Wednesday, January 2, 2013

माइक्रोसफ्ट अफिस २०१३ (Microsoft Office 2013) डाउनलोड गर्ने तरिका



माइक्रोसफ्ट अफिसको कुन संस्करण प्रयोग गर्दै हुनुहुन्छ ? कतिपयको साइबरतिर जाँदाको अनुभव भने राम्रो नहुन सक्छ । तिनीहरु माइक्रोसफ्ट अफिस २००३ नै प्रयोग गरिरहेका हुन्छन् । हुन त त्यसपछिका अफिसका संस्करणहरु प्रयोग गरेर बनाइएका डकुमेन्टहरु अफिस २००३ मा पनि खोल्न मिल्छ तर केहि सेटिङ मिलाउँन पर्छ । नजान्दा निकै साथीहरुले फाइल नखुलेर दुख पाएको मैले देखेको छु । यसैले साइबरमा मात्रै हैन सबैले सकेसम्म नयाँ संस्करणहरु प्रयोग गर्न सुझाव दिन्छु । सामान्यतया नयाँ संस्करणहरु पुरानाभन्दा चलाउँन सजिला र छिटा हुन्छन् । माइक्रोसफ्टले अर्को बर्ष अफिसको नयाँ संस्करण अफिस २०१३ ल्याउँने तयारी गर्दैछ । तर रमाइलो के छ भने यसको तयारी स्वरुप ‘प्रिभ्यू भर्सन’ भने ल्याइसकेको छ । तपाईले सजिलै र सित्तैमा यो डाउनलोड गर्न सक्नुहुन्छ ।

के ल्याएको छ नयाँ ?
यसमा के विशेषता छन् भन्ने कुरा तपाईले प्रयोग गर्दै जाँदा थाहा पाउँनु हुनेछ । यो सजिलो र छिटो हुने कुरा गरिएको छ । माइक्रोसफ्टले अहिले माइक्रोसफ्ट अफिस २०१३ प्रो (Microsoft Office 2013 Pro) भनेर सार्वजनिक गरिएको छ । जसलाई तपाईले डाउनलोड गरेर ६० दिनसम्म चलाउँन सक्नु हुनेछ । ६० दिनपछि भने पैसा तिर्नु पर्ने हुन्छ । यदि तपाईले अफिस २०१० किनेर चलाउँनु भएको हो भने अफिस २०१३ मा आफै अपग्रेड हुन्छ ।
अर्को, माइक्रोसफ्ट अफिस ३६५ होम प्रिमियम प्रिभ्यू (Microsoft Office 365 Home Premium Preview) हो । यसलाई छोटोमा अफिस प्रिभ्यू पनि भनिन्छ । वास्तवमा यो माइक्रोसफ्टले अफिस ३६५ होम प्रिमियम भर्सनको तयारी स्वरुप ल्याएको हो । यसलाई सित्तैमा डाउनलोड गर्न सकिन्छ । तर एउटा शर्त के छ भने यसको फाइनल भर्सन बजारमा आएको ६० दिन पछि यो आफै एक्स्पाएर हुन्छ । तर यसको फाइनल भर्सन कहिले आउँने भन्ने टुंगो नभएकाले निकै समय ढुक्कले चलाउँन पाइन्छ । मैले सुझाव दिँदा पनि यही डाउनलोड गरेर प्रयोग गर्ने सुझाव दिन्छु ।
कहाँबाट कसरी डाउनलोड गर्न सकिन्छ ?
अफिसका यी भर्सनहरु डाउनलोड गर्न तपाईसँग माइक्रोसफ्टको इमेल जस्तै: हटमेल, लाइभ आदि भएको हुनुपर्छ । र एउटा आइडीबाट पाँचवटा कम्प्युटरसम्म डाउनलोड गर्न सकिन्छ । याद गर्नुहोस्, तपाईको कम्प्युटरमा विन्डोज ७ वा ८ अपरेटिङ सिस्टम भएको हुनु पर्छ ।

http://technet.microsoft.com/en-UK/evalcenter/jj192782.aspx

No comments:

Post a Comment