Tuesday, January 8, 2013

नेपाल्को राजनीतिक दल्हरु सम्ब्न्धी पढ्नैपर्ने कुरहरु ।

किन रोक्न खोजिँदै छ सुशीललाई ?

7 View(s)
अर्जुन ज्ञवाली

पश्चिमा ग्य्रान्ड डिजाइनमा सत्ता कब्जाको रणनीतिमा अब अन्तिम बाधकको रूपमा कांग्रेस र कोइरालामाथि हमला गरिँदै छ । राष्ट्रपतिको कदमलाई कांग्रेसले उक्साएको भन्ने कमल थापा जसलाई उनले असंवैधानिक भन्दै वर्तमान सरकार र प्रधानमन्त्रीकै भाषा बोलेका छन् । प्रचण्डले कांग्रेसको पालो सिद्धियो भन्दै विजय गच्छदार, महन्त ठाकुर स्विकार्न सक्ने तर कांग्रेस अस्वीकार गरेका छन् । १० वर्षको माओवादी युद्ध कांग्रेस सफायाका लागि थियो । यसकारण पुराना संघर्षशीलहरूलाई सफाया नयाँ कांग्रेस–एमाले रक्षाको रणनीतिको रहस्य बल्ल खुल्दै छ ।

रुकुमका हरिभक्त ओली, बर्दियाका गोविन्द पौड्याल, अर्घाखाँचीका राममणि ज्ञवाली, कपिलवस्तुका आदित्य ज्ञवालीजस्ता त्यागीहरूको छानी–छानी किन हत्या गरियो ? त्यसको अन्तर्निहित गर्भमा नपुगी अगाडि बढ्न खोजे कांग्रेस इतिहासमा प्रजापरिषद् बन्नेछ भने नेपाल सीआईएको रणनीतिक क्रीडास्थल बन्नेछ । गिरिजाका दुई चरण नेपाली राजनीतिमागिरिजाप्रसाद कोइरालालाई दुई भिन्न रूपबाट बुझ्न अनिवार्य छ । पहिलो चरण ध्वंसात्मक मण्डले करण र दोस्रो चरण सकारात्मक प्रजातान्त्रीकरण । २०१७ सालको राजाको कदमलाई तत्कालीन नेपाली कांग्रेसका दुई महामन्त्री डा. तुलसी गिरी र विश्वबन्धु थापाको समर्थन थियो । क्रमशः श्रीभद्र शर्मा २०३६ सम्म आइपुग्दा परशुनारायण चौधरी र पछिल्लो चरणमा पञ्चायतमा प्रवेश नगरी कांग्रेसभित्रै रहेर जीपी कोइरालाको भूमिका कांग्रेसलाई मण्डलेकरण गर्नमा रह्यो । २०४२ सालको सत्याग्रह भाँड्न गणतन्त्रवादी आवरणमा एकातर्फ सीआईएले रामराजा मोडलअगाडि सा¥यो भने अर्कोतर्फ गिरिजाको दोहोरो रणनीति ।

२०४६ सालको संयुक्त आन्दोलनविरुद्ध गिरिजाको मत अल्पमतमा र गणेशमान, कृष्णप्रसादको मत प्रभावशाली रह्यो र निर्णायक बन्न गयो । ०४६ को परिवर्तनलाई संस्थागत गर्ने कृष्णप्रसादमाथि हराउ अभियानमाभारत मण्डले गिरिजा र माले हतियार बने, पहिलो चरणमा । दोस्रो चरणमा गणेशमान सिंहलाई अपमानित गराउने र बहिर्गमन गराउन भूमिका खेले । तेस्रो चरणमा कांग्रेसभित्रका वैचारिक नेताहरूलाई छानीछानी गिरिजामार्फत समाप्त गरियो र बहुराष्ट्रिय कम्पनीका एजेन्टहरू भर्ना गर्दै कांग्रेस मण्डलेकरण गरियो । राष्ट्रिय उद्योग सार्वजनिक संस्थाहरू धराशयी बनाइयो ।

यता एमालेभित्र पुष्पलाल धरातलबाट आएका मदन भण्डारीको र जीवराज आश्रितको हत्या गरियो । माक्र्सवादी धाराका कार्यकर्तालाई सफाया गर्दै लगियो राष्ट्रघाती महाकाली सन्धिसम्म आइपुग्दादेशद्रोहीहरू दुई तिहाइको सम्मिलनमा पुगे । यही विकृतिको जगमा माओवादी उदय गराइयो । बृहत् रणनीतिक ग्य्रान्ड डिजाइनमा केन्द्रीय तहमा गिरिजामार्फत कांग्रेसभित्रका वैचारिक नेतृत्वलाईछानीछानी सखाप पारियो र स्थानीय तहमा माओवादीमार्फत छानीछानी हत्या गराइयो । यता, २०५८ सम्म आइपुग्दा राजा वीरेन्द्रको हत्या गरियो । सुरुमा कांग्रेसभित्रको राष्ट्रवादी नेतृत्व किनारा लगाइयो । एमालेभित्र मदन हत्यासँगै कब्जा गरियो रदरबारमा वीरेन्द्र हत्या गरिँदासम्म गिरिजा बदनामभइसकेका थिए । इन्डो सीआईए रणनीतिमासञ्चालित भूमिगत गिरोहले हत्याको दोषी गिरिजा भन्दै बाह्य प्रोपोगन्डा गराइयो । यहाँसम्म आइपुग्दा गिरिजाको उपादेयता सकिसकिएको थियो ।

