Monday, October 29, 2012

यु ट्रयुवमा भिडियो अपलोड गरेर पैसा कमाउने तरिका

सबै मान्छे पैसा कमाउन चाहन्छन् । अझ अहिलेको सूचना प्रविधिको जमानामा काइदा जान्नेले बसीबसी अनलाइन मार्फत पैसा कमाउँछन् ।
अनलाइन मार्फत पैसा कमाउने विभिन्न विधि हुन्छन् । त्यसमध्ये एउटा विधि भनेको यु ट्युबमा भिडियो अपलोड गर्नु पनि हो । यदि तपाइँले उत्कृष्ट तथा अनौठा भिडियोहरु बनाउन सक्नुहुन्छ भने यु ट्युबको मद्दतले तपाइँले अनलाइन मार्फत पैसा कमाउन सक्नुहुन्छ । तपाइँले आफुले तयार पारेको भिडियो अरु कुनै लगानी विनानै पैसाको श्रोतको रुपमा उपयोग गर्न सक्नुहन्छ मात्र यु ट्युमा शेयर गरेर ।
वास्तवमा भिडियो शेयरिङ वेबसाइट यु ट्युबमा यसका लागि एक पार्टनरसीप प्रोग्राम छ । यस प्रोग्राममा सहभागी भएर तपाइँले आफ्नो भिडियोमार्फत पैसा कमाउन सक्नुहुन्छ
यो यु ट्युब प्रोग्राममार्फत तपाइँले पैसा कमाउनका लागि केही सर्त भने छन् । त्यो के भने तपाइँको भिडियो आफैले तयार गरेको ओरिजिनल हुनुपर्नेछ न की अरु कसैको कपी गरिएको । यसका लागि सबैभन्दा पहिले तपाइँले यु ट्युब पार्टनरसीप र्फम भर्नुपर्छ । यसो गर्न तपाइँले कुनै शुल्क तिर्नुपर्दैन
तपाइँले यु ट्युको उक्त पार्टनरसीप प्रोग्रामको फारम भरेपछि तपाइँ एक प्रकारले यु ट्युबसँग आबद्ध हुनुहुनेछ । त्यसपछि तपाइँले अपलोड गरेको भिडियो यु ट्युबको प्राविधिक टोलीले अनुगमन गर्नेछ । उक्त भिडियो यु ट्युबमा अपलोड भएसँगै भिडियो हेर्ने दर्शकको संख्याको आधारमा त्यसबाट हुने आम्दानीको केही हिस्सा यु ट्युबले राख्नेछ भने बाँकी हिस्सा तपाइँको खातामा हालिदिनेछ ।
कसरी कमाउने त यु ट्युबाट पैसा ? यसका लागि हेर्नुहोस् यो भिडियो

ttp://www.youtube.com/watch?feature=player_embedded&v=96sLNF432dA

No comments:

Post a Comment