दशैको दिन अनुसारका पुजाहरु
प्रतिपदामा पूजा गरिने देवी – शैलपुत्री
प्रतिपदाका दिन पूजाआराधना गरिने शक्तिस्वरूपा भगवतीको पहिलो स्वरूपको नाम
शैलपुत्री हो । पर्वतराज हिमालयका पुत्रीका रूपमा उत्पन्न भएकीले यी
भगवतीलाई शैलपुत्री भनिएको हो । साँढेमा बसेकी यी देवीको दाहिने हातमा
त्रिशूल र बायाँ हातमा कमलको फूल सुशोभित छ । पूर्वजन्ममा यिनी प्रजापति
दक्षकी छोरीको रूपमा जन्मेकी थिइन् । त्यसबेला यिनको नाम सती थियो । यिनको
विवाह भगवान् शंकरजीसँग भएको थियो । एकचोटी प्रजापति दक्षले एक ठूलो यज्ञको
आयोजना गरी सारा देवताहरूलाई यज्ञको भाग लिन निमन्त्रणा गरेका थिए तर
भगवान् शंकरलाई चाहिँ बेलाएका थिएनन् । उनकी छोरी सतीले पनि उक्त कुरा थाहा
पाइन् र उनले आफनो पतिको अनुमति बेगर त्यस यज्ञमा भाग लिन पुगिन् । त्यहाँ
उनले आफनो पिताको मुखबाट पतिको निन्दा गरेको सुनिन् । त्यसपछि आफनो पतिको
निन्दा सुन्न नसकी त्यही यज्ञमा आफूलाई जलाएर भष्म गरिन् । यस जन्ममा पनि
उनी शिवजीको अर्धाङ्गनिी बनिन् ।
दोस्रो दिन पूजा गरिने देवी – ब्रहृमचारिणी
नवरात्रिको दोस्रो दिन पूजा गरिने देवीको नाम ब्रहृमचारिणी हो । यो माता
दुर्गाको दोस्रो स्वरूप हो । ब्रहृम शब्दको अर्थ तपस्या हुन्छ । यसैले तपको
आराधना गर्ने देवी भनेर यिनलाई ब्रहृमचारिणी भनिएको हो । यी देवीको स्वरूप
पूर्ण ज्योतिमय एवं अत्यन्त भव्य देखिन्छ । यी देवीको दायाँ हातमा जपको
माला र बायाँ हातमा कमण्डलु हुन्छ । यी देवीको उपासना गर्नाले मानिसमा तप,
त्याग, वैराग्य, सदाचार, संयम वृद्धि हुँदै जान्छ र उसलाई सर्वत्र सिद्धि
एवं विजय हात लाग्दछ । पूर्वजन्ममा जब यिनी हिमालयको घरमा छोरीको रूपमा
जन्मेकी थिइन्, त्यसबेला नारदको उपदेशले यिनले भगवान् शंकरलाई पतिको रूपमा
पाउनको लागि कठिन तपस्या गरेकी थिइन् । यस्तो कठिन तपस्याको कारण यिनलाई
तपश्चारिणी अर्थात् ब्रहृमचारिणी नामले जानिन्छ । हजार वर्षसम्म यिनले पानी
पनि नखाइकन तपस्या गरेकी थिइन् । उनको कठिन तपस्या देखेपछि पितामह
ब्रहृमाले आकाशवाणीद्वारा ‘भगवान् शिवजी तिमीलाई पतिको रूपमा प्राप्त
हुनेछन्’ भनेर उनको मनोकामना सबै पूर्ण हुने जानकारी दिएका थिए र पछि
त्यस्तै भयो पनि ।
तेस्रो दिन पूजा गरिने देवी – चन्द्रघण्टा
माता दुर्गाको तेस्रो शक्तिको नाम चन्द्रघण्टा हो । नवरात्रि पूजापर्वमा
तेस्रो दिन यिनको स्वरूपको पूजाआजा गरिन्छ । सुवर्णमय चन्द्रघण्टा देवीको
स्वरूप परम शान्तिदायक एवं कल्याणकारी छ । यिनको दस हातमा खड्ग आदि शस्त्र
तथा वाण आदि अस्त्र विभूषित छन् । उनको टाउकोमा घण्टाको आकारको अर्धचन्द्र
छ, यही कारणले गर्दा यिनीलाई चन्द्रघण्टादेवी भनेर जानिन्छ । यिनको शरीरको र
स्वर्णको समान चम्किलो देखिन्छ । शास्त्रानुसार हातको घण्टाको आवाजले
राक्षसहरू डराउने भएकाले यिनको नाम चन्द्रघण्टा राखिएको हो । यी दुर्गाको
वाहन सिंह हो । यसैले यिनका उपासक पनि सिंहजस्तै पराक्रमी हुन्छन् । यिनको
मुद्रा युद्धको लागि तत्पर भइरहेको जस्तो देन्छि । यिनको ध्यान, आराधना र
उपासना गर्नाले भूत, प्रेत, बाधा आदिबाट रक्षा गर्छ र भक्तको सारा पाप एवं
बाधा नष्ट भएर जान्छ । रिसाहा स्वभाव भएकी यी देवीको पूजा गर्नाले घण्टाको
