Tuesday, January 15, 2013

# कम्प्यूटर र मोबाइल प्रयोगकर्ताहरुले जान्न पर्ने कुराहरु #

हालै गरिएको एक अध्ययनले जनाए अनुसार मोबाइलमा घण्टौं कुराकानी गर्नाले तपाइँलाइ एग्रेसिव बनाउँने देखाएको छ । यदि तपाइँ घण्टौं कम्प्यूटरको अगाडी बसिरहनु हुन्छ भने, तपाइले स्वास्थ्य संग जोडिएका निकै समस्याहरूको सामना गर्नुपर्ने हुन्छ ।

इन्टरनेट सर्फिङ गर्नु तपाइँलाइ राम्रो लाग्छ होला, तर ध्यान राख्नुस यसले तपाइँलाइ समस्यामा पनि पार्न सक्दछ । एक ठुलो आँखा अस्पतालका डक्टर ए. के. ग्रोवरका अनुसार निकै तिव्र टाउको दुखाइ, आंखा रातो हुनु, आंखामा सुख्पन, गर्दन, पीठ्यु र काँधमा लगातार पीडा जस्ता समस्याहरू कम्प्युटर र ल्यापटप जस्ता इलेक्ट्रोनिक ग्याजेट्समा लगातार काम गर्नाले भैरहेको छ ।

एक्सपर्ट्सका अनुसार त कम्प्यूटरको स्क्रीनमा लगातार आंखा लगाइ राख्नाले आंखामा ड्राई आई सिन्ड्रोम नामको रोग पनि हुने गर्दछ । प्रयाजसो मानिसहरू टेन्शन, माइग्रेन अथवा वर्क लोडको कारणले यस्तो हुने सोच्दछन, तर यसको मुख्य कारण भने कम्प्यूटर भिजन सिन्ड्रोम (सीवीएस) नै हो । खास कुरा के भने यो समस्या हरेक बर्ष ६ देखि ७ प्रतिशत बढिरहेको छ । क्यालिफोर्निया यूनिभर्सिटीको एक स्टडीलाइ हेर्ने हो भने, ७० प्रतिशत भन्दा धेरै कम्प्यूटर यूजर्सलाइ बिशेष किसिमको चस्माको आवश्यकता पर्ने गर्दछ ।

कुरा– कुरामा रिस उठनु
यदि तपाइँ लगातार मोबाइलको की- बोर्डमा औला दौडाइरहनु हुन्छ भने, तपाइलाइ नजानिदो तरिकाले ‘कर्पल टनल सिन्ड्रोम’ नामको रोगले ग्रष्त बनाउन सक्दछ । भलै तपाइलाइ म्यासेजिङले अर्को व्यक्तिसंग कनेक्ट गरि राख्दछ । तर यस कृयाकलापले तपाइको आंखाको साथ- साथै औला तथा हातलाइ समेत नोक्सान पुर्याउन सक्दछ । मोबाइलमा गेम खेल्ने बेला वा एसएमएस गर्ने समय मानिसहरूको औला निकै प्रयोग हुने गर्दछ । औलालाइ पटक पटक प्रेसरमा ल्याइरहँदा यसले नसामा समेत असर पर्न सक्दछ ।

हात झम्झमाउने, कुनैपनि कुरा पक्रँदा कमजोरी तथा हात काँध सम्म पुर्याउँदा पीडा हुने कारण पनि यहि हो । हल्याण्डको एक यूनिभर्सिटीमा २०० जना मानिसहरूमा गरिएको एक रिसर्च पछि यो कुरा पत्ता लागेको हो । मोबाइलको प्रयोग धेरै गर्ने मानिसहरू निकै चिडचिडेपनाको शिकार भएका छन् । यसो हुनुमा मोबाइलको धेरै प्रयोगनै मुख्य रहेको कुरा डक्टरहरूले बताएका छन् ।

पेटको समस्या हुन सक्दछ
एक रिसर्चमा देखिए अनुसार मोबाइल फोनमा ट्वाइलेटको फ्लश ह्याण्डलमा भन्दा पनि १८ गुणा बढि हानिकारक ब्याक्टेरिया हुने गर्दछन् । समाचारपत्र डेली मेलका अनुसार, जांचबाट फोनमा पनि निकै खतरनाक ब्याक्टेरिया हुने गर्दछन पत्ता लागिसकेको छ । यसै कारणले फोन प्रयोगकर्तालाइ पेट सम्बन्धी गम्भीर रोगी हुने आशंका धेरै हुने गर्दछ ।

