Saturday, January 19, 2013

जुँगा निर्मूल अभियान – हास्यव्यङ्ग्य

पिँडालु पण्डित-
‘जुँगा’ को विषयमा नसुत्रे र लुगाको विषयमा नजात्रे मानिस पाइयो भने सरासर बेलायत गएर गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाउँ लेखाइदिए हुन्छ । तपाईं भत्रुहोला,— ‘जुँगा’ नेपालीभाषी शब्द भएकाले जुँगाका विषयमा नेपालीले मात्र जान्दछन् । तर त्यसो होइन । अङ्गे्रजीमा ‘मुस्टास्’, हिन्दीमा ‘मुछ्’ भने जस्तै अरु आदिइत्यादि भाषामा यसलाई जे जे भने पनि त्यो सुनेपछि बत्रे बिम्ब र बुझिने वस्तु ‘जुँगा’ नै हो, अन्यथा होइन ।
जहाँ जुन भाषीले जुन शब्द र उच्चारणले पुकारे पनि यो ‘जुँगा’ नामक वस्तु पुरुषमान्छे उमेरदार भएपछि उसको माथिल्लो ओठ र नाकको बीच भागको भिरालो मैदानमा लहरै उम्रने रौँ हो । यो पुरुषमान्छेको असली पहिचान हो । महिलामान्छेले जतिसुकै रहर गरे पनि आजका मितिसम्म यो उनीहरुको पहिचानको विषय बत्र सकेको छैन । वर्षौँभरि सडकजाम, उद्योग बन्द, यातायात ठप्प, मन्त्रालय/आयोग घेराउ, संसद् अबरुद्ध, उद्योग बन्द, निरन्तर नाराबाजी जे जे गरे पनि यसले पुरुषमान्छेको साथ छाड्दैन । न त टायरदहन, अनसन र टेनसनले नै यो सम्भव छ । पुरुषमान्छेलाई महिलामान्छे र महिलामान्छेलाई पुरुषमान्छे भनेर नामकरण गरियो भने यो सम्भव होला, अन्यथा सम्भव छैन । त्यसैले ‘जुँगा’ महिलामान्छेको जन्मजात शत्रु हो । अहोरात्र ईर्ष्याको विषय हो । नहुनु पनि किन ! जुँगाकै थिचोमिचोका कारण नेपालका मात्र होइन, विश्वकै कतिपय महिला अझै आफ्नो लक्ष्य प्राप्तिका लागि उठ्न सकेका छैनन् । जुट्न सकेका छैनन् । जुँगाकै लुटाइ र भुटाइमा उनीहरु तड्पिरहेका छन् । थिचिइरहेका छन् । मिचिइरहेका छन् । एक्काइसौँ शताब्दीमा आइपुग्दासम्म पनि जुँगासहित र जुँगारहित मान्छेमा यतिविघ्न फरक छ भने भूतपूर्व र भूतपूर्वका पनि भूतपूर्व शताब्दीहरुमा यसको हबिगत कस्तो थियो होला सहजै अनुमान गर्न सकिन्छ । त्यसैले आजको ‘जुँगा’ लाई ‘जुँगा’ भएर बाँच्ने र गर्व गर्ने जुन निर्विघ्न सुअवसर प्राप्त छ, त्यसमा विगतको योगदान निकै महत्वपूर्ण छ ।

