Sunday, September 20, 2015

वीरगञ्जमा कर्फ्युको दौरान झडप

स्थानीय प्रशासनले अरू दिनको तुलनामा वीरगञ्जमा कर्फ्यु कडा गरे पनि प्रर्दशनकारीले कर्फ्यु तोडेपछि वीरगन्ज तनावग्रस्त बनेको छ। अहिले प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको छ। केही प्रदर्शनकारी घाइतेसमेत भएका छन्। भीडलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

प्रर्दशनकारीहरुले वीरगन्जको असोक बाटिकामा आइतवार बिहान मोटसाइकल  जलाएका छन्। उपमहानगरपवालिकाको वडा नम्बर १३ मा रहेको  अस्थायी प्रहरी पोष्टमा राखिएको बा १० प २४८१ नम्बरको मोटरसाइकल बाहिर झिकी जलाएका छन्।

बीरगन्जको नगवा, रानीघाट, श्रीपुर, बसपार्क, बहुअरी, सिर्सिया सुक्खा बन्दरगाह र इटियाही लगायतको एरियाबाट हातहातमा कालो झण्डा लिएर  बिरोध र्‍याली सुरु गरेका छन्।

वीरगन्जको विभिन्न स्थानमा मोर्चाका कार्यकर्ताले टायरवालेर विरोध प्रदर्शन गरेका छन् भने गाउँगाउँबाट जुलुश लिएर आइरहेका छन्।

यसैबीच संविधान सभाबाट जारी संविधानमा मधेशीलाई अधिकार नदिएको भन्दै पर्सावासीले आ–आफ्नो घरमाथि कालो झण्डा झुण्डयाएका छन्। जारी संविधानमा मधेशीको समेत अधिकार सुनिश्चि गर्नुपर्ने माग सहित सर्वसाधारणले कालो झण्डा  झुण्डयाएकाइउइ हुन्।

श्रोत  सेतोपाती

No comments:

Post a Comment