Tuesday, February 19, 2013

“लाईक” बटनका कारण फेसबुक बिबादमा


सोसियल नेटवर्किङ दिग्गज फेसबुकलाई मुद्धा परेको छ । आफ्नो “लाईक” बटनका कारण फेसबुकले यसरी मुद्धा खेप्नु परेको हो ।

फेसबुकको लाईक बटन अरुकै कन्सेप्ट भएको र फेसबुकले यसको प्याटेन्टको दुरुपयोग गरेको भन्दै मुद्धा परेपछि खबर तातो बनेको हो । नेदरल्यान्डसका प्रोग्रामरले पहिलो पटक यस्तो लाईक बटनको कन्सेप्ट निकालेका थिए र सो को प्याटेन्ट समेत दर्ता गरिएको थियो । सो प्याटेन्टको अधिकार नेदरल्यान्डस कै रेम्ब्रान्ट सोसल मिडियामा रहेको छ ।

सोही प्याटेन्टलाई लिएर परेको मुद्धामा भने फेसबुकले कुनै प्रतिकृया दिएको छैन । लाईक बटनका कन्सेप्ट प्रतिपादक प्रोग्रामरको निधन भैसकेको भएता पनि सोको प्याटेन्ट अधिकार लिएको रेम्ब्रान्ट सोसल मिडियाले फेसबुक लाई अफ्ट्यारोमा पारेको छ । फेसबुकलाई “लाईक” बटनसगै “एड-दिस” बटकको समेत प्याटेन्ट उलंघनको मुद्धा लागेको हो । (बिबिसीमा आधारित)

No comments:

Post a Comment