Friday, October 19, 2012

जँड्याहाको पिसाबले टाउको स्नान


अमेरिकाको ओहियो स्थित क्लेभेल्याण्डमा एक जना पुरुषले जँड्याहाहरुको पिसाबले भरिएको बाल्टिनमा टाउको डुबाएर साढे ४ सय डलर इनाम जितेका छन् ।
क्लेभेल्याण्डमा एक जाँड पार्टी पछि भएको फन्नी खेलका बेला उनले बाजी ठोकेर पिसाबको बाल्टीमा सहजै टाउको डुबाए ।
त्यहाँ उपस्थित कतिपयले उनलाई त्यसो नगर्न आग्रह गर्दै कराइरहेका थिए, तर उनले पिसाबमा टाउको डुबाइहाले । स्मरण रहोस् सोही पार्टीमा आएका जँड्याहाहरुले पिसाब गरी उक्त बाल्टिन भरेका थिए ।

No comments:

Post a Comment