Sunday, April 11, 2021

शेयर बजारमा प्रवेश गर्नु अघि ध्यान दिनुपर्ने कुराहरु


तपाईं दोस्रो बजारमा प्रवेश गरी सेयर कारोबारमा लाग्न खोजिरहनु भएको छ ? यदी हो भने केही आधारभूत कुराहरु तपाईलाई थाहा हुनैपर्छ। केही आधारभूत कुराको जानकारीबिना बजारमा प्रवेश गर्नु भनेको आफ्नो सम्पत्तिलाई च्याखेँ थाप्नुसरह नै हुन्छ।


बजार बढिरहँदा अझै बढ्छ, यो यो कम्पनीहरु किन्नुहोस्भन्नेहरु धेरै भेटिन्छन्। घट्दाखेरि त्यसैगरी सबै बेच्नुहोस्, अझै घट्छभनेर हल्ला गर्नेहरु सक्रिय रहन्छन्। नेप्सेको ट्रेण्ड जता जान्छ, मनोवल पनि त्यसरी नै विकास हुन्छ। बढेको बजारमा अझै बढ्छ र घटेको बजारमा अझै घट्छ भन्ने मनोवलमा अधिकांश लगानीकर्ता रुमल्लिएका हुन्छन्। बजार छिरिसकेपछि तपाईले बढ्दा र घट्दा दुवै अवसरको फाइदा लिन सक्नुपर्छ।

विगतका घटनाक्रम, अन्तर्राष्ट्रिय अभ्यास र केही विज्ञहरुसित परामर्श गरेका आधारमा नयाँ लगानीकर्ताका लागि केही आधारभूत टिप्स दिन गइरहेका छौँ। ति टिप्सलाई राम्ररी अवलम्वन गर्ने हो भने तपाईले धेरै हदसम्म जोखिम न्यूनीकरण गर्न र लगानीबाट नाफा लिन सक्नुहुन्छ।

वित्तीय स्थिति
मोटामोटी रुपमा तपाईले किन्ने कम्पनीको वित्तीय स्थिति जानकारी हुनैपर्छ। कम्पनीहरुले प्रत्येक साउन, कात्तिक, माघ र वैशाख महिनामा कुनै एउटा राष्ट्रिय दैनिक पत्रिकामा वित्तीय विवरण प्रकाशन गर्दछन्। साथै आफ्नो वेबसाइटमा पनि त्यो विवरण राखेका हुन्छन्। वित्तीय स्थिति हेर्दा यी कुराहरु सम्झिरहनुहोस्

प्रतिसेयर आम्दानी (ईपिएस) : कम्पनीको प्रतिसेयर आम्दानीले भविष्यमा उसले दिन सक्ने प्रतिफल क्षमतालाई प्रष्ट्याउँछ। सकेसम्म धेरै प्रतिसेयर आम्दानी हेर्नुहोस्। वाणिज्य बैंकहरुको हकमा इपिएस १६२० सम्मलाई प्रतिकित्ता ४ सयभन्दा कम, २०२५ सम्मलाई ५ सयभन्दा कम, २५३० सम्मलाई ६ सयभन्दा कम हाल्न सकिन्छ। यसले मूल्य आम्दानी अनुपात सन्तुलनमा राख्न सक्छ।

मूल्य आम्दानी अनुपात (पिई रेसियो): बजार मूल्य र प्रतिसेयर आम्दानीको अनुपातलाई मूल्य आम्दानी अनुपातले केलाउँछ। बजार मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गरेपछि यो अनुपात निस्कन्छ। यदी यसको अंक २५ छ भने एक रुपैयाँ कमाई गर्नका लागि २५ रुपैयाँ लगानी परेको छ भनेर सम्झनु पर्दछ।

यस्तो अनुपात जति कम त्यति राम्रो मानिन्छ। वाणिज्य बैंकहरुको हकमा २५ भन्दा कम हुनु राम्रो मानिन्छ।

जगेडा कोष (रिजर्भ) : जगेडा कोषमा रकम धेरै हुनु राम्रो हो। यसले भोलि तपाईलाई सेयर बोनस दिन सक्ने क्षमता धेरै रहेको जनाउँछ। नगदभन्दा सेयर बोनसतर्फ नै लगानीकर्ताले बढी प्राथमिकता दिएका हुन्छन्। साथै भइपरी आउने नोक्सानीलाई व्यवस्थापन गर्न पनि यो कोष मजबुत हुनु जरुरी हुन्छ।

