Tuesday, January 8, 2013

फेसबुकमा नयाँ प्राइभेसी नीति लागू



सामाजिक सञ्जाल फेसबुकले नयाँ प्राइभेसी नीति लागू गरेको छ । नेपालीका फेसबुक एकाउन्टमा अहिले नयाँ प्राइभेसी अप्सनहरु देखिन थालेको छ । नयाँ वर्ष २०१३ लाग्नु अगाडि नै फेसबुकका सबै एकाउन्टमा नयाँ प्राइभेसी नीति लागू भइसकेको फेसबुकले जनाएको छ ।

फेसबुकले केही समय अगाडि देखि आफ्नो प्राइभेसी नीतिमा सुधार ल्याउन लागेको थियो । केही समय अगाडि फेसबुकमा नयाँ प्राइभेसी नीति आउनु अगाडि आफ्नो स्टाटस र फोटोहरुको कपिराइट आफूमा राख्नका लागि यो सन्देश स्टाटसमा लेखौं भनेर भाइरल स्पाम समेत फैलिएको थियो ।

नयाँ प्राइभेसी नीति लागू भएपछि अब फेसबुक प्रयोगकर्ताले आफ्नो कुन फोटो र पोस्ट अरुलाई देखाउने र कुन नदेखाउने भनेर छुट्याउन सक्नेछन् । यसले फेसबुक प्रयोगकर्तालाई नचिनेका मानिसलाई आफूबाट टाढा राख्न मदत गर्नेछ । नयाँ प्राइभेसी नीति लागू भएपछि फेसबुक प्रयोगकर्ताले आफ्नो दायाँ तर्फको भागमा नयाँ प्राइभेसी सर्टकट देख्नेछन् ।

जहाँबाट आफूलाई आवश्यक गोपनियताको निर्धारण गर्न सकिनेछ । जहाँबाट कसले आफ्ना गतिविधि हेर्न पाउने, कसले भविष्यका पोस्ट देख्न पाउने, कसले सम्पर्क गर्न पाउने लगायतका कुराहरुको निर्धारण गर्न सकिनेछ ।   


नेपाल जापान डट कम सम्बाददाता

No comments:

Post a Comment