Thursday, October 18, 2012

गर्भावस्थामा चिल्लो ले हानी

गर्भावस्थामा अधिक चिल्लोले हानि

गर्भावस्थामा चिल्लो आहारा अधिक खाएकी महिलाले छोरी र छोरातर्फको नातिनीलाई स्तन क्यान्सरको खतरा हुने एक अनुसन्धानको नतिजामा उल्लेख गरिएको छ । जर्जटाउन विश्वविद्यालयका विशेषज्ञहरुले मुसामा अधिक चिल्लो आहारा वा हर्मोन एस्ट्रोजिन्सको आधिक्यताले मुसाको भावी पुस्ता (पोथी) मा स्तन क्यान्सरको खतरा बढ्ने सिद्ध गरेको छ । नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित यस अनुसन्धानको विवरणमा जनाइएअनुसार गर्भावस्थामा आमाले खाने आहाराबाट वशांणुमा आउने परिवर्तनले भावी महिलामा सन्ततिमा स्तन क्यान्सर हुने सम्भावना देखिएको छ । गर्भवतीको खाने बानीले भ्रुणको विकासमा मात्र होइन, भ्रुणको कोषहरुमा समेत प्रभाव पर्ने गर्छ । एस्ट्रोजिन बढाउने आहाराले स्तनका तन्तुहरुमा असर पारेर जीवनको उत्तराद्र्धमा महिलालाई क्यान्सरप्रति संवेदनशील बनाउने वैज्ञानिकको भनाइ छ । वैज्ञानिकको विश्वास छ, अधिक चिल्लो खाने गरेमा गर्भमा रहेको बच्चामा वंशाणु परिवर्तन आउनसक्छ ।

No comments:

Post a Comment