Tuesday, January 22, 2013

कार्यालयमा यसरी खोलौं फेसबुक

कार्यालयमा यसरी खोलौं फेसबुक


 
तपाइँको कार्यालयमा मात्र होइन विश्वका धेरै देशमा इन्टरनेटमा स्वतन्त्र विचार रोक्नका लागि केही वेबसाइटहरुलाई ब्लक गरिएको हुन्छ। त्यसखालका छेकबार रोक्नका लागि पनि प्रसस्त प्रयास भएका छन्। जसमध्ये अल्ट्रासर्फ भन्ने एउटा सानो सफ्टवेयर छ जसले सबै खालका इन्टरनेट सेन्सरसिप हटाइदिन्छ। यो अल्ट्रारिच इन्टरनेट कर्पोरेसनको एउटा उत्पादन हो। खासमा यो विशेष गरेर चिनका इन्टरनेट प्रयोगकर्तालाई चिनियाँ सरकारको इन्टरनेट सेन्सरशिपबाट मुक्त राख्न र सुरक्षित इन्टरनेट स्वतन्त्रताका लागि तयार पारिएको हो। यो अहिले विश्वभर लोकप्रिय सेन्सरसिप विरोधी गोपनिय सफ्टवेयर हो। लाखौं मानिसहरुले सरकार तथा कार्यालयले राखेको इन्टरनेट सेन्सरसिप छल्न र आफ्नो गोपनियताका लागि यसको प्रयोग गर्छन्। तपाइँ पनि कार्यालयमा फेसबुक चलाउनका लागि यही सफ्टवेयर चलाउन सक्नुहुन्छ।
यसले के गर्छ?
अल्ट्रासर्फ प्रयोगकर्ताको अनलाइन गोपनियता सुरक्षित राख्दै गोप्य इन्टरनेट र्सर्फो सुविधा दिन्छ। यसले आइपी एड्रेस हाइड गर्छ साथै हेरेका पेजहरुको इतिहास र कुकिजहरु सबै डिलिट गर्छ। जसले गर्दा कसले कहाँबाट र के हेरिरहेको छ भन्ने थाहा हुँदैन। यसको सबै भन्दा महत्वपूर्ण पक्ष भनेको इन्टरनेट स्वतन्त्रता हो। यसबाट तपाइँ सरकार तथा कार्यालयले हेर्न निषेध गरेका सबै वेबसाइट सरकारी निकायबाट जोगिएर हेर्नसक्नुहुन्छ।
कार्यालयहरुका लागि उपयुक्त
तपाइँको कार्यालयमा फेसबुक चलाउन निषेध गरिएको छ भने यो तपाइँका लागि सबै भन्दा उपयोगी माध्यम हुनसक्छ। अहिले नेपालका सबै जसो महत्वपूर्ण कार्यालयहरुमा फेसबुक चलाउन नमिल्ने बनाइएको छ। तपाइँकोमा पनि। इन्टरनेट फिल्टर गरेर सामाजिक सञ्जाल नखुल्ने बनाएको छ। त्यो खोल्नका लागि अल्ट्रासर्फ किन उपयोगी हुन्छ भने यो कम्प्युटरमा इन्स्टल गरिरहनु पर्दैन। कार्यालयका कम्प्युटरमा कर्मचारीलाई एउटा युजरको एकाउन्ट मात्र दिएको हुन्छ। जसको प्रयोग गरेर कुनै पनि सफ्टवेयर इन्स्टल गर्न सकिन्न। तर यो इन्टरनेट सेन्सरसिप छल्ने सफ्टवेयर यसरी तयार पारिएको छ जसले बिना कम्प्युटरमा इन्स्टल नै काम गर्छ। यो पेन ड्राइभमा लगेर वा तत्काल डाउनलोड गरेर पनि चलाउन सकिन्छ।
कसरी चलाउने
यहाँ क्लिक गर्नुस् त्यस पछि तपाइँको कम्प्युटरमा अल्ट्रासर्फ डाउनलोड हुन्छ। यो सफ्टवेयर जिप फाइलमा बन्द रहेको हुनाले सफ्टवेयर डाउनलोड गर्न रोकिएका कम्प्युटरमा पनि डाउनलोड गर्न सकिन्छ। त्यसो त सानो आकारको भएकाले इमेल गरेर पठाउन र नेटवर्कमा रहेको अर्को कम्प्युटरमा राख्न पनि सकिन्छ। फाइल डाउनलोड भइसकेपछि त्यसलाई अनजिप गर्नुहोस्। त्यसका लागि फाइलमा डबल क्लिक गरेपछि भित्रको फोल्डर देखिन्छ त्यसलाई डेक्सटप वा अन्य कुनै ड्राइभमा सेभ गर्न सकिन्छ। त्यसपछि देखिने सफ्टवेयरको आइकनमा डबल क्लिक गर्नुस्। यसो गर्दा इन्टरनेट एक्स्प्लोरर आफै खुल्छ। जुन प्रोक्सि साइटको प्रयोग गरेर गोपनिय रुपमा वेबसाइटहरु हेर्न सुरक्षित हुन्छ। त्यसको एड्रेसबारमा फेसबुक वा यूट्यूबको ठेगाना टाइप गरि इन्टर गर्नुहोस् यति गर्दा तपाइँको अफिसमा गोप्य रुपमा फेसबुक चलाउन सकिन्छ।

No comments:

Post a Comment