विगतमा लाभांश दिइरहेको छ त ? नगद वा बोनस सेयर के दिन्छ ?
जहिले पनि नगदभन्दा बोनस सेयर दिने कम्पनीलाई लगानीकर्ताले रुचाएको पाइन्छ। वर्षेनि लाभांश दिइरहेको, त्यसमा पनि बोनस सेयर दिइरहेको कम्पनी छान्नु पर्छ। कम्पनीहरुको वेबसाइटमा त्यस्ता सूचनाहरु संग्रह पनि गरिएका हुन्छन्। विदेशी लगानीका कम्पनीहरुले बोनसभन्दा नगद लाभांश वितरणमा बढी जोड दिन्छन्। तिबाहेक नेपाल टेलिकम पनि नगद लाभांश मात्रै दिने कम्पनी हो।

कम्पनीको बिजनेस प्रगतिउन्मुख छ त?
सूचकहरु उपयुक्त भएर मात्रै पुग्दैन। वर्षेनि कम्पनीको बिजनेसमा प्रगति देखिएको हुनुपर्यो। प्रतिस्पर्धात्मक यो समयमा बिजनेस बढ्न नसकेको खण्डमा भोलि मूल्यमा सीधै असर पर्दछ।

बैंकहरुको हकमा कुल व्याज आम्दानी, बिमा कम्पनीहरुको हकमा बिमा शुल्क, जलविद्युत तथा उत्पादन कम्पनीको हकमा बिक्री आम्दानीलाई पहिलेकोसँग तुलना गर्नुपर्छ।

नाफा, प्रतिसेयर आम्दानी, जगेडा कोषको आकार बढ्दै गएको हुनुपर्यो। लगानीकर्तालाई दिने गरेको लाभांशको दर पनि बढ्दै गएको हुनुपर्यो। यदी घटेको खण्डमा त्यसको कारण र आगामी दिनमा हुने प्रभावलाई पनि केलाउन त्यति गाह्रो पर्दैन। त्यसकारण वित्तीय विवरण हेर्दा एक वर्षअघिको स्थितिलाई पनि समीक्षा गर्न भुल्नु हुँदैन।

एक वर्षको बजार मूल्य कस्तो छ ?
कम्पनीको विगत एक वर्षको बजार मूल्य पनि केलाउनुपर्छ। विगतमा कतिसम्म मूल्य पुगेको थियो र हाल किन्न लागेको मूल्य कति सस्तो वा महँगो हो भन्ने कुरालाई एक वर्षको ट्रेण्डले पनि स्पष्ट पार्छ। नेप्सेको वेबसाइटमा रहेको ट्रेण्डभन्दा माथिको लाइनमा कम्पनीमा क्लिक गरेर कम्पनी छनौट गरेपछि साप्ताहिक, मासिक वा एक वर्षको कम्पनीको मूल्य उतारचढाव देखिन्छ।

साउन भदौमा होइन मंसिर पुसतिर मात्रै प्रवेश गरौँ
नयाँ लगानीकर्ता असार साउनमा बजारमा बढी प्रवेश गर्ने गरेको ब्रोकर कम्पनीहरु बताउँछन्। यतिबेला विभिन्न कम्पनीहरुको नाफा बाहिरिने, बजारमा सकारात्मक समाचार धेरै हुने हुँदा त्यस्तो प्रभाव परेको हो। तर अनुभवीले पहिले नै यस्ता कुराको अनुमान गरी यतिबेला किन्नभन्दा बेच्नलाई जोड दिएका हुन्छन्।

त्यसकारण नयाँ लगानीकर्ता बजार छिर्नका लागि मंसिर तथा पुस महिना उपयुक्त हो। विगत हेर्ने हो भने पनि अधिकांश वर्ष मंसिर र पुसमा सेयर मूल्य घटेको हुन्छ भने चैत वैशाखदेखि बढ्न सुरु गर्छ।