मान्छेका ‘जुँगा’ पनि थरिथरिका हुन्छन् । कोही घोप्टे जुँगा, कोही ठाडे जुँगा । कोही छ्वाली जुँगा, कोही मिहिन जुँगा । कोही आँटी जुँगा, कोही लाछी जुँगा । कोही रिसाहा जुँगा, कोही शालीन जुँगा । कोही अरिमठ्ठे जुँगा, कोही सादा जुँगा । कोही सक्कली जुँगा, कोही नक्कली जुँगा । कोही कपटी जुँगा, कोही पारदर्शी जुँगा । जे भए पनि ‘जुँगा’ पुरुषमान्छेको इज्जत र प्रतिष्ठाको विषय हो । यस विषयमा जो कोहीले शङ्का गरेर समय खर्च नगर्दा राम्रो हुन्छ ।
‘जुँगा’ का विषयमा यतिविघ्न चर्चा परिचर्चा गरेर पनि आजभोलि म ‘जुँगा’ को विपक्षमा उभिन थालेको छु । मुलुकले शान्ति र समुत्रति खोजिरहेको वर्तमान समयमा म ‘जुँगा’ को लडाइँका विषयमा निरन्तर सुन्दै आइरहेछु । जुन कुरा म सुनिरहेछु, ती कुरा अरुले पनि सुनेको हुनुपर्छ । व्यक्तिव्यक्तिबीच ‘जुँगा’ को लडाइँ । छिमेकीछिमेकीबीच ‘जुँगा’ को लडाइँ । गाउँगाउँबीच ‘जुँगा’ को लडाइँ । नेतानेतीबीच ‘जुँगा’ को लडाइँ । कार्यकर्ताकार्यकर्ताबीच ‘जुँगा’ को लडाइँ । राजनीतिक दलहरुबीच ‘जुँगा’ को लडाइँ । विद्यार्थीविद्यार्थीबीच ‘जुँगा’ को लडाइँ । शिक्षकशिक्षक, कर्मचारीकर्मचारीबीच ‘जुँगा’ को लडाइँ । हुँदाहुँदा राष्ट्रराष्ट्रबीच ‘जुँगा’ को लडाइँ । यसरी हेर्दा विभित्र वर्ग, लिङ्ग, क्षेत्र, जातजाति, भाषाभाषी, पेशा, व्यवसायी, राष्ट्र, परराष्ट्र, देश, महादेश सबैबीच सर्वत्र ‘जुँगा’ को लडाइँ नै लडाइँ ।
सामान्य रुपमा हेर्दा हातहतियार, गोलीगठ्ठा, बमबारुदको लडाइँभन्दा ‘जुँगा’ को लडाइँ शान्तिकर हुन्छ भत्रे पनि नभेटिएलान् भत्रे छैन । तर कुरो त्यसो होइन । ‘जुँगा’ को लडाइँ क्यान्सर हो । जसरी क्यान्सरबाट मुक्ति पाउन त्यति सजिलो छैन, त्यसैगरी ‘जुँगा’ को लडाइँबाट विश्रान्ति पाउन पनि त्यत्ति सजिलो छैन । एकलाखको सम्पत्ति प्राप्तिका लागि दसौँलाख सम्पत्ति सखाप पार्न तम्सने झगडियाजस्ता ‘जुँगा’ को लडाइँमा लाग्नेहरु निरन्तर अग्रगमनतिर बढिरहन्छन् । पश्चगमन यिनीहरु कदापि सोच्तैनन् । जतिसुकै नोक्सानी भए पनि त्यसको परवाह यिनलाई हुँदैन । चाहे व्यक्तिगत सम्पत्ति होस्, चाहे संस्थागत । ‘जुँगा’ कै लडाइँका कारण हातहतियार उठाइन्छ । गोलीगठ्ठा जुराइन्छ । बमबारुद पड्काइन्छ । घरबास उठाइन्छ । बसाइसराइ गराइन्छ । जुँगाकै लडाइँका कारण लोग्नेस्वास्नीबीच पारपाचुके, बाबुछोराबीच अंशबन्डा, सासूबुहारीबीच बोलचाल बन्द । छरछिमेकीबीच पानी बाराबार । जुँगाकै लडाइँका कारण जीउँदोमा सलामी खाएका महानुभावहरु मर्दा मलामीसम्म पाउँदैनन् । अनि भत्रुस् त, ‘जुँगा’ को लडाइँ कति खतरनाक हुन्छ ! कति असरदार हुन्छ ! यस्तो अवस्थामा म कसरी जुँगाको पक्षमा बोलूँ ? कसरी जुँगाको वकालत गरूँ ? मनले आदेश नदिएको कुरो तनले म कसरी तामेल गरूँ ? तपाईं आफै भत्रुस् न,— एउटा सामान्य रौँको यत्रो फूर्तीफार्ती कोही सहन सक्छ ? तपाईं सहनु हुन्छ भने सहनुस्, म त सक्तिन । पुरानो भए पनि म त नयाँ नेपालको ढर्रादार मान्छे पो हूँ त । कोहीभन्दा किन कम ?
