Friday, October 19, 2012

लिगलिगे दौडमा सेनाका समिर पहिलो



३ कात्तिक, गोरखा । लिगलिगे दौड प्रतियोगितामा नेपाली सेनाका समिर तामाङ पहिलो भएका छन् ।
गोरखाको चेपेघाटबाट लिगलिगकोटसम्मको १३ किलोमिटर लामो दौड ५८ मिनेट ५८ सेकेण्डमान पार गर्दै तामाङ पहिलो भएका हुन् । सेनाकै कल्याण बानिया दोस्रो भएभने होमलाल श्रेष्ठ तेस्रो भएका छन् । उनीहरुले क्रमशः ५० हजार ५ सय ५, २५ हजार २ सय ५ र १० हजार १ सय १ रुपैयाँ पाएका छन् ।
३५ वर्षमाथीको दौडमा कीर्तिपुरका धर्म महर्जन पहिलो भए भने काठमाडौंका महेन्द्र महर्जन दोस्रो र कृष्ण तामाङ तेस्रो भएका छन् । महिलातर्फको दौडमा सशस्त्र प्रहरीकी गिता खत्री पहिलो, भक्तपुरकी रिना कपाली दोस्रो र सोलुखुम्बुकी याञ्दी शेर्पा तेस्रो भइन् ।
वि सं १६०० सम्म चेपेघाटबाट दौडिएर पहिला लिगलगकोट पुग्नेले १ वर्षसम्म राजा हुने चलन थियो । त्यही परम्परालाई सम्झाई राख्न र पर्यटन प्रर्वदन गर्न लिगलिगकोट विकास समितले दौड प्रतियोगिता गर्दै आएको छ ।

No comments:

Post a Comment