गत आर्थिक वर्षलाई हेर्दा पुसका अन्तिम दिनमा सबैजसो कम्पनीको मूल्य एक वर्षकै न्यून छ। साउन र भदौमा नेप्से उच्च अंकमा पुगेको देखिन्छ, गत वर्ष साउन १२ गते सबैभन्दा उच्च १८८१ अंक पुगेको थियो। यस्तो बेला बजार प्रवेश गर्नु जोखिम हुन्छ।

थोरै थोरै लगानीबाट थालनी, त्यो पनि वाणिज्य बैंकबाटै
भएभरको पैसा एकैपटक हालेर किन्नु हुँदैन। आफूसँग भएको पैसाबाट थोरै थोरै सेयर किन्न सकिन्छ। पहिलो पटक केही सेयर उठाइसकेपछि अझै घट्यो भने फेरि किन्नुपर्छ भन्नेगरी पुँजी तयार गर्नुपर्छ। यसले औसत लागत घटाउन पनि सघाउ पुग्छ।

जस्तो प्रतिकित्ता ५ सयमा दुई सय कित्ता एकैपटक किन्दा एक लाख रुपैयाँ (कमिसनबाहेक) लागत पर्छ भने ५ सय हुँदा एक सय र साढे ४ सयमा झरेपछि अर्को एक सय कित्ता किन्दा लागत मूल्य ९५ हजार (कमिसनबाहेक) हुन आउँछ। यहाँ २ सय कित्ताको औसत मूल्य ४७५ मात्रै पर्न गयो। त्यसैले एकैपटक सेयर नकिनी पटक पटक थप्न सक्नेगरी तयार हुनु पर्छ।

नयाँले किन्दा वाणिज्य बैंकबाटै थाल्नु उपयुक्त हुन्छ। किनकी वाणिज्य बैंक समूह तुलनात्मक रुपमा जोखिम कम भएको समूह हो। वाणिज्य बैंकको सेयरको उतारचढाव अन्यको तुलनामा कम हुन्छ। यसले जोखिम पनि कम गर्छ।

भविष्यमा संभावित घटनाक्रमको मूल्याङ्कन
संभावित घटनाक्रमको मूल्याङ्कन गर्न जान्ने हो भने पनि धेरै हदसम्म बजारबाट फाइदा लिन सकिन्छ। जस्तोः आगामी माघसम्म प्रदेश र केन्द्र दुवै तहको चुनाव गराउनुपर्ने राजनीतिक रुपमा वाध्यता छ। यदी चुनाव भयो भने बजार बढ्न सक्छ र भएन भने घट्न सक्छ भन्ने कुरालाई अहिलेको राजनीतिक वातावरणबाट अनुमान गर्दै जानु लगानीकर्ताका लागि बुद्धिमानी हुन्छ।

तिबाहेक अन्य धेरै घटनाक्रममा विकसित वातावरणको मूल्याङ्कन गर्न सकिन्छ। विश्वमा यस्ता अनेक घटनाक्रमको मूल्याङ्कनबाटै सेयरमा किन्ने र बेच्ने अवसर छोप्ने गरिन्छ।

लगानी कम्तीमा ६ महिना, धेरै फाइदा भएको खण्डमा बीचमै बेच्ने
अरु खर्चका लागि पैसा भएन भनेर बीचमै सेयर बेच्ने हो भने नकिन्नु नै बुद्धिमानी हुन्छ। पैसा चाहिएका बेला सेयरको मूल्य घटेको हुन सक्छ र बेच्दा त्यसले नोक्सान पर्न जान्छ। त्यसकारण कम्तीमा लगानी गरिसकेपछि ६ महिना कुर्न सक्नुपर्छ।

जस्तो पुसमा सेयर किनिसकेपछि साउन भदौमा राम्रो मूल्य पाएको खण्डमा बेच्न सकिन्छ। यदी राम्रो मूल्य पाइएन भने राखेर बोनस खानु नै उपयुक्त हुन्छ। भएको सेयरमा प्लस बोनस भइसकेपछि अर्को वर्ष किनेकै मूल्यमा बेच्दा पनि राम्रो फाइदा लिन सकिन्छ।

बियरिस ट्रेन्ड देखिए जोखिम कम गर्ने
यदी सेयर बजारलाई प्रभाव पार्ने अरु आधारभूत पक्षहरु बलिया देखिए र ट्रेण्ड लगातार झर्न थालेको खण्डमा आफूसँग भएको सेयर तुरुन्तै बेचेर अत्याधिक घटेका बेला पुनः किन्दा जोखिम कम गर्न सकिन्छ।