यहाँसम्म कि त्यति बेलाको ८ करोड रुपैयाँ बुझेर पञ्चायतकालमा पत्रकार पद्म ठकुराठीको असफल हत्या प्रयासमाजेल सजाय भोगिरहेका भरत गुरुङ , जगत गौचन, भीमप्रसाद गौचनलाई सम्पत्ति फिर्ता हुने गरी माफीसहित छोडिदिए । दुनै काण्ड र होलेरी काण्डपछिको गिरिजा २०५७ सालमा जब माओवादीले पहिलो पटक डोल्पाको दुवै हमला गरे तब बल्ल कोइराला झस्किए । गृहमन्त्री गोविन्दराज जोशीले राजीनामा दिए । राजा वीरेन्द्रले कोइरालालाई बोलाएर सेना होइन सशस्त्र प्रहरी बल निर्माणको सल्लाह दिए । सीआईएसँग निकट मण्डले भूमिगत हतियार गिरोहलाई धक्का लाग्यो । अन्ततः कृष्णमोहन श्रेष्ठाको हत्या गर्दै वार्ताको नाटक मञ्चन भयो ।

होलेरी काण्डसम्म आइपुग्दा बल्ल गिरिजाले बुझे इतिहासमा आफू प्रयोग भएको र होलेरीदेखि दिल्लीसम्म माओवादी नेतृत्व सुरक्षित हुनुको कारण इतिहासको समीक्षा गर्दै बल्ल गिरिजाले मण्डलेले दुरुपयोग गरेको रणनीतिबाट १८ सय फन्को मारे । तर विडम्बना, कांग्रेस मण्डलेकरणको दलदलमा थियो । यतिबेला माओवादीले कांग्रेस हुँदैन भन्नु हिजो सीआईएका ब्रोकर शेरबहादुर उकास्ने माओवादीले सुशील कोइराला हुँदैन भन्नु हो । अब सुशील कोइरालाको बीपीवादी धारा समाप्त गर्नसके सम्पूर्ण सत्ता इण्डो, सीआईए कब्जामारहने आँकलनको अन्तिम प्रहारमा माओवादी सुशील कोइरालामाथि वैचारिक हमलामा केन्द्रित छ । कांग्रेसको केन्द्रीय नेतृत्वमा नेता नरहेको र अब सुशील कोइरालालाई समाप्त गर्न सके अन्यलाई सहजै इण्डो सीआईए मण्डले रणनीीतमा परिचालन हुने सहज आँकलन हो । यसकारण हिजो गिरिजालाई महान् भन्नेहरू सुशीलमाथि हमला विचारको हो ।

यही हमला २०३६ सालमा माले, मसाले र मण्डलेले बीपी कोइरालामाथि गरेका थिए । मुलुकको रक्षाका लागि बीपीले जुन संकटको सामना माले चौम, मसाल मण्डलेसँग गरे सुशीलले त्यो सामना गर्नैपर्दछ किनभने २०३६ सालमा बीपीले हार्दा पनि राजा घेरामा थिए राष्ट्र समाप्तै हुने अवस्था थिएन । तर अहिले सुशील कोइरालाले हार्नु भनेको ३४ वर्षपछि देश माले मसाल मण्डले, मधेस, माओवादी पाँच प्रवृत्तिको भारतीय ब्यानरको सीआईए र राष्ट्रवादी ब्यानरको सीआईए कब्जासाथ नयाँ अफगान बन्नु हो । यसकारण सुशील कोइराला वरिपरिको शेरबहादुर, रामचन्द्र, सिटौला, सुजाता, रामशरण, इण्डो सीआईए घेरा किनारा लगाउँदै बीपीवादी धारामार्फत निकास दिनु आजको अनिवार्य पाटो हो । संविधानसभाको निर्वाचनसम्म आइपुग्दा महन्त ठाकुर, विजय गच्छदार, जेपी गुप्ता कोइराला परिवारले उठाएको थियो । उनीहरूमार्फत तथाकथित मधेसी समूह जन्माइयो ।

