Friday, October 19, 2012

बजारका स्मार्ट

काठमाडौं, आश्विन १२ - नेपाली बजारमा मोटोरोलाका मोबाइल सेट आधिकारिक रुपमा भित्रँदैनन् । कारण गत वर्ष गुगलले किनेपछि कम्पनीको पुनर्संरचना गर्दैछ । तीव्र प्रतिस्पर्धाको तयारीमा रहेका उनीहरु सानो बजारमा आएका छैनन् । गुगलको अपरेटिङ सिस्टम र मोबाइल प्रविधि भित्र्याउने मोटोरोलाको हार्डवेयरबाट आउने स्मार्टफोन कस्तो हुन्छ हेर्न बाँकी छ । नेपालमा आधिकारिक रुपमा बिक्री गर्न छाडेकाले मोटोरोलाको खुबै चर्चा पाएको 'मोटोरोला रेजर' पनि हाम्रोमा पाइँदैन । आइफोनले हालै सार्वजनिक गरेको आइफोन फाइभ पनि नेपाली बजारमा तत्काल जम्ने सम्भावना छैन । यसमा लाग्ने सिम नेपालमा छैन । अर्कोतिर यसलाई आधिकारिक रुपमा भित्र्याउने प्रबन्ध पनि गरिएको छैन । तर नेपाली बजारमा स्मार्टफोनको हल्ला खुबै छ । स्मार्टफोनका प्रयोगकर्ता लगातार बढिरहेको तथ्यांकले देखाउँछ । ग्राहकको मागअनुसारको सुविधा र शुल्कका सेट बजारमा आएको बिक्री बढिरहेको हो । नयाँ मोडल निरन्तर आइरहेका छन् । लाग्छ, प्रत्येक दिन एकभन्दा धेरै मोडल बजारमा सार्वजनिक हुन्छन् । तर चर्चा कमले पाउँछन् । यहाँ हामीले विश्व बजारमा चर्चा पाएको केही स्मार्टफोन प्रस्तुत गर्दैछौं । जुन नेपाली बजारमा उपलब्ध छन् र हुने क्रममा छन् । अनि यी अलि महँगा र धेरै सुविधा भएका सेट हुन् ।