रिपोर्टमा बताइए अनुसार ब्रिटेनमा मात्र प्रयोग गरिएको ६.३ करोड मोबाइल फोनमध्ये १.४७ करोड यूजर्सलाइ स्वास्थ्य सम्बन्धी समस्या पाइएको छ । रिसर्च टीममा काम गरिरहेका केरी स्टेनवेले बताए अनुसार मोबाइल फोनलाइ यता उता राख्नाले त्यसमा ब्याक्टेरियाहरू बस्ने गर्दछन् । त्यहि ब्याक्टेरिया हाम्रो हात सम्म आइपुग्दछ । जसका कारण हाम्रो स्वास्थ्यमा ती ब्याक्टेरिया सिधै प्रवेश गर्न सक्दछन् ।

घण्टौं आँखाले नहेर्नुस
यस रिसर्चमा काम गर्ने हेल्थ एक्सपर्ट जिम फ्रान्सिजले बताए अनुसार तपाइँ आफ्नो आंखाको क्षमता भन्दा धेरै काम गर्नुहुन्छ, यसले भिडियो डिस्प्ले टर्मिनल (भिडीटी) हुने खतरा कयौं गुणाले बढ्ने गर्दछ । एक अध्ययन अनुसार घण्टौं कम्प्यूटरको स्क्रीनमा आंखा लगाइ राख्नाले हाम्रो आंखाका लागि अननेचरल सिचुएशन हुने गर्दछ । हाम्रो आंखा र ब्रेनले प्रिन्टेट चीजहरूलाइ जस्तो रूपले हेर्ने गर्दछन, त्यसको तुलनामा स्क्रीनमा हेर्दा फरक प्रतिक्रिया दिने गर्दछ । जसका कारणले मानिसमा सीवीसी हुने गर्दछ ।

अर्का आँखा डक्टरका अनुसार लामो समय सम्म स्क्रीन अगाडी बस्नाले निकै इनर्जी खर्च हुने गर्दछ, जुन आंखाका लागी निकै च्यालेन्ज पूर्ण हुने गर्दछ । दोश्रो कम्प्यूटरमा काम गर्ने क्रममा आँखा कम झिम्कने गर्दछ । प्रायजसो एक मिनेटमा १४ पटक आँखा झिम्काइन्छ । तर कम्प्यूटरको प्रयोगका बेला हामी ४ देखि ६ पटक मात्र आँखा झिम्क्याउने गर्दछौं । यसका कारण आंखामा स्व्इलिङ र मोतिबिन्दु जस्ता समस्याहरू आउँदछन् ।

केही कुरामा ध्यान राखौं
आफ्नो कम्प्युटर स्क्रीनको कन्ट्रास्ट र ब्राइटनेसलाइ नर्मल राख्नुस । छिटो छिटो आँखा झिम्क्याउने गर्नुस । केही बेरको अन्तरमा आंखालाइ केही सेकेण्डका लागी बन्द गर्ने गर्नुस । यस्तो गर्दा तपाइँको आंखालाइ आराम पुग्दछ । यस्तो कार्य हरेक ३० मिनेटमा गर्ने गर्नुस । कम्प्यूटर यूजर्सका लागी बनाइएको स्पेशल चश्माको प्रयोग गर्नुहोस । यो चस्मा ती मानिसहरूका लागी बनाइएको हो, जो मानिसहरू लामो समय सम्म कम्प्युटरमा बसेर काम गर्ने गर्दछन् ।

के भन्दछ त रिसर्च ?
लण्डन यूनिभर्सिटीको एक रिसर्च अनुसार, जो मानिस कम्प्युटरमा ४ घण्टा भन्दा बढि समय बितउँदछन, उनीहरूलाइ अन्य मानिसको तुलनामा १२५ प्रटिशत धेरै हृदय सम्बन्धी रोगहरू लाग्ने सम्भावना रहन्छ । रिसर्चबाट कम्प्यूटरमा धरै समय बिताउने मानिसहरूलाइ मृत्यु हुने खतरा अन्य मानिसहरूको तुलनामा ४५ प्रतिशत धेरै हुने गर्दछ ।

यदि तपाइँ हरेक दिन ४ घण्टा भन्दा धेरै मोबाइलमा कुरा गर्नुहुन्छ भने तपाइँको ब्यवहार एग्रेसिभ हुने गर्दछ । क्यालिफोर्निया यूनिभर्सिटी बर्कलेको एक अध्ययन अनुसार, ७० प्रतिशत भन्दा धेरै कम्प्यूटर यूजर्सलाइ कम्प्यूटर चश्माको आवश्यकता पर्दछ ।

No comments:

Post a Comment