विरोध ‘जुँगा’ को होइन । ‘जुँगा’ का कारण उत्पत्र लडाइँको हो । शान्तिपूर्वक बसिआएका जुँगाप्रति हाम्रो दुस्मनी छैन । दुस्मनी लड्ने जुँगाहरुप्रति हो । मौका पर्दा जुनसुकै जुँगा पनि एकआपसमा लड्न तम्सने अनुभूति सबैले गर्दै आएका छन् । त्यसैले यिनको समूल नष्ट आजको आवश्यकता हो । ‘जुँगा’ ले न खान दिएको छ, न लाउन । न बास दिएको छ, न सास । यस्तो अवस्थामा यसको उपस्थिति हाम्रा लागि आवश्यक छैन ।
यो निष्कर्षमा पुगिसकेपछि मेरो के आग्रह छ भने,— आउनुस् महिला तथा सज्जनवृन्द, विश्वसमाजमा लडाइँको कारक बन्दै आएको ‘जुँगा’ समूल नष्ट गर्ने अभियानमा लागौँ । जुँगारहित समाजको निर्माणमा लागौँ । अप्ठ्यारो कदापि नमात्रुहोस् । तपाईंलाई यो अभियानमा लाग्न घरभित्रको जुँगासँग डर होला । टोलछिमेकका जुँगासँग डर होला । सदियौँदेखि डरको प्रतीक बनेर बसिरहेका थरिथरिका अन्य जुँगाहरुसँग पनि डर होला । नडराउनुहोस् । तपाईं हामी एक भयौँ भने यी जुँगाले केही गर्न सक्दैनन् । आजभन्दा भोलि, भोलिभन्दा पर्सि यी आफै अल्पमतमा पर्दै जान्छन् र अन्ततोगत्वा समूल नष्ट हुनेछन् ।
हाम्रो अभियानमा आधा आकाश ढाकेका सम्पूर्ण महिलावर्गको निशर्त समर्थन रहनेछ । दैनिक जुँगा काट्ने वर्गको समर्थन रहनेछ । अनि, यो अभियानमा जिन्दगीभर मुस्किलले दुईचार जुँगा पलाउने वर्गको पनि समर्थन रहनेछ । वास्तवमै लडाइँ चाहने जुँगाहरु कम छन् । जुँगा निर्मूल अभियान थाल्नेबित्तिकै घटीमा तीन चौथाई समर्थन हामीलाई तत्काल जुट्नेछ र यो क्रम निरन्तर बढ्दै जानेछ ।
जुँगा समूल नष्ट गर्ने अभियानका लागि कडा कानुनको दरकार पर्नेछ । हामी त्यो बनाउनेछौँ । कानून निर्माणपछि कसैले सार्वजनिक रुपमा जुँगापालन र त्यसको प्रदर्शन गर्न पाउने छैन । यस्तो उद्योग गरे गराएमा जसको जति जुँगा छ त्यो गन्ती गरी त्यति नै वर्ष उसलाई कैद गरिनेछ । ‘जुँगा’ को लडाइँलाई प्रोत्साहन गर्न यसअघि कसैलाई ‘जुँगा’ वापत कुनै विशेष भत्ता उपलब्ध गराइएको रहेछ भने त्यस्तो सुविधा यसअघि नै कटौती भइसक्नेछन् । यस व्यवस्थाले राज्यलाई एकातिर आर्थिक रुपले फाइदा पुग्छ भने अर्कातिर जुँगाको लडाइँको अन्त्यले सुशान्ति कायम हुनेछ । जुँगारहित आदर्श शान्त समाजको निर्माण हुनेछ । त्यसैले आउनुहोस्,— महिला तथा सज्जनवृन्द, ‘जुँगा निर्मूल अभियान’ मा आजैदेखि लागौँ । जुँगारहित समाजको निर्माणमा जुटौँ । जुँगै नासिएपछि न लडाइँ, न थिचोमिचो । न रहे बाँस, न बजे बाँसुरी । यस्तो पवित्र अभियानमा पनि कि ! तपाईंको विमति छ ?

No comments:

Post a Comment