ध्वनिको आवाज भक्तको कानमा परिहाल्छ । यी देवीको उपासना गर्दा परलोकका लागि
कल्याण र सद्गति प्राप्त हुन्छ ।
चौथो दिन पूजा गरिने देवी – कुष्माण्डा
चतुर्थीका दिन पूजा गरिने भगवतीको नाम कुष्माण्डा हो । सूर्यको जस्तो तेज
भएकी र वाहन सिंह भएकी यी भगवतीको अट्टहासमा ब्रहृमाण्डको सृष्टि र प्रलय
हुने भएकोले उनलाई कुष्माण्डा भनिएको हो । आफ्नो मन्द मुस्कानद्वारा
ब्रहृमाण्डको उत्पन्न गरेकोले यिनलाई कुष्माण्डादेवी भनिएको हो । सृष्टिको
अस्तित्व नभएको बेला चारैतिर जताततै अन्धकार व्याप्त थियो । यस्तो अवस्थामा
यी देवी कुष्माण्डाले खिसिक्क हाँसेर ब्रहृमाण्डको सृष्टि गर्नुभयो ।
पृथ्वीको यही सृष्टिको आदिस्वरूप नै उनी हुन् । यी देवीको आठ हात भएका
हुनाले यी देवीको अर्को नाम अष्टभुजा देवी पनि हो । यी देवीको सात हातमा
क्रमशः कमण्डलु, धनुष, वाण, कमलपुष्प, अमृतपूर्ण कलश, चक्र तथा गदा छन् भने
अर्को हातमा भक्तजनलाई सिद्धि र निधि दिन सक्ने जपमाला रहेको छ । यी
देवीलाई कुभिण्डोको बलि ज्यादै मनपर्ने हुनाले पनि यी देवीलाई कुष्माण्डा
पनि भनिन्छ । यी देवीको तेजको तुलना यिनीसँग मात्रै गर्न सकिन्छ । अरू कुनै
पनि देवता यी देवीको तेजको प्रभावलाई खप्न सक्दैनन् । यी देवीको भक्ति
गर्नाले आयु, यश, बल एवं आरोग्य वृद्धि हुन्छ ।
पाँचौ दिन पूजा गरिने देवी – स्कन्दमाता
नवरात्रिको पञ्चमीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवती स्कन्दमाता हुन् ।
कमलको फूल आसन भएकी, सेतो वर्ण, चार हात भएकी, स्कन्दकुमारकी माता भएकीले
उनलाई स्कन्दमाता भनिएको हो । यी देवीको काखमा सुपुत्र स्कन्दकुमार आनन्दले
रहनुहुन्छ । कमल ओछ्याएर बस्ने आदत भएकोले यी देवीलाई पद्मासना देवी पनि
भनिन्छ । स्कन्दमाताको सेवा गर्नाले स्वामी कार्तिकेयको पनि उपासना गरे सरह
हुन्छ । यस्तो विशेषता केवल यिनीलाई मात्र प्राप्त छ । सूर्यमण्डलकी
अधिष्ठात्री देवी भएको कारण यी देवीको पूजाआजा गर्ने भक्तजन अलौकिक तेज र
कान्तिले सुसम्पन्न हुने हुन्छन् ।
छैटौं दिन पूजा गरिने देवी – कात्यायनी
नवरात्रिको षष्ठीका दिन पूजा गरिने देवीलाई कात्यायनी भनिन्छ । चार हात
भएकी यी देवीको वाहन सिंह हो । यी देवीको कात्यायनी नाम रहन गएको कथा यस
प्रकार देखिन्छ- कत नाम गरेका एक ऋषि थिए । उनका पुत्र ऋषि कात्य भए ।
कात्यको गोत्रमा विश्वप्रसिद्ध महषिर् कात्यायन पैदा भए । यिनले भगवती
पराम्बाको उपासना गर्दै धेरै वर्षसम्म कठिन तपस्या गरेका थिए । भगवतीको
जन्म मेरो घरमा छोरीको रूपमा होस् भन्ने उनको इच्छा थियो । माता भगवतीले
उनको प्रार्थना स्वीकार गरिदिनुभयो । केही कालपछि जब महिषासुर दानवको
अत्याचार पृथ्वीमा बढ्दै गयो, त्यसैबेला यस दैत्यको वधको लागि ब्रहृमा,
विष्णु र शिव तीन देवताको शक्तिको तेजले एक देवीको जन्म भयो । यी देवीको
पूजा गर्ने पहिलो ऋषि नै कात्यायन थिए । यसैकारण यी देवी कात्यायनी कहलाइन्
।
सातौं दिन पूजा गरिने देवी – कालरात्रि
सप्तमी अर्थात्
फूलपातीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीलाई कालरात्रि भनिन्छ । कालो
घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा
क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्रि हुन् ।