बजारमा ६ सय रुपैयाँको सेयर लगातार घटेर साढे ५ सयमा झर्दा बेचियो र पाँच सयमा आएपछि त्यति नै कित्ता पुनः खरिद गरियो भने त्यत्तिकै राख्नुभन्दा जोखिम कम हुन जान्छ। यसलाई स्टप लसपनि भन्ने गरिन्छ। तर बियरिस ट्रेन्ड कति लम्बिन सक्छ भन्ने अनुमान लगाउन चुनौतिपूर्ण हुन्छ।

व्याजदर बढ्न थाल्नु, बजारमा सेयरको आपूर्ति बढ्नु, जटिल परिस्थितिका घटनाक्रमहरु विकास हुनु, द्वन्द्व उत्पन्न हुनुजस्ता पक्षले बजारलाई लामो समयसम्म बियरिस ट्रेन्डमा पार्न सक्छ।

नआत्तिने र नमात्तिने
आफूले सेयर किनेको भोलिपल्टै सूचक रातो हुँदा मन आत्तिन सक्छ, तीन दिनसम्म बजार घट्ने हो भने डिम्याट खातामा सेयर आएकै दिन पुनः बेच्न हतारिने प्रवृत्ति लगानीकर्तामा छ। बजारको प्रवृत्ति घट्ने बढ्ने नै हो। घटेर बेच्ने हो भने नोक्सान भइसक्यो।

तर घटेर पनि नबेच्ने हो भने त्यो वास्तविक नोक्सान हुँदैन। त्यसकारण बजारमा सेयर किनिसकेपछि केही घट्दैमा आत्तिनु हुँदैन। त्यसैगरी किनेको भोलिपल्टबाट फेरि बढ्यो भने तुरुन्तै मात्तिएर बेच्नु पनि उपयुक्त हुँदैन। किनकि किन्दा र बेच्दा दुवैपटक कमिसन र अनेक शुल्कहरु खर्च भएको हुन्छ। यस्ता कमिसनको पनि हिसाव गर्नु पर्छ।

Saturday, November 7, 2015

सम्माननीय प्रधान मन्त्रीज्युलाई सुझावहरु




देशको हालको वर्तमान अवस्थालाई मध्यनजर गर्दा नेपाली भएर जन्मेकोमा अत्यन्त दुख: लागेको छ । हामीलाई त दुख: लाग्यो तर हाम्रा पछिल्ला पिढीका सन्ततिहरुलाई नेपाली भएर जन्मेकोमा धिक्कार्ने होईन गर्व गर्ने वातावरण बनाउनको निमित्त निम्नानुसारका कदमहरु चाल्नुपर्नेतर्फ प्र.म.ज्युको ध्यान आकृष्ट गर्न चाहान्छु ।

१. सबैभन्दा पहिले राज्यका सबैखालका तह र तप्कामा भईरहेका आर्थिक तथा सामाजिक भ्रष्टाचारको जरा काट्ने । जसको निमित्त सादा पोशाकमा सुरक्षाकर्मीहरु परिचालन गर्ने र भ्रष्टाचारीलाई सामाजीक वहिष्कार गरी राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित गर्ने, दोश्रो पटक पनि भ्रष्टाचारमा संलग्न रहेको पाईएमा कारावासको सजाय गर्ने । 

२. देशको वर्तमान समस्याको यथासिघ्र राजनैतिक प्रक्रियाबाटै विना झुकाव र विना कुनै दवाव तथा वाह्य प्रभावमा समाधानको पहल गर्नुपर्ने ।

३. मधेशमा दुई प्रदेश र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम हुनुपर्ने माग पुरा भएमा अन्य जात जाति तथा समुहहरुले समेत त्यस्ता किशिमका मागहरु राख्न सक्ने देखिएको हुंदा त्यस्ता किसिमका माग हरुलाई पुर्णरुपमा निरुत्साहित गर्ने ।