नोकिया लुमिया ९२० माइक्रोसफ्टको विन्डोज फोन ८ अपरेटिङ स्टिम भएको यो सेटले नोकियालाई स्मार्टफोन बजारमा केही चिनाउने आशा गरिएको छ । केही वर्ष अगाडिसम्म मोबाइल बजारको नेता नोकिया स्मार्टफोनको प्रतिस्पर्धामा पछारिएको थियो । यही महिनाको सुरुमा कम्पनीले यो सेट ल्याउने घोषणा गरेको थियो । यसअघि पनि समयमै आफ्ना स्मार्टफोन नेपालमा नल्याएको नोकियाले नेपाली फन्ट सहजै चल्न बनाएर मात्र ल्याउने बताउँदै आएको छ । तर विकसित मुलुकमा सार्वजनिक भएको लामो समयपछि पनि कम्पनीले नेपालमा धेरै स्मार्टफोन ल्याउन सकेको छैन । नेपालमा कहिले आउने निश्चित नभए पनि यस सेटको विशेषता र डिजाइन अरूभन्दा भिन्दै छ । त्यसैले यसलाई एप्पल आई फाइभको प्रतिस्पर्धीका रूपमा हेरिएको छ । र, नोकियाको पहिलेको सान फेरि माथि उठाउने खुड्किलाका रूपमा पनि । वायरलेस चार्जर भएको यो सेट सन् २०१२ को अन्त्यमा सार्वजनिक हुने अनुमान गरिएको छ । यसमा फोरजी नेटवर्क चल्छ । विभिन्न रंगको घेरा र चारपाटे आकार भएको यसको तौल १ सय ६० ग्राम छ । ४ दशमलव ५ इन्चको टच स्त्रिmन छ । यसमा ८ जीबीको स्टोरेज र १ जीबीको र्‍याम छ । यसमा ३२ जीबीसम्मको मेमोरी कार्ड राख्न मिल्छ । लुमिया ९२० मा ८ मेगापिक्सलको क्यामेरा छ । यसमा नोकियाको 'पिओर मोसन एचडी' प्रविधि प्रयोग गरिएको जानकारी दिँदै कम्पनीले दाबी गरेको छ, 'यसको टच स्त्रिmन विश्वकै सबैभन्दा उत्कृष्ट' हुनेछ । सामसुङ ग्यालेक्सी एसथ्री कोरियाली कम्पनी सामसुङले ल्याएको यो सेट केही नेपाली बजारमा उपलब्ध छ । सुरुमा ६९ हजार रुपैयाँ भएको यसको मूल्य घटेको छ । 'कोरियाबाट घटाएर पठाएकाले यसको अधिकतम बजार मूल्य ६५ हजार ४ सय रुपैयाँमा झरेको छ,' सामसुङ मोबाइलको आधिकारिक बिक्रेता आईएमएस अध्यक्ष दीपक मल्होत्राले भने । तर तपाईंले बजारमा योभन्दा कम मूल्यमा पाउनु हुन्छ । बिक्रेताबीच बढेको प्रतिस्पर्धाका कारण उनीहरूले कम नाफामा यो सेट बिक्री गरिरहेका छन् । आईएमएसले १० प्रतिशत नाफा दिएर बिक्रेतालाई सेट दिन्छ । यो सेटको मूल्य हैन सेवा र प्रविधि आकर्षक छन् । मोबाइल चलाउने व्यक्ति नसुतुन्जेल सेटको स्त्रिmन अफ नहुने, फोन गर्न लागेको नम्बरमा हेरेर कानमा लगेपछि फोन हुने । फोन आयो भने कानमा सेट लैजाँदा आफैं फोन उठ्नेजस्ता विशेषता छन् । सामसुङले यो सेट ल्याएपछि खासै चर्चा कमाउन नसकेको अमेरिकी बजारमा पनि लोकपि्रयता पाएको छ । यसमा भएको 'स्मार्ट अलर्ट' यसको अर्को विशेषता हो । टाढा बसिरहेको तपाईं सेट नजिक आएपछि मिसकल वा म्यासेज आएको जानकारी भाइब्रेसनबाट दिन्छ । यसमा पछाडिको क्यामेरा ८ मेगापिक्सलको क्यामेरा छ । यसमा एन्ड्रोइडको आइसक्रिम स्यान्डविच ओएस छ । एक्सनोस ४ प्रोसेसर छ । यो ८ दशमलव ६ मिलिमिटर पातलो छ । यसको तौल १ सय ३३ ग्राम छ । सोनी एक्स्पेरिया आयन
तीन महिना अगाडि सार्वजनिक भएको यो सेट नेपाली बजारमा पनि पाइन्छ । मूल्य छ, ५३ हजार रुपैयाँ । तर पसल हेरेर तपाईंको बार्गेनिङ क्षमता अनुसार अझै कममा पनि किन्न सक्नु हुन्छ । यसमा १२ मेगापिक्सलको क्यामेरा छ । फोरजी नेटवर्कमा काम गर्ने यो सेटमा गुगलको अपरेटिङ सिस्टम एन्ड्रोइड आइसक्रिम स्यान्डविच प्रयोग गरेको छ ।
यसमा १ दशमलव ५ गिगाहर्जको ड्युल कोर स्न्यापड्रागन एस ३  सीपीयू छ । यो ४ दशमलव ५५ इन्चको छ । यसमा १६ जीबीको स्टोरेज र १ जीबीको र्‍याम रहेको छ । १ सय ३९ दशमलव ९ ग्राम भएको यो सेट हेर्दा आकर्षक छ । यसमा ३२ जीबीसम्मको मेमोरी कार्ड राख्न मिल्छ । यो कालो र सेतो दुई रंगमा उपलब्ध छन् ।  
एचटीसी वान एक्स
ताइवानी कम्पनी एचटीसी स्मार्टफोन बजारमा राम्रो स्थानमा छ । विशेष गरेर युरोपेली बजारमा आफूलाई फैलाउन सफल यस कम्पनीले ल्याएको 'एचटीसी वान एक्स' स्मार्टफोनको चर्चा अहिले व्यापक छ । न्युरोडस्थित भर्जिन मोबाइलका सञ्चालक विवेव शर्माका अनुसार नेपाली बजारमा यो सेटको मूल्य ५० हजार रुपैयाँ पर्छ । नेपालमा भित्रने एचटीसीका सेटहरू व्यवसायीहरू आफैंले ल्याउने गरेका छन् ।
यो सेटको मूल्य विशेषता भनेको यसमा राम्रो प्रोसेसर राखिएको छ । ठूलो एचडी स्त्रिmन भएको स्मार्टफोनमा ८ मेगापिक्सलको क्यामेरा रहेको छ । वान एक्समा गुगलको आइसक्रिम स्यान्डविच
अपरेटिङ सिस्टम प्रयोग गरिएको छ ।
केही समय अगाडि सार्वजनिक यो सेटको त्यसयता व्यापक चर्चा भएको छ ।
यसको स्त्रिmन ४ दशमलव ७ इन्चको छ । ७२० पी एचडी डिस्प्ले भएको यो सेटमा सुपर आईपीएस एलसीडी २ प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ । फोनको डिजाइन पनि आकर्षक भएको यो सेटको आकार ठूलो भए पनि यसको तौल १ सय ३० ग्राममात्र छ । यसमा ३२ जीबी स्टोरेज क्षमता छ । वान एक्स खैरो र सेतो रंगमा बजारमा पाइन्छन् ।  

No comments:

Post a Comment