उनको टाउकाको झाँक्रो फिजाएको जस्तो देखिन्छ । घाँटीमा बिजुली सरह झल्कने
माला छ । श्वास फेर्दा पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो देखिन्छ ।
माता कालरात्रिको स्वरूप डरलाग्दो जस्तो देखिन्छ तर यिनी भक्तलाई शुभ फल
दिने गर्दछिन् । यसैले यी देवीको एक नाम ‘शङ्करी’ पनि रहेको छ । देवी
कालरात्रि दुर्जनहरूको उछित्व गर्ने हुनुहुन्छ । यी देवीको स्मरण गर्नाले
पनि दानव, दैत्य, राक्षस, भूतप्रेत भागेर जान्छन् भनिएको छ ।
आठौं दिन पूजा गरिने देवी – महागौरी
नवरात्रिको महाष्टमीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवती महागौरी हुन् ।
सेतो वर्ण र सेतो पहिरन गरेकी, वृष वाहन भएकी, चार हात भएकी देवीलाई
महागौरी भनिन्छ । यी देवीको माथिल्लो दाहिने हातमा अभयमुद्रा, तल्लो दाहिने
हातमा त्रिशूल छन् भने बायाँ हातको माथिल्लो हातमा डमरु र अर्को बायाँ
हातमा वरमुद्रा छन् । यी देवीको मुद्रा शान्त खालको देखिन्छ । यी माताको
स्वरूप गोरो वर्णको छ । यीनको सबै कपडा र गरगहना पनि सेतै छन् । बालककालमा
पार्वती हुँदादेखि नै शिव पति पाउन यिनले कठोर तपस्या गरेकी थिइन् । यिनको
प्रतिज्ञा थियो कि महादेवलाई पाए वरण गर्छु, नत्र कुमारी नै भएर बस्छु । यस
कठोर तपस्याको कारण यिनको शरीर एकदम कालो हुन पुगेको थियो । यिनको
तपस्याले खुसी भएका शिवजीले यिनको शरीरलाई गंगाजलमा गएर नुहाइदिएपछि उनी
गोरी भइन् र उनको नामै गौरी रहन गएको हो र यी देवीको शक्ति अमोघ छ र
प्रत्यक्ष फल दिने हुन्छ । यी भगवतीको भक्ति आराधना गर्नाले भक्तजनहरूको
सबै दोष नाश हुन्छ र पछिसम्म पनि बाधा आउन छोड्छ ।
नवौं दिन पूजा गरिने देवी – सिद्धिदात्री
नवरात्रको अन्तिम अर्थात् महानवमीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीको
नाम सिद्धिदात्री हो । यी देवी कमलको फूलमा बस्छिन् । यी देवीको
दाहिनेतर्फका तल्लो हातमा चक्र, अर्को हातमा गदा तथा बायाँतर्फको तल्लो
हातमा शंख तथा अर्को हातमा कमलको फूल सुशोभित छ । यस संसारमा यी देवीको
लागि सिद्धि गर्न नसकिने कामकुरो केही पनि छैन । ब्रहृमाण्डमा पूरा विजय
प्राप्त गर्न सक्ने शक्ति यी देवीमा रहेको छ । यिनी भक्तजनहरूलाई जुनसुकै
सिद्धि पनि दिन सक्ने साथै इच्छाअनुसारको फल प्राप्त गराइदिने भएकी हुनाले
उनको नाम सिद्धिदात्री रहन गएको हो । देवी पुराणअनुसार पार्वतीबाट आएको
सिद्धि नै भगवान् शिवजीबाट आएको सिद्धि हो । यिनकै कृपाले गर्दा भगवान् शिव
अर्धनारीश्वर हुनुभएको हो । यसैले यस संसारमा भगवान् शिव अर्धनारीश्वर
नामले प्रसिद्ध छन् ।तथा बायाँतर्फको तल्लो हातमा शंख तथा अर्को हातमा
कमलको फूल सुशोभित छ । यस संसारमा यी देवीको लागि सिद्धि गर्न नसकिने
कामकुरो केही पनि छैन । ब्रहृमाण्डमा पूरा विजय प्राप्त गर्न सक्ने शक्ति
यी देवीमा रहेको छ । यिनी भक्तजनहरूलाई जुनसुकै सिद्धि पनि दिन सक्ने साथै
इच्छाअनुसारको फल प्राप्त गराइदिने भएकी हुनाले उनको नाम सिद्धिदात्री रहन
गएको हो । देवी पुराणअनुसार पार्वतीबाट आएको सिद्धि नै भगवान् शिवजीबाट
आएको सिद्धि हो । यिनकै कृपाले गर्दा भगवान् शिव अर्धनारीश्वर हुनुभएको हो ।
यसैले यस संसारमा भगवान् शिव अर्धनारीश्वर नामले प्रसिद्ध छन् ।
No comments:
Post a Comment