४. उर्जा संकटकालको घोषणा गर्नुपर्ने ।

५. वर्तमान र भविष्यमा हुनसक्ने उर्जासंकट र आयातित पेट्रोलियम पदार्थ माथीको परनिर्भरतालाइ कम गर्न सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना (जो व्यारेकमा त्यत्तिकै थन्किएर बसेका छन) लाई विविध जिम्मेवारी प्रदान गरी युद्ध स्तरमा कार्य समाप्त गर्ने गरी जलाशयमा आधारित जलविधुत आयोजनाहरुको निर्माण गर्नु पर्ने ।

६. निर्माण कार्यको दौरान वाधा अवरोध श्रृजना गर्नेलाई राज्य विरुद्ध अपराधको अभियोग लगाउने निर्माण कार्यको दौरान मानव वस्तीहरु स्थानान्तरण गर्नुपरे पनि राज्यकोषबाट क्षतिपुर्ती दिई सो को प्रबन्ध मिलाउने ।

७. जलविधुत आयोजनाको लागि आवश्यक पुंजी जनताहरुबाटै संकलन गर्ने" न कि विदेशीको मुख ताक्ने" नेपाल देश आफैमा गरिब देश भएता पनि व्यक्ति धनि भएको तथ्य सम्माननिय प्र.म.ज्यूलाई जग जाहेरै छ । पुजी संकलन सम्बन्धमा हाम्रा देशका विद्धानहरुसंग राय लिने अथवा सरकारले राष्ट्र निर्माणका खातिर शेयर आव्हान गर्ने । 

८. परनिर्भर र आयात गर्नुपर्ने पेट्रोलियम पदार्थको विकल्प वायोग्यासं, सौर्य उर्जा, वायु उर्जा आदीलाई सरकारले अनुदान दिई प्रवद्धन र प्रोत्साहन दिने ।

९. सरकारले सडकमा छुट्टै साईकल लेनको निर्माण गरी जनताहरुलाई निशुल्क अथवा केही शुल्क लिई साईकल वितरण  गर्ने ।

१०. प्राईभेट सवारी साधन भन्दा सार्वजनिक सवारीका साधनहरु प्रयोग गर्न प्रोत्साहन गर्ने । 

११. मेट्रो रेलको अवधारणालाई मुर्तरुप दिनुपर्ने ।

१२. युवाशक्ति देशको मेरुदण्ड भएकोले उनिहरुलाई विदेश जान प्रोत्साहन गर्नुभन्दा देशभित्रै रोजगारीको अवसरहरु श्रृजना गर्ने

१३. देशभित्रै उधोग धन्दा तथा कलकारखानाहरुको विकास र विस्तार गर्ने साथै युवाहरुलाई सरकारले निशुल्क तालिमको व्यवस्था गर्ने ।

१४. साना तथा ठुला राजमार्गहरु अन्तराष्ट्रिय सिमाना नाकामा, शिक्षा, स्वास्थय तथा मानविय आवश्यकतासंग प्रत्यक्ष सरोकार राख्ने वस्तुहरुसंग सम्बन्धित उधोग धन्दा तथा कल कारखानाहरुमा बन्द हड्ताल र चक्काजाम जस्ता विरोधका कार्यक्रमहरु गर्न नपाउने कानून तयार गरि संसदबाट पास गरि तुरुन्त लागु गर्नुपर्ने । 

१५. देशका अति विकट दुर्गम स्थानहरुको सडकमार्ग, सुरुङ्गमार्ग जस्ता बढी शारिरिक श्रम गर्ने स्थानहरुको निर्माण कार्यमा देशभरका विभिन्न कारागारहरुमा वन्दी जिवन विताई रहेका कैदिहरुलाई स्वईच्छाले काममा लिने । साथै उनिहरुलाई सिमित समयावधि सम्म कार्य गराएपश्चात तोकिएको कैद भुक्तान गर्ने समयअवधिबाट कैद मिनाह गर्ने ।

१६.  प्राकृतिक सम्पदा र जैविक विविधताले धनी हाम्रो मुलुकमा प्रकृतिको गर्भ भित्र रहेका जैविक ईन्धनहरु र तिनको सम्भाव्य स्थानहरुको अन्वेशण, उत्खनन अदी युद्ध स्तरमा गर्ने तथा भईरहेको खानीहरुको उचित प्रयोग गर्ने ।

१७. सैनिक तथा प्रहरीको कल्याण कोषमा रहेको रकमबाट जलविधुत् आयोजना निर्माण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिने । "जो विभिन्न सडक निर्माण कार्यमा सफल भईसकेको उदाहरण हामीमाझ छ

