Sunday, October 28, 2012

तिहार अघिनै सहमति गर्नुस् : राष्ट्रपति

 
१२ कात्तिक, काठमाण्डौ । राष्ट्रपति डाक्टर रामबरण यादवलले तिहार अघिनै राजनीतिक गतिरोध अन्त्य गर्न काँग्रेस र एमालेको नेतृत्वलाई सुझाव दिनुभाएको छ । राष्ट्रपतिले आज काँग्रेस सभापति सभापति सुशिल कोइराला र एमाले अध्यक्ष झलनाथ खनाललाई छुट्टाछुट्टै भेटवार्तामा चाडो गतिरोध अन्त्य गर्न सुझाव दिनुभएको हो ।
काँग्रेस सभापति कोइरालासँग भएको भेटमा राष्ट्रपति यादवले अब तिहारअघि जुनसुकै हालतमा भएपनि सहमतिमा पुग्न आग्रह गर्नुभएको छ । उहाँले संविधानसभा विघठन भइसकेको र अदालतको म्यान्डेट पनि चुनाव रहेकाले चुनावका पक्षमा सहमति गर्न सुझाव दिनु भएको भेटपछि कोइरालाले जानकारी दिनुभयो । काँग्रेस सभापति कोइरालाले आफूले पनि संविधानसभा पुनःस्थापना सम्भव नरहेको बताएको जानकारी दिनुभयो ।
कोइरालासँगको छलफल लगत्तै राष्ट्रपति यादवले एमाले अध्यक्ष झलनाथ खनालसँग छफल गर्नुभएको थियो । खनालसँगको छलफलमा पनि निकासको बाटो चुनाव रहेकाले त्यसमै सहमति खाजे उत्तम हुने राष्ट्रपतिले सुझाव दिनुभएको थियो ।
राष्ट्रपतिले हिजो पनि एमाले बरिष्ठ नेता माधब नेपाललाई भेटेर चाँडै नै राजनीतिक गतिरोध अन्त्य गर्न आग्रह गर्नुभएको थियो ।

No comments:

Post a Comment