Sunday, October 28, 2012

राजेशको रोमान्स

नायक राजेश हमाल र नव नायिका अरुणिमा लामाको उत्तेजक दृश्य समावेश गरिएको चलचित्र ‘किन किन’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । चलचित्रका निर्देशक उकेश दाहालका अनुसार यो सिनेमा फागुन २५ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने भएको छ ।
चलचित्र ‘किन किन’ मा राजेश र अरुणिमाको वेड सिन र चुम्बनका प्रशस्त दृश्यहरु समावेश गरिएको छ । चलचित्रमा राज तिमिल्सिना, करिश्मा मानन्धर, सुभाष थापा का साथमा गायक राजेशपायल राइ, प्रमोद खरेल लगायतको पनि अभिनय हेर्न सकिन्छ ।
चलचित्रको हाल धमाधम डविङ कार्य भइरहेको छ । उकेशले यसअघि चलचित्र पलपलमा निर्माण तथा निर्देशन गरेका थिए ।

No comments:

Post a Comment