१८. राष्ट्रिय गौरवका आयोजनाहरुको वित्तिय व्यवस्थापन बाहेकको जिम्मेवारी नेपाली सेनालाई दिने ।

१९. नागरिकता एनमा कडाई गर्नुको साथै यस अघि जारी भएका सम्पुर्ण नागरिकताको छानविन गरी नागरिकता जारी गर्दा भएको भ्रष्टाचार विदेशी नागरिकहरुले पाएको नागरिकताको खारेजी र समस्याहरुको उचित सम्बोधन गर्नुपर्ने ।

२०. नातावाद कृपावाद तथा हाम्रा मान्छेलाई प्राथमिकता नदिई क्षमताबान व्यक्ति (Right man in right palace)  हरुको नियुक्ति गर्ने ।

२१. स्पष्ट विदेश नीति तयार गरी संसदबाट पास गराउने ताकि आगामी सरकारले पनि सोही नीतिलाई निरन्तरता देओस ।

२२. नेपालमा हिमाल पहाड र तराई मात्र भएको हुंदा यो स्वायत्त मधेश भन्ने शव्द मात्रै पनि आफैमा बिखण्डनवादी शब्द हो यो शब्दले देशको सामाजीक तथा भौगोलिक सन्तुलन विगार्न सक्ने ।   


Monday, September 21, 2015

भारतद्वारा नेपालमा नाकावन्दी




नेपालको शत्रुराष्ट्र को हो र मित्रराष्ट्र को हो बल्ल पहिचान भएको छ । त्यत्रो नेपालीको रगत र पसिना त्याग र बलिदानद्वारा जारी भएको नया‌ं संविधानलाई कार्यान्वयन हुन नदिनको निमित्त नाकावन्दी गरेर नेपालीलाई चेपुवामा पार्न कोशिश गरिरहेको पाईएको छ । यो समयमा हामी सम्पुर्ण राष्ट्रवासी एक हुनुपर्ने समय अाएको छ । नेपालको सबैभन्दा चल्तीको नाका वीरगंज भन्सार बन्द गर्नु भनेको समग्र अार्थिक क्षेत्रनै धरासायी बनाउनु हो ।

Sunday, September 20, 2015

नेपालको स‌‌विधान

https://drive.google.com/file/d/0B5dv5OmgV7L1emV4SXBTQ28xMk0/view

वीरगञ्जमा कर्फ्युको दौरान झडप

स्थानीय प्रशासनले अरू दिनको तुलनामा वीरगञ्जमा कर्फ्यु कडा गरे पनि प्रर्दशनकारीले कर्फ्यु तोडेपछि वीरगन्ज तनावग्रस्त बनेको छ। अहिले प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको छ। केही प्रदर्शनकारी घाइतेसमेत भएका छन्। भीडलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

प्रर्दशनकारीहरुले वीरगन्जको असोक बाटिकामा आइतवार बिहान मोटसाइकल  जलाएका छन्। उपमहानगरपवालिकाको वडा नम्बर १३ मा रहेको  अस्थायी प्रहरी पोष्टमा राखिएको बा १० प २४८१ नम्बरको मोटरसाइकल बाहिर झिकी जलाएका छन्।

बीरगन्जको नगवा, रानीघाट, श्रीपुर, बसपार्क, बहुअरी, सिर्सिया सुक्खा बन्दरगाह र इटियाही लगायतको एरियाबाट हातहातमा कालो झण्डा लिएर  बिरोध र्‍याली सुरु गरेका छन्।

वीरगन्जको विभिन्न स्थानमा मोर्चाका कार्यकर्ताले टायरवालेर विरोध प्रदर्शन गरेका छन् भने गाउँगाउँबाट जुलुश लिएर आइरहेका छन्।

यसैबीच संविधान सभाबाट जारी संविधानमा मधेशीलाई अधिकार नदिएको भन्दै पर्सावासीले आ–आफ्नो घरमाथि कालो झण्डा झुण्डयाएका छन्। जारी संविधानमा मधेशीको समेत अधिकार सुनिश्चि गर्नुपर्ने माग सहित सर्वसाधारणले कालो झण्डा  झुण्डयाएकाइउइ हुन्।

श्रोत  सेतोपाती