दीप्ति गिरी बनेकी छन्। आर्यनले खेलेको फिल्म रिलिज हुन लागेको यो धेरै समयपछि हो।

निर्देशक शिव रेग्मीले निकै मिहेनत र आशा लिएर बनाएको 'सो सिम्पल' पनि उपत्यका बाहिरका हलमा शुक्रबार नै रिलिज हुने भएको छ। यसै फिल्मबाट उनले आफ्नी छोरी भावनालाई फिल्म क्षेत्रमा प्रवेश गराएका छन्। टिनेजर लभमा आधारित फिल्ममा प्रमोद भारद्वाज, राजवल्लभ कोइराला र अशोक शर्मा लगायतले अभिनय गरेका छन्। एक्सन कमेडी 'लुट कम्पनी' पनि नेपालभर रिलिज हुँदैछ। सुरज चन्दले निर्देशन गरेको यो फिल्ममा निश्चल बस्नेतको 'लुट'कै झझल्को आउँछ।

No comments:

Post a Comment