आज प्रचण्ड, ठाकुर, गच्छदार सुशील हुँदैन भन्दै छन् । यसभित्रको रणनीति नेपाली राजनीतिमा ३० को दशकमा मोहनविक्रम सिंह (घर्ती) ले नेकपा (चौम) का तर्फबाट पुष्पलालाई गद्दार र बीपीलाई भारतीय दलाल भन्दै जुन हमला गरेका थिए सूर्यबहादुर थापाले बीपीलाई फाँसी दिनुपर्छ भन्दै जुन हमला गरेका थिए अहिले प्रचण्ड, बाबुराम र कमल थापाहरू त्यसैको परिवर्तित मोडलमासुशील कोइरालामाथि हमला गरिरहेका छन् । पार्टीभित्रैवाट परशुनारायण चौधरीले बीपी कोइरालालाई घेराबन्दी गर्न जुन भूमिका खेलेका थिए जो पछि ३८ सं समूहमा पञ्चायत प्रवेश ग¥यो त्यही भूमिका शेरबहाुदर, रामचन्द्र, सिटौलाहरूले खेलिरहेका छन् ।

यसकारण सुशील कोइरालाले अत्यन्त सचेतताका साथ पाइला चाल्नु आजको चुनौती हो । अबको विकल्प वर्तमान उग्रवास र अति दक्षिणपन्थी ‘रअ’ को ब्यानरमा सीआईए कब्जामा रहेको बाबुराम सरकारको विस्थापन अन्तरिम संविधान विघटन २०४६ सालमा जस्तै राष्ट्रिय अन्तरिम सरकार, प्रतिनिधि सभा निर्वाचन, संविधान निर्माण आयोग र प्रतिनिधिसभालाई संविधानसभामा परिणतगर्दै अनुमोदन नै अबको राजनीतिक निकास हो । बीपी अलमलिएको पाटो बीपी, पुष्पलाल र डा. केशरजंग रायमाझीमाथि सीआईए हमला थियो । एकातर्फ बीपीलाई सोसलिस्टसँगको सम्बन्ध भन्दै पश्चिमा देखाउने, पुष्पलाललाई कांग्रेसभन्दा गद्दार र रायमाझीले राजालाई सीआईए घेराबाट निकाल्दै प्रजातन्त्रको पक्षमा ल्याउनुपर्दछ भन्दा गद्दार, राजावादी एउटै हमला थियो ।

०३६ सालमा बीपीलाई स्याङ्जामा, गणेशमानलाई हेटौंडामा, सहाना प्रधानलाई पर्वतको सेतीवेणीमा, डा. केशरजंग रायमाझीलाई गोर्खामा, काशीनाथ गौतमलाई गुल्मीको रिडीमा हमला गरियो । रायमाझीमाथि हमलाको नेतृत्व गर्ने बाचस्पति देवकोटा एमालेमा छन् भने डा. बाबुराम भट्टराई बहालवाला प्रधानमन्त्री छन् । कागले कान लग्यो भन्ने हल्ला फैलाएर कुखुरा चोर्ने माले, मसाले, मण्डले प्रवृत्तिको समग्र भूमिकामा माओवादी रहेको र कार्टर सेन्टरदेखि दिल्लीसम्मको घेरामा रहेका केही ब्रोडकास्ट प्रिन्ट मिडियामार्फत भ्रम पार्न खोजिएको गोयबल्स अभियानदेखि सावधान रहँदै सुशीलले भ्रम चिर्दै अडिग रहन अनिवार्य छ र अन्ततः जित सत्यकै हुनेछ र हार अपराधीहरूको हुनेछ । किन आए कर्ण सिंह ? पछिल्लो पटक डा. कर्ण सिंह सुशील कोइरालालाई रोक्दै आङ्खनो कठपुतलीको खोजीमा आएको प्रस्ट भएको छ । बाबुरामको विकल्पमा सूर्यबहादुर, त्यो नभए माधव या केपी त्यो नभए कांग्रेसभित्रैबाट सुशीलको विकल्पमा नयाँ परशुनारायणको खोजी तर सुशील रोक्ने सन्देश खतरनाक छ ।

बीपी, कृष्णप्रसाद, गणेशमानजस्तै सुशीलमाथिको हमला राष्ट्रियतासँग जोडिएकाले के वैद्यहरूले सुशीललाई साथ दिन सक्छन् ? सक्दैनन् भने उनीहरूको मुकुण्डो पनि भोलिका दिनमा उजागर हुनेछ । ०३३ सालमा बीपी फर्कंदा जुन रूपमा घेरिएको थियो ठीक त्यही रूपमा घेरिएको छ अन्तिम घेरा कस्न कर्ण सिंह आएका छन् । सेना, माओवादी, पुराना दरबारिया, मधेस पार्टीभित्र सिटौला प्रवृत्ति एउटै केन्द्रमार्फत परिचालित रहेको अवस्था छ । यो स्थितिमा राष्ट्रवादी, गणतन्त्रवादी, वामपन्थी, प्रजातन्त्रवादी सम्पूर्ण देशभक्तहरूले घेरा तोड्नु अहिलेको चुनौती हो ।

No comments:

Post a Comment