Thursday, September 17, 2015

बाणिज्य बैंकहरुको पूँजी बृद्धि योजना


Sep 17, 2015

नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुलाई आगामी दुई बर्ष भित्र चुक्ता पूँजी बृद्धि गर्ने योजना पेश गर्न दिएको समयसीमा बिहीबार सकिदैछ । बाणिज्य बैंकहरुले कम्तिमा चार गुणा चुक्ता पूँजी बढाउने योजना पेश गर्नुपरेको छ भने बिकास बैंक र फाईनान्स कम्पनीहरुलाई त्यो भन्दा धेरै अनुपातमा बढाउनुपर्ने अबस्था देखिएको छ । हेरौं, बाणिज्य बैंकहरुले राष्ट्र बैंकमा कस्ता योजना पेश गरेः
 
स्रोतः सम्बन्धित बैंकका अधिकारीहरुसँग कुराकानी 
बाणिज्य बैंकहरुले स्पष्ट पूँजी योजना पेश नगरी खुला खाले योजना पेश गरेका छन् । आफै बोनस शेयर दिएर चुक्ता पूँजी पुर्याउँन नसक्ने बैंकहरुको योजना उस्तै उस्तै देखिएको छ । समान खाले योजना बुझाउने साना बाणिज्य बैंकहरुवीच मर्जको संभावना पनि बढेको छ । उनीहरुले राष्ट्र बैंकमा पेश गरेको योजनामा ब्यापक संशोधन र थपघट हुने संभावना देखिएको छ ।
विभिन्न बिकल्पहरुमाथि छलफल चलिरहेकोले बैंक कतिपय बाणिज्य बैंकहरुले बिहीबार मध्यान्हसम्म पनि राष्ट्र बैंकमा पूँजी योजना बुझाएका थिएनन् । राष्ट्र बैंकले समयभित्र योजना पेश नगर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
Source    "Mero lagani"

No comments:

Post a Comment